काठमाडौं — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार सुरु भएको छ। निर्वाचन आयोग ले तोकेको कार्यतालिकाअनुसार अब राजनीतिक दल तथा उम्मेदवारहरूले जुलुस, आमसभा, कोणसभा आयोजना गर्न र सञ्चारमाध्यममार्फत आफ्ना कार्यक्रम तथा सामग्री प्रकाशन–प्रसारण गर्न पाउने भएका छन्।आयोगका अनुसार प्रचार–प्रसार फागुन १८ गते राति १२ बजेसम्म गर्न पाइनेछ। यस अवधिमा दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता पालना गर्दै मतदातासमक्ष आफ्ना कार्यक्रम र प्रतिबद्धता प्रस्तुत गर्न सक्नेछन्।निर्वाचनको निष्पक्षता र विश्वसनीयता कायम राख्न आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरेको जनाएको छ। आचारसंहिता उल्लंघन भएमा स्पष्टीकरण सोध्ने तथा आवश्यक परे कानुनी कारबाही अघि बढाइने स्पष्ट गरिएको छ।आयोगका कार्यवाहक प्रमुख…
लालु प्रसाद गैरे
बागलुङ — बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २४ जना विद्यार्थी घाइते भएका छन्। मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ नगरपालिका–३ स्थित नेपाल भाषा मंका खल बागलुङको भवन नजिकै बिहीबार विद्यार्थी बोकेको भ्यान दुर्घटनामा परेको हो।बागलुङ नगरपालिका–१ रामरेखामा सञ्चालित न्यू एभरेष्ट एकेडेमीका विद्यार्थी बोकेको ग ३ च ८६२१ नम्बरको भ्यान लोकमार्गदेखि रात्माटा जाँदै गर्दा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल शिवधारचोक जाने सडकमा खसेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार दुर्घटनामा २४ जना विद्यार्थी घाइते भएका छन्। घाइतेहरूको स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी धौलागिरी अस्पतालमा उपचार भइरहेको छ।दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइते विद्यार्थीहरूको अवस्था…
गलकोट नगरपालिका–१० पाण्डबखानीमा रहेको न्यु घुम्टे एजुकेशनल एकेडेमी स्कूलले बनभोज तथा अवलोकन कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ।विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको सहभागितामा सम्पन्न कार्यक्रममा बनभोजसँगै पाण्डबखानीस्थित प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल सिद्धथानको अवलोकन गरिएको थियो। सो क्रममा विद्यार्थीहरूले त्यहाँ रहेका विभिन्न मठ–मन्दिर, प्राकृतिक दृश्य तथा धार्मिक सम्पदाबारे जानकारी हासिल गरेका थिए।विद्यालयका प्रिन्सिपल तारा काउचाका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूबीच आपसी सम्बन्ध सुदृढ बनाउनुका साथै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलप्रति चासो अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। उहाँले अतिरिक्त क्रियाकलापमार्फत सिकाइ प्रक्रियालाई व्यवहारिक, प्रभावकारी र रमाइलो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त…
आगामी निर्वाचनको तयारी स्वरूप नेपाली कांग्रेसले क्षेत्र नम्बर २ अन्तर्गत पर्ने गलकोट नगरपालिका वडा नम्बर १० मा चुनावी प्रचारलाई तीव्र बनाएको छ। सो क्रममा आज पाण्डवखानी र रमुवा क्षेत्रमा मतदातासँग प्रत्यक्ष संवाद गर्दै घरदैलो कार्यक्रम सम्पन्न गरिएको हो।घरदैलोका क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार टेकराज पौडेलले स्थानीय आवश्यकताका आधारमा विकासका काम अघि बढाइने बताउनुभयो। उहाँले पाण्डवखानी क्षेत्रमा मोटर बाटोको अवस्था सुधार गर्नु मुख्य चुनौती रहेको उल्लेख गर्दै सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखिने धारणा व्यक्त गर्नुभयो। त्यसैगरी रमुवामा उत्पादन हुने आलु, भाँगो जस्ता कृषि उपजलाई बजारसम्म पुर्याउने व्यवस्था मिलाइने प्रतिबद्धता जनाउनुभयो।उम्मेदवार पौडेलले विकास निर्माणका कामसँगै…
बागलुङ/गलकोट नगरपालिका–१० पाण्डबखानीमा सामुदायिक बन उपभोक्ता समूहको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संस्थागत सुदृढीकरण तथा लेखा व्यवस्थापन सम्बन्धी तालिम तथा कोचिङ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।कार्यक्रममा १२ वटा सामुदायिक बन उपभोक्ता समितिका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। तालिमको सहजीकरण बन अधिकृत सृजना (श्रद्धा) गुरुङले गर्नुभएको हो।बन रक्षक प्रेमलाल शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य फरेस्टर लक्ष्मण खत्रीले व्यक्त गर्नुभयो भने कार्यक्रमको अध्यक्षता सामुदायिक बन उपभोक्ता समिति अध्यक्ष गगाबहादुर घर्ति पुनले गर्नुभएको थियो।तालिमका क्रममा बन अधिकृत गुरुङले सामुदायिक बनको दिगो संरक्षण र प्रभावकारी व्यवस्थापनका लागि संस्थागत क्षमता र पारदर्शी लेखा प्रणाली अनिवार्य रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो,“स्पष्ट र नियमित लेखा व्यवस्थापनले उपभोक्ताहरूको…
बागलुङ – आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले क्षेत्र नं. २ मा प्रचारलाई तीव्र बनाएको छ।आज ताराखोलाका अर्गल, भुस्कात र मास्खर्कमा घरदैलो तथा भेटघाट कार्यक्रम सञ्चालन भएको छ। पार्टीका केन्द्रीय सदस्य र प्रत्यक्ष उम्मेदवार टेकराज पौडेलले कार्यक्रममा जनतासँग भेटेर चुनावी समर्थनका लागि अपिल गर्नुभएको छ। उहाँले भन्नुभयो, “हामी सबै मिलेर समृद्धि र विकासको लागि जिम्मेवार नेतृत्व रोज्नुपर्छ। तपाईंको विश्वास र मतले क्षेत्र नं. २ को परिवर्तन सम्भव छ।”कार्यक्रममा समानुपातिक उम्मेदवार रेनुका काउचा, जिल्ला सभापति जित सेरचन, प्रदेश सभा सदस्य दोर्ण कुवर, क्षेत्रीय सभापति जोकलाल बुढा, जिल्ला सचिव गण्डकी अधिकारी, सह–सचिव फम खत्री, र महाधिवेशन प्रतिनिधि भरत शर्माले सहभागी भएर…
बागलुङ – नेपाली कांग्रेसले बागलुङ क्षेत्र नं २ मा चुनावी प्रचार-प्रसारलाई तीव्र बनाएको छ। प्रत्यक्ष उम्मेदवार टेकराज पौडेल र समानुपातिक उम्मेदवारलाई विजयी बनाउन पार्टीका नेता तथा कार्यकर्ताहरू सक्रिय छन्।आज गलकोट नगरपालिका वडा नं ५ हरिचौर, वडा नं ६ जंगरा र वडा नं ९ बाँसखोलामा मतदाता भेटघाट र प्रचार कार्यक्रम सम्पन्न भएको छ। सहसचिव फम बहादुर खत्रीका अनुसार, कार्यक्रममा नेता तथा कार्यकर्ताले स्थानीयवासीहरूसँग प्रत्यक्ष भेटघाट गरी गुनासा सुन्ने र पार्टीका प्रतिवद्धता साझा गरेका छन्।उम्मेदवार टेकराज पौडेलले कार्यक्रममा भने, “गलकोट र आसपासका क्षेत्रका विकासका लागि आवश्यक सेवा र योजना पहिले तयार छन्, तर प्रभावकारी रूपमा कार्यन्वयन हुन सकेको छैन। यसलाई प्राथमिकतामा राख्दै…
बागलुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बागलुङ जिल्लामा कुल १ लाख ९३ हजार ३८१ जना मतदाता कायम भएका छन्। जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार तीमध्ये ९४ हजार ८०६ जना पुरुष र ९८ हजार ५७४ जना महिला मतदाता रहेका छन्।जिल्ला निर्वाचन कार्यालयका प्रमुख यज्ञप्रसाद रिजालले असोज १० गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन गरिएको मतदाता नामावली दर्ता अभियानमा १६ देखि २८ वर्ष उमेर समूहका युवाको सहभागिता उल्लेख्य रहेको जानकारी दिए। उनका अनुसार यस अवधिमा जिल्लाभर ५ हजार २५३ जना नयाँ मतदाता थपिएका छन्।मतदाता नामावलीमा नाम दर्ता गराउनेमध्ये अधिकांश नयाँ पुस्ताका युवा रहेको बताउँदै प्रमुख रिजालले निर्वाचन प्रक्रियामा…
उद्योग वाणिज्य सङ्घ बागलुङको आयोजनामा सम्पन्न आठौँ बागलुङ महोत्सवमा करिब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । महोत्सव अवधिभर करिब ४ लाख दर्शकले अवलोकन गरेका आयोजकले बताएका छन् ।बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानमा पुस ११ गतेदेखि २२ गतेसम्म सञ्चालन गरिएको महोत्सवमा व्यावसायिक प्रवर्द्धनसँगै स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइएको थियो । ‘मेड इन बागलुङ’ अवधारणाअन्तर्गत बागलुङमा उत्पादन भएका वस्तुको प्रदर्शन तथा बिक्रीलाई महोत्सवको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको थियो ।महोत्सवमा निसीखोलामा उत्पादित भेंडाको ऊनबाट बनेका काम्ला, अल्लोको कपडा, गुन्द्रक, भाँगो, मकै तथा कोदोको पिठो, सिस्नोको धुलो, भुटेको मकै, टिमुर, आलु, सिल्टिमुर, सुन्तला, किवीलगायत स्थानीय उत्पादनले उल्लेखनीय बजार पाएको आयोजकले…
गलकोटमा टिपरमा आगोलागी भएको छ । गलकोट नगरपालिका वडा नम्वर ११ काउछेमा लु १ क ४६०८ नम्वरको टिपरमा विहान ९ः३० बजेको समयमा आगोलागी भएको हो । विजुलीको तार सट भएर टिपरमा आगोलागी भएको ईलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । आगो खरबाङ प्रहरी चौकी र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिईएको थियो । आगोलागी कारण टिपरमा आंशिक रुपमा क्षती भएको जनाईएको छ ।