गल्कोट नगरपालिका वार्ड नं ४ मा रहेको श्री चमुवा आधारभुत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। व्यवस्थापन समितिको २९ गते सोमबार सम्पन्न अभिभावक भेलाले सर्वसम्मत रुपमा समिति गठन गरिएको हो।
समितिको अध्यक्षतामा: विकास सुवेदी सदस्य : खिमलाल सुवेदी, रविलाल सुवेदी, मञ्जु सुनार, मनकुमारी सुवेदी, कृष्णबहादुर भण्डारी, ममता क्षेत्री, धनप्रसाद सुवेदी, र सदस्य सचिव नवीन सुवेदी रहनुभएको छ। साथै शिक्षक (अभिभावक संघतर्फ): संयोजक डिलाराम सुवेदी, सदस्य नम्रता सुनार,दिपा कार्की , कुशल खत्री,सुरेन्द्र किसान , अमृत सुवेदी, थमबहादुर क्षेत्री,चम्पा सुवेदी रहनुभएको छ। यसका साथै सल्लाहकार समिती
संयाेजक : घनश्याम शर्मा सदस्य: यामलाल सुवेदी,ओमकार सुवेदी,टिकाराम शर्मा, डिलाराम शर्मा (डि.आर),रुद्र प्रसाद सुवेदी रहनु भएको छ l शिक्षक प्रतिनिधितर्फ कल्पना गौतम सुवेदी र प्र.अ. नवीन सुवेदी रहनुभएको छ|
त्यसैगरी भेलालाई विद्यालयका अध्यक्ष विकास सुबेदिले विद्यालयको समग्र विकासको लागि आफ्नो उपस्थिति निरन्तर रहिरहने बताउनु भएको थियो
साथै उक्त विद्यालयका प्रधानाध्यापक नवीन सुवेदीले संघीय शिक्षा ऐन तथा नगर शिक्षा ऐनले विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियाको बारेमा प्रष्ट पार्नुहुँदै आगन्तुक अतिथि तथा अभिभावक ज्युहरुलाई स्वागत गर्नुभएको थियो l साथै शैक्षिक गतिविधिबारे प्रकाश पार्नुभएको थियो।
उक्त कार्यक्रम समारोहमा शिक्षिका कल्पना गौतम सुवेदी को स्वागत, तथा सयपत्री बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष हेमराज गैरे, ओमकार सुवेदी रविलाल शर्मा, खिमलाल सुवेदी, डिलाराम शर्मा, घनश्याम शर्मा, टिकाराम शर्मा, साथै वार्ड नम्बर चार का वार्ड सदस्य कृष्ण भण्डारीले मन्तव्य राख्नुभएको थियो l
साथै शिक्षक धनप्रसाद सुवेदी को सञ्चालनमा सम्पन्न भएको थियो