रूपन्देहीको सैनामैना–६ कलौनीमा भएको दुर्घटनामा एक व्यक्ति गम्भीर घाइते भएका छन्। घाइतेको ढाडमा छड छिरेर अड्किएको अवस्थामा उद्धार गरिएको थियो। छड निकाल्न नसकिएपछि त्यसलाई काटेरै थप उपचारका लागि बुटवल लगिएको स्थानीयले बताएका छन्।
घाइतेको नाम, ठेगाना तथा अन्य विस्तृत विवरण हालसम्म प्राप्त हुन सकेको छैन। उक्त सडकको अवस्था कमजोर भएकाले दुर्घटनाको जोखिम बढ्दै गएको स्थानीयको गुनासो छ।
घटनाबारे थप विवरण आउन बाँकी छ।