गलकोट नगरपालिका–१०, पाण्डवखानी (तल्लो फुर्से) निवासी, भारतीय सेना अन्तर्गत ४ औँ आसाम राइफलबाट सेवा अवकाश प्राप्त तथा २०५४ सालमा साविक पाण्डवखानी–४ का वडाध्यक्षका रूपमा जनप्रतिनिधि रही सामाजिक सेवामा सक्रिय रहनुभएका सिद्धथान सोरठी समूहका जेष्ठ सक्रिय सदस्य स्वर्गीय श्री धनबहादुर पुनको यही मिति २०८२ साल माघ ५ गते, ९१ वर्षको उमेरमा आकस्मिक निधन भएको छ।
स्वर्गीय पुनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आज गलकोट नगरपालिका–१० को कार्यालय, घुम्टे खबर, पाण्डवखानी माध्यमिक विद्यालय, भूपू शैनिक संघ, न्यु घुम्टे एजुकेशनल एकेडेमी, नेपाली कांग्रेस वडा समिति लगायत विभिन्न संघ–संस्थाको संयुक्त आयोजनामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरिएको छ।
श्रद्धाञ्जली सभामा स्वर्गीय पुनले समाज, राजनीति तथा सांस्कृतिक क्षेत्रमा पुर्याउनुभएको योगदानको स्मरण गर्दै उच्च सम्मान व्यक्त गरिएको थियो। कार्यक्रमका अवसरमा विभिन्न संघ–संस्थाको तर्फबाट श्रद्धाञ्जली पत्र स्वर्गीय पुनको परिवारलाई हस्तान्तरण गरिएको छ।
स्वर्गीय धनबहादुर पुनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

