गलकोट नगरपालिका वडा.न.४मा अवस्थित श्री चमुवा आधारभूत विद्यालयले गलकोट नगरपालिका स्तरिय परीक्षा लक्षित छात्रावास सञ्चालनमा ल्याएको छ । विद्यार्थी तथा विद्यालयबाट आर्थीक बहन हुने गरी यसै फागुन १ देखी चैत २१ सम्मको लागी छात्रवास सञ्चालमा ल्याएको जसले गर्दा शैक्षिक गुण्स्तरमा बुद्धि हुने तथा नतिजामा थप सुधारहुने सम्पुर्णको अपेक्षा छ । विद्यालयले खाना पकाउने तथा विद्यालय समय बाहेकको समयमा आवश्यक शिक्षक साथै खाना पकाउने स्टाफ सम्म व्यवस्था गरेको जानकारी विद्यालयका सुचना अधिकारी धनप्रसाद सुबेदी ले जानकारी दिनुभयो ।