मंगलबार रातीदेखीको लगातार वर्षाका कारण गलकोटका विभिन्न ठाउँहरुमा साना ठुलो रुपमा क्षति पुर्याएको थियो। त्यस्तै मल्म पाण्डवखानी रमुवा जोड्ने सडक पनि अवरुद्ध भएको थियो।
सवारि साधन तत्कालै आवाज-जावाज गर्न सहज पुर्याउन आज गलकोट नगरपालिका १० का वडा अध्यक्ष भक्तबहादुर काउचा, ७ का वडा अध्यक्ष राज थापा, ईन्जिनियर नेत्रप्रसाद लामिछाने, स्थानिय ड्राइभर सहित स्थानिय बासिन्दाहरुले पहिरो हटाएर सहज बनाएका छन् ।अझै पहिरो जाने सम्भावना रहेको हुदा काम चलाउनका लागि बाटो बनाएको र छिट्टै jcb ल्याउने तयारि भएको वडा अध्यक्ष भक्त काउचाले जानकारी गराउनु भयो। सोहि दिनमै चट्टाङका कारण पाण्डबखानीमा रहेको भोक्टे खोला परियोजना अवरुध्द्ध हुदा सप्तरङ्गी बचत तथा ऋृण सहकारी संस्थाबाट रकम पठाउन र पठाएको निस्काउन समस्या भएको प्रबन्धक दिवप घर्तिले जानकारी गराउनु भयो। त्यस्तै विद्युत अवरुध्द्ध हुदा पाण्डबखानीमा रहेको नेपाल टेलिकमको टावरमा क्षति भएको र तत्कालै प्राविधिक पठाएर समस्याको समधान गर्ने नेपाल टेलिकम बागलुङले जनाएको छ।

