गल्कोट नगरपालिका -११ रिघा (साउने खोलामा)
असार १४ गते राती आएको अबिरल वर्षाका कारण मानवीय क्षति नभएता पनी भौतिक सम्पति र पूर्वाधार सम्पतिहरुमा ठूलो क्षति पुराएको छ।
मल्म – ठुलो रिघा हुदै साउने खोलाको मोटर बाटो पूर्ण रूपमा अवरुद्ध भएका छन् । त्यस्तै तल्लो साउवने खोला लघु जल विधुत प्रणाली (50K.W – स्था.२०६६/ ११/२८) को पावर हाउस माथी देखी खसेको पहिरोले पावर हाउस को भवन नै पुरिदिएको छ । ८१ घरहरू अंन्धकार मा रहेकाे स्थानीय साेम श्रीसले जानकारी गराउनु भयाे ।
त्यस्तै ग.न.पा रिघा-११ मा पर्ने (साउने खोला) कोर्गा छेपारे, सर्केढुङ्गा, फेडी फाट,माझ बगर देखी लिएर रोङ्गा खोलामा रहेकाे खेती योग्य जमिन र मोटरबाटोहरू साउने खोलाको बाढीले कटान गर्नुका साथै पाडवखानी-किटेनी हुदै हाडीखोला जाेड्ने मोटर बाटो अवरुद्ध समेत अवरुद्ध भएको छ।