बागलुङ । बागलुङ र पर्वत जोड्ने गण्डकी गोल्डेन ब्रिजबाट कालीगण्डकी नदीमा हाम फाल्दा एक युवतीको मृत्यु भएको छ।
अन्दाजी ३० वर्ष उमेरकी ती युवतीले पुलबाट नदीमा हाम फालेको स्थानीयवासीले बताएका छन्। घटनाको सूचना पाएपछि सशस्त्र प्रहरी बल घटनास्थलमा पुगेर नदीभित्र खोजी गरी शव बाहिर निकालेको हो।
हालसम्म मृतक युवतीको पहिचान खुल्न सकेको छैन। घटनाको कारणबारे स्पष्ट जानकारी नआएको र यस विषयमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
🗓️ २०८२ माघ १८ आईतवार 🕝०४: ५६ मध्यान्ह

