गलकोट नगरपालिका १० पाण्डबखानी स्वास्थ्य चौकीले फागुन महिनाभरि उपचार सेवा र गाउँघर क्लिनिकमार्फत प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ।
स्वास्थ्य चौकीका अनुसार सो अवधिमा स्वास्थ्य चौकीमै आएर सेवा लिने महिला १७८ र पुरुष ६५ जना रहेका छन्। त्यस्तै, गाउँघर क्लिनिकबाट ४४ जनाले सेवा लिएका छन् भने महिला स्वास्थ्य स्वयंसेविकामार्फत ७३ जनालाई सेवा प्रदान गरिएको छ। यस अवधिमा २० जनाको ल्याब परीक्षण गरिएको छ भने १ जनाले सुत्केरी सेवा लिएका छन्। परिवार नियोजन सम्बन्धी सेवा २२ जनाले लिएका छन्। स्वास्थ्य चौकीमा आउने बिरामीहरूमा प्रायः रुघाखोकी, ग्यास्ट्रिक लगायतका सामान्य स्वास्थ्य समस्याका बिरामीहरूले सेवा लिएको स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट टिका श्रीसले जानकारी दिनुभयो।

