गलकोट नगरपालिका वडा नम्वर ३ बौर चौतारामा मोटरसाईकल दुर्घटना भएको छ ।
गलकोट नगरपालिका वडा नम्वर २ नरेठाँटीबाट हटिया आउँदै गरेको ध १ प ४१६९ नम्वरको मोटरसाईकल र गलकोट नगरपालिका वडा नम्वर ३ हटियाबाट नरेठाँटी जाँदै गरेको ध १ प ७२४० नम्वरको मोटरसाईकल बौर चौतारामा दुर्घटना हुँदा ३ जना घाईते भएको प्रहरी चौकी हटियाले जनाएको छ ।
मोटरसाईकल एकआपसमा ठोकिँदा ध १ प ७२४० का चालक ४७ वर्षिय सम्मर सार्की, २३ वर्षिय गणेश नेपाली र ध १ प ४१६९ का चालक २० वर्षिय पवन बिक घाईते भएको प्रहरीले बताएको छ ।

