पाण्डवखानी गाउँ कला, संस्कृति र प्रकृतिक स्रोतमा धनी छ । यहाँको चिनारीको रुपमा रहेको घाटु नाच प्रदेशकै गौरवको कुरा हो । घाटु नाच हेर्ने जो कोही पनि यसको तारिफ नगरी छोड्दैन । यहाँ घाटु वैशाखे पूर्णिमा नाचिन्छ । मातातीर्थ औंसीको दिनदेखि घाटु नाच सुरु गरिन्छ भने वैशाखे पूर्णिमामा नाचेर, जेठको २१ गते सेलाइन्छ ।
पाण्डवखानीमा घाटु नाच १८५० ९अनुमानित० सालदेखि सुरु गरिएको घाटु नाचका युवा संयाेजक गिरी घर्तीले बताए ।
सति प्रथामा आधारित श्रीमानकाे मृत्युुपछि श्रीमतीकाे मृत्यु भए पछि त्यसलाई सति भनिन्छ र त्यहि सति घाटु नाच पाण्डबखानीमा देखाइन्छ ।
अन्यत्रबाट खानीमा काम गर्न आएका कामदारले घाटु नाचको प्रचलन सुरु गरेको बुढापाकाले सुनाएको उनी बताउँछन् । उनका अनुसार भित्री मधेसतिरका राजा परशुराम राजा पर्वते ९पहाडी० राजासँगको युद्धमा मृत्यु भएपछि राजाका ४ वटी रानीहरुले गरेको अलाप, विलापलाई गीत बनाएर गाइन्छ । हृदयविदारक गीतको स्वर र घाटुलीको विलापले रोमाञ्चित र भावुक बनाउँछ ।
संस्कृति जाेगाएकाे भन्दै घाटु नाचलाइ वडाले विशेष प्राथमिकताका साथ हेरेकाे र अझै वडाबाट हुने सहयोग गर्न वडा अध्यक्ष भक्तबहादुर काउचाले जानकारी गराउनु भयाे।
घाटु नाचलाई औलौकिक शक्ति मानिन्छ । गीत गाउँदै जाँदा जसलाई देउता उत्रन्छ, उही घाटु नृत्य गर्छन् । मन्त्रबाट घाटुलीको आँखा बन्द हुन्छ र मन्त्रबाटै आँखा खोलिन्छ,’ । गाउँका सबै जना घाटु नाच लोप हुन नदिन लागिपरेका छौं । नयाँ पुस्तालाई पनि सिकाउँदैछौं ।’
गीत गाउँदै जाँदा जसलाई देउता उत्रन्छ, उही घाटु नृत्य गर्छन् ।
पुुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस्