काठमाडौं — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार सुरु भएको छ। निर्वाचन आयोग ले तोकेको कार्यतालिकाअनुसार अब राजनीतिक दल तथा उम्मेदवारहरूले जुलुस, आमसभा, कोणसभा आयोजना गर्न र सञ्चारमाध्यममार्फत आफ्ना कार्यक्रम तथा सामग्री प्रकाशन–प्रसारण गर्न पाउने भएका छन्।
आयोगका अनुसार प्रचार–प्रसार फागुन १८ गते राति १२ बजेसम्म गर्न पाइनेछ। यस अवधिमा दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता पालना गर्दै मतदातासमक्ष आफ्ना कार्यक्रम र प्रतिबद्धता प्रस्तुत गर्न सक्नेछन्।
निर्वाचनको निष्पक्षता र विश्वसनीयता कायम राख्न आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरेको जनाएको छ। आचारसंहिता उल्लंघन भएमा स्पष्टीकरण सोध्ने तथा आवश्यक परे कानुनी कारबाही अघि बढाइने स्पष्ट गरिएको छ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले आचारसंहिता उल्लंघनमा शून्य सहनशीलता नीति अपनाइएको जानकारी दिनुभयो। उल्लंघनको प्रकृतिअनुसार चेतावनी, जरिवाना वा उम्मेदवारी खारेजीसम्मको व्यवस्था रहेको उहाँले बताउनुभयो।
दल तथा उम्मेदवारहरूले तोकिएको मापदण्डअनुसार पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यममार्फत विज्ञापन गर्न सक्नेछन्। आमसभा तथा कोणसभा गर्दा मञ्च तयारीमा लागेको खर्चको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिमा कडाइ गरिने आयोगले जनाएको छ।
आयोगले सबै राजनीतिक दल तथा सरोकारवालालाई आचारसंहिताको पूर्ण पालना गर्दै शान्तिपूर्ण र मर्यादित रूपमा निर्वाचन प्रचार–प्रसार गर्न आग्रह गरेको
🗓️ २०८२ चैत्र १९ बिहीबार 🕝०७: ०७ बिहान

