लालु प्रसाद गैरे

बागलुङ । बागलुङ र पर्वत जोड्ने गण्डकी गोल्डेन ब्रिजबाट कालीगण्डकी नदीमा हाम फाल्दा एक युवतीको मृत्यु भएको छ।अन्दाजी ३० वर्ष उमेरकी ती युवतीले पुलबाट नदीमा हाम फालेको स्थानीयवासीले बताएका छन्। घटनाको सूचना पाएपछि सशस्त्र प्रहरी बल घटनास्थलमा पुगेर नदीभित्र खोजी गरी शव बाहिर निकालेको हो।हालसम्म मृतक युवतीको पहिचान खुल्न सकेको छैन। घटनाको कारणबारे स्पष्ट जानकारी नआएको र यस विषयमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Read More

गलकोट नगरपालिका १० पाण्डबखानी र रमुवामा सञ्चालनमा रहेको भायानेट (Vianet) को पुरानो OLT उपकरण हटाई नयाँ OLT जडान गरिएको छ। साथै पावर क्षमता थप गरी ७ पावरसम्म पुर्‍याइएको जानकारी पाण्डबखानीका संचालक दीप घर्तिले दिनुभयो। उहाँका अनुसार आगामी दिनमा थप व्यवस्थापन तथा सुधारका कार्यहरू गर्ने तयारीसमेत गरिएको छ। यस क्रममा पछिल्लो समय देखिएका धेरै प्राविधिक समस्याहरू समाधान भइसकेका छन् भने बाँकी समस्याहरू पनि क्रमशः समाधान गर्ने तयारी भइरहेको प्राविधिक सुरेश छन्त्यालले जानकारी गराउनुभयो। हाल पाण्डबखानी र रमुवा क्षेत्रमा गरी करिब साढे तीन सय (३५०) इन्टरनेट सेवा ग्राहकहरू रहेका छन्।

Read More

बागलुङ, पौष १० ।बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि सुरु हुने ८औँ बागलुङ महोत्सव २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । बागलुङ नगरपालिका–१ स्थित रामरेखा क्षेत्रको बाङ्गेचौर खेल मैदानमा महोत्सव आयोजना हुन लागेको हो ।महोत्सवलाई आकर्षक र व्यवस्थित बनाउन रचनात्मक ढंगले काम गरिएको आयोजकले जनाएको छ । महोत्सवमा २०० भन्दा बढी स्टलहरू बुक भइसकेका छन् । कृषि, घरेलु तथा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ भने कृषकहरूका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ ।महोत्सव अवधिभर पुरुष तथा महिला भलिबल प्रतियोगिता समेत आयोजना गरिनेछ । पुरुषतर्फ गण्डकी प्रदेशअन्तर्गतका पालिकास्तरीय टिमहरूबीच प्रतिस्पर्धा हुनेछ । हालसम्म १० टिमले दर्ता गरिसकेको खेल संयोजक…

Read More

बागलुङ। बागलुङ नगरपालिका–४ कुँडुलेमा पिकअप जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ। सडक क्रस गरिरहेका क्रममा ध १ च १३३६ नम्बरको पिकअप जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका काठेखोला गाउँपालिका–१ धैरेनी निवासी शिवप्रसाद शर्माका ५ वर्षीय छोरा सूर्य ढुङ्गानाको उपचारका क्रममा धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा मृत्यु भएको हो। उक्त पिकअप जिप पर्वत जिल्लाको जलजला गाउँपालिका–८ निवासी २५ वर्षीय सुनिल नेपालीले चलाएका थिए। दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख तिलक भारतीले जानकारी दिनुभयो। प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Read More

बागलुङ — सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछाने र नेता टेक पुन मगरप्रति युवाहरूको आकर्षण तीव्र रूपमा बढ्दै गएको देखिएको छ। हालै फेसबुकमा एक प्रयोगकर्ताले गरेको पोष्टले पार्टी नेतृत्वप्रति युवापुस्ताको भरोसा र समर्थन झनै खुला रूपमा अभिव्यक्त भएको छ। उक्त पोष्टमा अध्यक्ष रवि लामिछानेलाई ‘भ्रष्टाचार अन्त्यका लागि उदाएका व्यक्ति’ भन्दै उनको नेतृत्वलाई परिवर्तनको मुख्य आधारका रूपमा उल्लेख गरिएको छ। युवापुस्ताले उनलाई ‘असली जेन्जी नेता’ का रूपमा अघि सारेको जनाइएको छ। पोष्टमा लामिछानेको पारदर्शिता, जवाफदेहिता र सुशासनप्रति केन्द्रित कार्यशैलीले नयाँ राजनीतिक संस्कार निर्माण गर्न सहयोग पु¥याएको दाबी गरिएको छ। त्यसैगरी रास्वपा नेता टेक पुन मगरको नेतृत्व क्षमता, सक्रियता…

Read More

गलकोट, १४ मंसिर २०८२गलकोट नगरपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार सम्पन्न भएको छ। नगर कार्यपालिकाको कार्यालय र वडा नं. ४ वडा कार्यालयको संयुक्त आयोजना तथा सामुदायिक रेडियो गलकोटको सहजीकरणमा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा सहभागी स्थानीयवासीहरूले पशु सेवा शाखाबाट लिइने शुल्क, भैँसी पकेट कार्यक्रमको प्रक्रिया, मध्यपहाडी राजमार्गमा टिप्परमार्फत फालिएको माटो, कृषि उपजको बजार, विद्यालयमा विद्यार्थी कमी, सवारी साधनमा विभेद, १ घर–१ धारा कार्यक्रम, फोहोर व्यवस्थापन, कर प्रणाली, स्वास्थ्य सेवामा शववाहन शुल्क, अवैध करेन्ट लगाएर माछा मार्ने समस्या, कृषि–रोजगार नीति, श्रमिक ज्याला, विद्युत आयोजनाका कारण सिँचाइमा परेको असर, नगरबस व्यवस्थापन, बालमैत्री नगरपालिका, वृद्ध नागरिक यातायात…

Read More

बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–५ खौलारा स्थित दाँगखोलामा एक पुरुषको शव फेला परेको छ। स्थानीयवासीले खोलामा अनुहार डुबेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमशेन वनका अनुसार शवको पहिचान अहिलेसम्म खुलेको छैन। “शव खोलामा अनुहार डुबेको अवस्थामा थियो, निकालेर पहिचान प्रक्रियामा लगिएको छ,” उपाध्यक्ष वनले बताए। शव गुल्मीका एक पुरुषको हुनसक्ने प्रारम्भिक आशंका भए पनि आधिकारिक रूपमा पुष्टि नभएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी चौकी खारबाट खटिएको टोलीले शव बाहिर निकालेर पहचानका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी बसन्त पाण्डेले जानकारी दिए।

Read More

गल्कोट नगरपालिका–१० पाण्डवखानीमा रहेको सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ साधारण सभा सम्पन्न भएको छ।सहकारीका अध्यक्ष लालप्रसाद पुनको सभापतित्वगल्कोट–१० पाण्डवखानीका निवर्तमान वडा अध्यक्ष तथा शेयर सदस्य तिलक घर्तीको प्रमुख आथितियतामा रहेको कार्यक्रममा बोल्दै घर्ती मगरले सहकारीले अपनाइरहेको पारदर्शी कार्यशैली, सेवा विस्तार र सदस्य–हितपूर्ण कार्यक्रमप्रति प्रशंसा व्यक्त गर्दै अझ प्रभावकारी सेवा दिन सुझाव दिएका थिए। त्यस्तै कार्यक्रममा सहकारीका अध्यक्ष लालप्रसाद पुनले साधारण सभामा सहकारीका वार्षिक गतिविधि, वित्तीय विवरण तथा आगामी वर्षका कार्ययोजना सार्वजनिक गरिएको थियो।कार्यक्रममा बोल्दै पुनले पदाधि कारीहरूले सहकारीले आर्थिक चेतना फैलाउन, सदस्यलाई वित्तीय पहुँच दिलाउन र समुदायमा बचत संस्कृतिको विकास गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताएका थिए।…

Read More

लमजुङमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।शुक्रबार राति मर्स्याङ्दी गाउँपालिका–३ खुदिबाट सोही पालिका–६ नाइचेस्थित हिडिखोला हाइड्रोपावरकाे लागि सिमेन्ट लिएर जाँदै गरेको बा ८ च ३७३१ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। दुर्घटनामा दोलखा मेलुङ–४ का ३० वर्षीय चालक विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए। जिप अनियन्त्रित भएर सडकबाट करिब ८०० मिटर तल खसेपछि दुवै जना गम्भीर घाइते भएका थिए। प्रहरीको उद्धारपछि बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल लमजुङमा पुर्‍याइएको भए पनि उपचारकाे क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा…

Read More

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा सिंगापुर पुगेका छन् ।गएराति सिंगापुर एयरलाइन्समार्फत् काठमाडौंबाट प्रस्थान गरेका देउवा दम्पती आज बिहान सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । विमानस्थलबाट बाहिरिने क्रममा दुवै जना ह्विलचेयरमा देखिएका थिए । देउवा दम्पती स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका हुन् ।गत भदौ २४ गते जेन–जेड आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित देउवा निवासमा भएको कुटपिट र आगजनी घटनापछि उनीहरू लामो समय सार्वजनिक थिएनन् । असोज २८ गते मात्र पार्टी केन्द्रीय समिति बैठकमा देखिएका थिए । उक्त बैठकपछि देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका छन् ।

Read More