लमजुङमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
शुक्रबार राति मर्स्याङ्दी गाउँपालिका–३ खुदिबाट सोही पालिका–६ नाइचेस्थित हिडिखोला हाइड्रोपावरकाे लागि सिमेन्ट लिएर जाँदै गरेको बा ८ च ३७३१ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
दुर्घटनामा दोलखा मेलुङ–४ का ३० वर्षीय चालक विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए।
जिप अनियन्त्रित भएर सडकबाट करिब ८०० मिटर तल खसेपछि दुवै जना गम्भीर घाइते भएका थिए। प्रहरीको उद्धारपछि बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल लमजुङमा पुर्याइएको भए पनि उपचारकाे क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सोही जिपमा सवार ताप्लेजुङ सिदीङ्वा गाउँपालिका–४ का २० वर्षीय उमेश लिम्बू भने सकुशल रहेको प्रहरीले बताएको छ।
#onlinekhabar

