गल्कोट नगरपालिका–१० पाण्डवखानीमा रहेको सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ साधारण सभा सम्पन्न भएको छ।सहकारीका अध्यक्ष लालप्रसाद पुनको सभापतित्वगल्कोट–१० पाण्डवखानीका निवर्तमान वडा अध्यक्ष तथा शेयर सदस्य तिलक घर्तीको प्रमुख आथितियतामा रहेको कार्यक्रममा बोल्दै घर्ती मगरले सहकारीले अपनाइरहेको पारदर्शी कार्यशैली, सेवा विस्तार र सदस्य–हितपूर्ण कार्यक्रमप्रति प्रशंसा व्यक्त गर्दै अझ प्रभावकारी सेवा दिन सुझाव दिएका थिए। त्यस्तै कार्यक्रममा सहकारीका अध्यक्ष लालप्रसाद पुनले साधारण सभामा सहकारीका वार्षिक गतिविधि, वित्तीय विवरण तथा आगामी वर्षका कार्ययोजना सार्वजनिक गरिएको थियो।कार्यक्रममा बोल्दै पुनले पदाधि कारीहरूले सहकारीले आर्थिक चेतना फैलाउन, सदस्यलाई वित्तीय पहुँच दिलाउन र समुदायमा बचत संस्कृतिको विकास गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताएका थिए।…
लालु प्रसाद गैरे
लमजुङमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।शुक्रबार राति मर्स्याङ्दी गाउँपालिका–३ खुदिबाट सोही पालिका–६ नाइचेस्थित हिडिखोला हाइड्रोपावरकाे लागि सिमेन्ट लिएर जाँदै गरेको बा ८ च ३७३१ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। दुर्घटनामा दोलखा मेलुङ–४ का ३० वर्षीय चालक विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए। जिप अनियन्त्रित भएर सडकबाट करिब ८०० मिटर तल खसेपछि दुवै जना गम्भीर घाइते भएका थिए। प्रहरीको उद्धारपछि बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल लमजुङमा पुर्याइएको भए पनि उपचारकाे क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा…
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा सिंगापुर पुगेका छन् ।गएराति सिंगापुर एयरलाइन्समार्फत् काठमाडौंबाट प्रस्थान गरेका देउवा दम्पती आज बिहान सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । विमानस्थलबाट बाहिरिने क्रममा दुवै जना ह्विलचेयरमा देखिएका थिए । देउवा दम्पती स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका हुन् ।गत भदौ २४ गते जेन–जेड आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित देउवा निवासमा भएको कुटपिट र आगजनी घटनापछि उनीहरू लामो समय सार्वजनिक थिएनन् । असोज २८ गते मात्र पार्टी केन्द्रीय समिति बैठकमा देखिएका थिए । उक्त बैठकपछि देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका छन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार २०८२ सालको भाइटीका कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा लगाउने उत्तम साइत रहेको छ। ढकालका अनुसार यस वर्षको यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुनेछ। सो दिनदेखि यमदीप दान सुरु हुने र त्यसै दिन धन त्रयोदशी (धनतेरस) पर्व पनि परेको समितिले जनाएको छ। कात्तिक २ गते आइतबार काग तिहार तथा धनवन्तरी जयन्ती,कात्तिक ३ गते सोमबार नरक चतुर्दशी, कुकुर तिहार र साँझ लक्ष्मीपूजा,कात्तिक ४ गते मङ्गलबार बिहान स्नान–दान र दिउँसोसम्म औंशी तिथि रहनेछ।त्यसपछि कात्तिक ५ गते बुधबार गाई तिहार…
नेपालको सबै भूभागबाट यस वर्षको मनसुन शुक्रबारदेखि पूर्ण रूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि देशभरबाट मनसुनको समाप्ति भएको हो। विभागका अनुसार असोज २० गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भागका केही स्थानहरूबाट मनसुन बहिर्गमनको प्रक्रिया सुरु भएको थियो। नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ (असोज १६) भए पनि यस वर्ष मनसुन ८ दिन ढिलो गरी बाहिरिएको विभागले जनाएको छ। यद्यपि मनसुन समाप्त भए पनि स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण केही स्थानमा आंशिक बदली र हल्का वर्षा हुन सक्ने सम्भावना रहेको…
काठमाडौं — यस वर्षको मनसुन नेपालबाट क्रमशः बाहिरिन थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन पूर्णरूपमा समाप्त भएको छ। विभागले जनाएको छ कि लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भागका केही स्थानहरूबाट पनि मनसुन फिर्ता भइसकेको छ। हाल मनसुनी वायु कमजोर हुँदै गएको हुँदा नेपालका बाँकी भूभागबाट पनि केही दिनभित्रै मनसुन पूर्ण रूपमा बाहिरिने सम्भावना रहेको विभागको अनुमान छ।
ताराखोलाबाट गलकोट नगरपालिका वडा नम्वर ५ सर्दाखेत जाँदै गरेको ग १ ज ६१०० नम्वरको जीप गाईघाट नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी गलकोट नगरपालिका वडा नम्वर ५ सर्दाखेतका करिब २४ वर्षिय दिनेश थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ । त्यस्तै दुर्घटनामा परी वडा नम्वर ५ सर्दाखेतका २४ वर्षिय मिलन परियार, ४३ वर्षिय बिरवल परियार र २६ वर्षिय दिनेश थापा घाईते हुनुभएको छ । घाईते मध्ये २६ वर्षिय थापाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । त्यस्तै घाईते बिरवल परियारलाई थप उपचारका लागि पोखरा मणिपाल हस्पिटलमा रिफर गरिएको छ । जीप सडकबाट करिब २० मिटर तल खोलामा खसेको…
प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको बडादशैंमा टीका नलगाउने निर्णय गरेकी छन्।बडादशैं नेपालीहरूको महान् चाडका रूपमा हर्षोल्लासपूर्वक मनाइने पर्व भए पनि जेनजी आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाएको पीडा र घाइते भएका अवस्थाले आफूलाई गहिरो रूपमा असर पारेको उनले जनाएकी छन्। प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठका अनुसार वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै प्रधानमन्त्रीले टीका लगाउने कार्यक्रम नरहेको जानकारी दिएका हुन्।उनको सचिवालयले समेत यस वर्ष प्रधानमन्त्रीले टीका नलगाउने मात्र नभई सर्वसाधारणलाई पनि टीका नलगाउन आग्रह गरेको स्पष्ट पारेको छ।
जिल्ला प्रशासन कार्यालय बागलुङले बुधबार बिहान ९ बजेदेखि अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम अर्को आदेश नआउञ्जेलसम्मका लागि कफ्र्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जारी गरेको सूचनामा उल्लेख छ । बागलुङ नगरपालिका वडा नं. १, २, ३ र ४ भित्रका सबै क्षेत्रह, गलकोट नगरपालिका– ३, ५ र ६, जैमिनी नगरपालिका–१ र ढोरपाटन नगरपालिका–१, २ र ३ मा कफ्र्यू आदेश जारी गरिएको हो । कफ्र्यू जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता कार्यकम गर्न निषेध…
गलकोट/ राष्ट्रिय स्वतन्त्र पार्टी गलकोट नगर समितिले वडा नं. २ र ३ को संयुक्त वडा अधिवेशन सम्पन्न गरेको छ। अधिवेशन शनिबार गलकोट–३ भण्डारी पार्टी प्यालेश मा भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय प्रमुख सचेतक सन्तोष परियारले सबै सदस्य एकजुट भई संगठनलाई सबल बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले २०८४ को निर्वाचनमा जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अवसर दिने विश्वास व्यक्त गर्दै गलकोटका मुद्दा प्रतिनिधि सभामा निरन्तर उठाउने साथै वडास्तरमै संगठनलाई मजबुत बनाउँदै जानु पर्ने समेत बताउनु भएको थियो l अधिवेशनको अवसरमा तिलक बहादुर क्षेत्रीको सभापतित्वमा ११ सदस्यीय गलकोट नगरपालिका वडा नम्वर २ वडा समिति गठन गरिएको छ । समितिको उपसभापतिमा चेत कुँवर,…