लालु प्रसाद गैरे

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार २०८२ सालको भाइटीका कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा लगाउने उत्तम साइत रहेको छ। ढकालका अनुसार यस वर्षको यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुनेछ। सो दिनदेखि यमदीप दान सुरु हुने र त्यसै दिन धन त्रयोदशी (धनतेरस) पर्व पनि परेको समितिले जनाएको छ। कात्तिक २ गते आइतबार काग तिहार तथा धनवन्तरी जयन्ती,कात्तिक ३ गते सोमबार नरक चतुर्दशी, कुकुर तिहार र साँझ लक्ष्मीपूजा,कात्तिक ४ गते मङ्गलबार बिहान स्नान–दान र दिउँसोसम्म औंशी तिथि रहनेछ।त्यसपछि कात्तिक ५ गते बुधबार गाई तिहार…

Read More

नेपालको सबै भूभागबाट यस वर्षको मनसुन शुक्रबारदेखि पूर्ण रूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि देशभरबाट मनसुनको समाप्ति भएको हो। विभागका अनुसार असोज २० गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भागका केही स्थानहरूबाट मनसुन बहिर्गमनको प्रक्रिया सुरु भएको थियो। नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ (असोज १६) भए पनि यस वर्ष मनसुन ८ दिन ढिलो गरी बाहिरिएको विभागले जनाएको छ। यद्यपि मनसुन समाप्त भए पनि स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण केही स्थानमा आंशिक बदली र हल्का वर्षा हुन सक्ने सम्भावना रहेको…

Read More

काठमाडौं — यस वर्षको मनसुन नेपालबाट क्रमशः बाहिरिन थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन पूर्णरूपमा समाप्त भएको छ। विभागले जनाएको छ कि लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भागका केही स्थानहरूबाट पनि मनसुन फिर्ता भइसकेको छ। हाल मनसुनी वायु कमजोर हुँदै गएको हुँदा नेपालका बाँकी भूभागबाट पनि केही दिनभित्रै मनसुन पूर्ण रूपमा बाहिरिने सम्भावना रहेको विभागको अनुमान छ।

Read More

ताराखोलाबाट गलकोट नगरपालिका वडा नम्वर ५ सर्दाखेत जाँदै गरेको ग १ ज ६१०० नम्वरको जीप गाईघाट नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी गलकोट नगरपालिका वडा नम्वर ५ सर्दाखेतका करिब २४ वर्षिय दिनेश थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ । त्यस्तै दुर्घटनामा परी वडा नम्वर ५ सर्दाखेतका २४ वर्षिय मिलन परियार, ४३ वर्षिय बिरवल परियार र २६ वर्षिय दिनेश थापा घाईते हुनुभएको छ । घाईते मध्ये २६ वर्षिय थापाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । त्यस्तै घाईते बिरवल परियारलाई थप उपचारका लागि पोखरा मणिपाल हस्पिटलमा रिफर गरिएको छ । जीप सडकबाट करिब २० मिटर तल खोलामा खसेको…

Read More

प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको बडादशैंमा टीका नलगाउने निर्णय गरेकी छन्।बडादशैं नेपालीहरूको महान् चाडका रूपमा हर्षोल्लासपूर्वक मनाइने पर्व भए पनि जेनजी आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाएको पीडा र घाइते भएका अवस्थाले आफूलाई गहिरो रूपमा असर पारेको उनले जनाएकी छन्। प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठका अनुसार वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै प्रधानमन्त्रीले टीका लगाउने कार्यक्रम नरहेको जानकारी दिएका हुन्।उनको सचिवालयले समेत यस वर्ष प्रधानमन्त्रीले टीका नलगाउने मात्र नभई सर्वसाधारणलाई पनि टीका नलगाउन आग्रह गरेको स्पष्ट पारेको छ।

Read More

जिल्ला प्रशासन कार्यालय बागलुङले बुधबार बिहान ९ बजेदेखि अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम अर्को आदेश नआउञ्जेलसम्मका लागि कफ्र्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जारी गरेको सूचनामा उल्लेख छ । बागलुङ नगरपालिका वडा नं. १, २, ३ र ४ भित्रका सबै क्षेत्रह, गलकोट नगरपालिका– ३, ५ र ६, जैमिनी नगरपालिका–१ र ढोरपाटन नगरपालिका–१, २ र ३ मा कफ्र्यू आदेश जारी गरिएको हो । कफ्र्यू जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता कार्यकम गर्न निषेध…

Read More

गलकोट/ राष्ट्रिय स्वतन्त्र पार्टी गलकोट नगर समितिले वडा नं. २ र ३ को संयुक्त वडा अधिवेशन सम्पन्न गरेको छ। अधिवेशन शनिबार गलकोट–३ भण्डारी पार्टी प्यालेश मा भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय प्रमुख सचेतक सन्तोष परियारले सबै सदस्य एकजुट भई संगठनलाई सबल बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले २०८४ को निर्वाचनमा जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अवसर दिने विश्वास व्यक्त गर्दै गलकोटका मुद्दा प्रतिनिधि सभामा निरन्तर उठाउने साथै वडास्तरमै संगठनलाई मजबुत बनाउँदै जानु पर्ने समेत बताउनु भएको थियो l अधिवेशनको अवसरमा तिलक बहादुर क्षेत्रीको सभापतित्वमा ११ सदस्यीय गलकोट नगरपालिका वडा नम्वर २ वडा समिति गठन गरिएको छ । समितिको उपसभापतिमा चेत कुँवर,…

Read More

मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अझै कालोपत्र नहुँदा यात्रु र स्थानीयले वर्षौँदेखि कष्ट भोगिरहेका छन्। विशेषगरी बिहुँ–घोडाबाधे १३ किलोमिटर खण्डमध्ये करिब ६ किलोमिटर अझै अधुरो रहेकाले दैनिक समस्या झन् बढेको छ। मंगलबार बिहान चितवनबाट गलकोटतर्फ सामान बोकेको मिनि ट्रक बिहुँमा हिलोमा फसेपछि यात्रु घण्टौँ बाटोमै अलपत्र परे। चालक रमण शर्माले भने, “यो बाटोमा यात्रा गर्नु भनेको दुःख पर्खनु हो, हिउँदमा धुलो, वर्षामा हिलोले हैरान बनाउँछ।” यात्रु मात्र होइन, स्थानीयहरू समेत सडककै कारण त्रासदीमा छन्। घोडाबाधेकी वसन्ती थापाले भनिन्, “बजार जान गाह्रो, बिरामी परे एम्बुलेन्स चल्दैन, सरकारी कर्मचारी आउँदैनन्। सडककै कारण हामी वन्धकझैँ छौँ।” बागलुङ बजारदेखि घोडाबाधेसम्म २५ किलोमिटर सडक कालोपत्र…

Read More

पर्वत/ जिल्लाको मोदी गाउँपालिका–४ क्याङमा शनिबार माथिबाट खसेको पहिरोमा परेर एक बोलेरो जिप पुरिएको छ । जिपमा सवार यात्रुहरू पहिल्यै झरेकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। जनै पूर्णिमाको दिन लेसपार गाउँस्थित हस्रधारामा रहेको बराह मन्दिरमा पुगेर फर्किने क्रममा जीप पहिरोमा परेको हो । श्रद्धालुहरू पूजाआजाका लागि बराह पुग्ने गर्छन । पूजा सकेर सदरमुकाम कुस्मा फर्कने यात्रुहरू बोकेर ल्याएको ध.क.ज ५५८ नम्बरको बोलेरो जिप पहिरोले पुरेको हो। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार पहिल्यै अलिअलि खसेको पहिरोको कारण सडक हिलाम्मे बनेको र उक्त हिलोमा जिप फँसेको थियो । जिप फँसेपछि चालकसहित सबै यात्रु बाहिर निस्केर…

Read More

चमुवा आधारभूत बिद्यालय गलकोट नगरपालिका वडा नम्वर ४ मा प्रथम त्रैमासिक परिक्षाको परिक्षाफल प्रकाशन एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अवसरमा परिक्षामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक नविन सुवेदीले विद्यार्थीहरुलाई टिकाई राख्न विद्यालयले विभिन्न किसिमका रणनितिहरु अपनाउदै अगाडि बढेमा विद्यालयले शैक्षिक फड्को मार्ने कुरामा जोड दिनुभएको थियो साथै शैक्षिक गतिविधिबारे जानकारी गराउनुभएको थियो । कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष डिलाराम सुवेदीले सामुदायिक विद्यालयमा गलकोट नगरपालिकाले लगानी बढाउदै गएको र सोहि अनुसार विद्यालयको नतिजा राम्रो आउनुपर्ने बताउनुभएको थियो l कार्यक्रम शिक्षक कल्पना गौतम सुवेदीको स्वागत तथा धनप्रसाद सुवेदीको…

Read More