प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको बडादशैंमा टीका नलगाउने निर्णय गरेकी छन्।
बडादशैं नेपालीहरूको महान् चाडका रूपमा हर्षोल्लासपूर्वक मनाइने पर्व भए पनि जेनजी आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाएको पीडा र घाइते भएका अवस्थाले आफूलाई गहिरो रूपमा असर पारेको उनले जनाएकी छन्।
प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठका अनुसार वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै प्रधानमन्त्रीले टीका लगाउने कार्यक्रम नरहेको जानकारी दिएका हुन्।
उनको सचिवालयले समेत यस वर्ष प्रधानमन्त्रीले टीका नलगाउने मात्र नभई सर्वसाधारणलाई पनि टीका नलगाउन आग्रह गरेको स्पष्ट पारेको छ।

