बाग्लुङ जिल्ला गलकोट नगरपालिका वडा नम्बर ४ मा रहेको ओखरबोटमा मालिका मन्दिर प्रचार प्रसारको अभावमा पछि परेको छ।
चमुवा, खरुवा, नुवाकोटको दोभानमा पर्ने मालिका मन्दिर धार्मिक तथा पर्यटकीय महत्त्वको स्थान मा रहेको छ। शक्तिपीठको रूपमा सदियौंदेखि भक्तजनहरूले पूजापाठ गर्दै आएका छन्|
विक्रम सम्वत् २०७८ सालमा थप व्यवस्थापनका साथ स्थापना भएको मन्दिरमा देवीदेवता र खड्ग देवता समेत रहेका छन्। खड्गदेवतालाई गल्कोटमा रहेको कोटमा पूजा गरिन्छ भने खड्गदेवताको विशेष पूजा नवरात्र र अरु समयमा गरिन्छ आइतबार, र सोमबार, छाडेर अरु बारमा पुजा गर्न सकिन्छ l भने मालिक सँग मागेको कुरा पूरा हुने विश्वास समेत रहेको छl साथै यहाँ परेवा बोका को पूजा गर्ने चलन समेत रहेको छ l
उक्त मन्दिरको व्यवस्थापन समितिको अध्यक्षमा रामप्रसाद न्यौपाने,उपाध्यक्षमा रुद्र न्यौपाने, सचिव खुमप्रसाद न्यौपाने, र कोषाध्यक्ष तारापति न्यौपाने लताएत रहनुभएको छ|
गल्कोट नगरपालिकाको सहयोगबाट रु. १ लाख र न्यौपाने बन्धुहरूबाट २०हजार गरी १ लाख २०हजार रुपैयाँले अहिले मन्दिर वरिपरि ढुङ्गा बिछ्याउने र बाटो मर्मतकार्य सम्पन्न भएको छ।
सोही मन्दिरका अध्यक्ष रामप्रसाद न्यौपानेले भन्नुभयो प्रचारप्रसारकाे अभावकाे कारणले धार्मिक पर्यटक भित्र्याउन नसिएकाे हुदा यसको प्रचारप्रसारमा सबैले सकारात्मक भुमिका खेल्न सके यहाँ दिनमा सयौं धार्मिक पर्यटक भित्र्याउन सकिने न्यौपानेले बताए ।

