अविरल वर्षा संगै चट्याङको गर्जनले रातको समयमा गलकोट नगरपालिका – १० पाण्डबखानीका सरोज आलेको घरमा ठूलो क्षेति पुर्याएको छ। भने मानविय क्षेती नभएको वडा अध्यक्ष भक्तबहादुर काउचाले जानकारी गराउनु भयाे ।
त्यस्तै निरन्तर वर्षकाकै कारण मल्म पाण्डबखानी रमुवा रणसिहकिटेनी जाेड्ने माेटरबाटाे पहिराेका कारण अवरुद्ध बनेकाे छ । माथिबाट पहिराे खुस्दा पाण्डबखानीकाे रमुवा रणसिहकिटेनीकाे खाेलाखर्क जाेड्ने माेटर बाटाे संगै लेङ्गेरे र ज्याथर जाने माेटरबाटाे अवरुद्ध बनेकाे छ। पहिराे करिव २४ मिटर तल खसेकाे छ ।
त्यस्तै अविरल वर्षा संगै चट्याङकाे कारण घाेप्टेखाेला जलविद्युत आयाेजना अवरुद्ध हुदा पाण्डबखानीमा रहेकाे नमस्ते टावर अवरुद्ध भएको छ। टावर अवरुद्ध हुदा करिव ५/६ सय घरदुरी नेर्टकबाट बन्चित भएका छन् । तर सिम टिभि नेर्टकद्धारा संचालित ईन्टरनेटबाट सुचना तथा समाचार सुन्न र हेर्न पाउँदा हामीलाई धेरै सहज भएको स्थानिय हिरा गलामिले जानकारी गराउनु भयाे।