लालु प्रसाद गैरे

मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अझै कालोपत्र नहुँदा यात्रु र स्थानीयले वर्षौँदेखि कष्ट भोगिरहेका छन्। विशेषगरी बिहुँ–घोडाबाधे १३ किलोमिटर खण्डमध्ये करिब ६ किलोमिटर अझै अधुरो रहेकाले दैनिक समस्या झन् बढेको छ। मंगलबार बिहान चितवनबाट गलकोटतर्फ सामान बोकेको मिनि ट्रक बिहुँमा हिलोमा फसेपछि यात्रु घण्टौँ बाटोमै अलपत्र परे। चालक रमण शर्माले भने, “यो बाटोमा यात्रा गर्नु भनेको दुःख पर्खनु हो, हिउँदमा धुलो, वर्षामा हिलोले हैरान बनाउँछ।” यात्रु मात्र होइन, स्थानीयहरू समेत सडककै कारण त्रासदीमा छन्। घोडाबाधेकी वसन्ती थापाले भनिन्, “बजार जान गाह्रो, बिरामी परे एम्बुलेन्स चल्दैन, सरकारी कर्मचारी आउँदैनन्। सडककै कारण हामी वन्धकझैँ छौँ।” बागलुङ बजारदेखि घोडाबाधेसम्म २५ किलोमिटर सडक कालोपत्र…

Read More

पर्वत/ जिल्लाको मोदी गाउँपालिका–४ क्याङमा शनिबार माथिबाट खसेको पहिरोमा परेर एक बोलेरो जिप पुरिएको छ । जिपमा सवार यात्रुहरू पहिल्यै झरेकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। जनै पूर्णिमाको दिन लेसपार गाउँस्थित हस्रधारामा रहेको बराह मन्दिरमा पुगेर फर्किने क्रममा जीप पहिरोमा परेको हो । श्रद्धालुहरू पूजाआजाका लागि बराह पुग्ने गर्छन । पूजा सकेर सदरमुकाम कुस्मा फर्कने यात्रुहरू बोकेर ल्याएको ध.क.ज ५५८ नम्बरको बोलेरो जिप पहिरोले पुरेको हो। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार पहिल्यै अलिअलि खसेको पहिरोको कारण सडक हिलाम्मे बनेको र उक्त हिलोमा जिप फँसेको थियो । जिप फँसेपछि चालकसहित सबै यात्रु बाहिर निस्केर…

Read More

चमुवा आधारभूत बिद्यालय गलकोट नगरपालिका वडा नम्वर ४ मा प्रथम त्रैमासिक परिक्षाको परिक्षाफल प्रकाशन एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अवसरमा परिक्षामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक नविन सुवेदीले विद्यार्थीहरुलाई टिकाई राख्न विद्यालयले विभिन्न किसिमका रणनितिहरु अपनाउदै अगाडि बढेमा विद्यालयले शैक्षिक फड्को मार्ने कुरामा जोड दिनुभएको थियो साथै शैक्षिक गतिविधिबारे जानकारी गराउनुभएको थियो । कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष डिलाराम सुवेदीले सामुदायिक विद्यालयमा गलकोट नगरपालिकाले लगानी बढाउदै गएको र सोहि अनुसार विद्यालयको नतिजा राम्रो आउनुपर्ने बताउनुभएको थियो l कार्यक्रम शिक्षक कल्पना गौतम सुवेदीको स्वागत तथा धनप्रसाद सुवेदीको…

Read More

राजस्थानको चुरू जिल्लाको रतनगढमा भारतीय वायुसेनाको लडाकु विमान ‘ज्यागुआर’ दुर्घटनाग्रस्त भएको छ । बुधबार दिउँसो भएको विमान दुर्घटनामा दुवै पाइलटको मृत्यु भएको छ । घटनासँग सम्बन्धित तस्बिरहरूमा रतनगढको भानुडा गाउँमा विमानको भग्नावशेष टाढाटाढासम्म छरिएको देखिन्छ । भारतीय वायु सेनाको मिडिया कोअर्डिनेसन सेन्टरले एक्समा एक पोस्ट गर्दै भनेको छ, “भारतीय वायुसेनाको एक जगुआर ट्रेनर विमान आज राजस्थानको चुरूनजिकै नियमित प्रशिक्षण मिसनको क्रममा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा दुवै पाइलटको मृत्यु भएको छ ।

Read More

गल्कोट नगरपालिकाले हलगोरु पाल्ने किसानहरूलाई हलगोरु प्रोत्साहन अनुदान वितरण गरिएको छ। गल्कोट नगरपालिकाले आर्थिक वर्ष २०८१-०८२ को हलगोरु प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत गल्कोट नगरपालिका भित्रका ९५ हलगोरू लाई हलगोरु प्रोत्साहन अनुदान वितरण गरिएको हो। जस अन्तर्गत सुचना बमोजिम प्रस्ताव पेश गरेका गोठमा हल गोरु भएका तर विमा नगरेका र बैंकमा खाता नभएका किसानहरूले प्रोत्साहन अनुदान रकम पाएका छैनन्। परम्परागत तरिकाले खेतबारी जोत्नका लागि प्रयोग गरिने गोरुलाई संरक्षण गर्दै किसानहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले नौ लाख पचास हजार प्रोत्साहन अनुदान सोझै किसानहरूको बैंक खातामा पठाइएको गल्कोट नगरपालिका का पशु सेवा शाखा प्रमुख चिन्तामणि शर्माले बताए l उनले नगरपालिका सुचना प्रकाशन गरी प्रस्ताव…

Read More

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

Read More

गलकोट नगरपालिका वडा नम्वर ३ बौर चौतारामा मोटरसाईकल दुर्घटना भएको छ । गलकोट नगरपालिका वडा नम्वर २ नरेठाँटीबाट हटिया आउँदै गरेको ध १ प ४१६९ नम्वरको मोटरसाईकल र गलकोट नगरपालिका वडा नम्वर ३ हटियाबाट नरेठाँटी जाँदै गरेको ध १ प ७२४० नम्वरको मोटरसाईकल बौर चौतारामा दुर्घटना हुँदा ३ जना घाईते भएको प्रहरी चौकी हटियाले जनाएको छ । मोटरसाईकल एकआपसमा ठोकिँदा ध १ प ७२४० का चालक ४७ वर्षिय सम्मर सार्की, २३ वर्षिय गणेश नेपाली र ध १ प ४१६९ का चालक २० वर्षिय पवन बिक घाईते भएको प्रहरीले बताएको छ ।

Read More

ढोरपाटन नगरपालिका वडा नं. ५ बतासे डाँडामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लु प्र. ०१–००१ – १७७५ नम्बरको जीप शुक्रबार दिउँसो बतासेडाँडामा दुर्घटना हुँदा २ जना मृत्यु भएको हो । दुर्घटनामा परी १४ जना घाइते भएका छन् । जिप सडकदेखी अन्दाजी ६० मिटर तल खेतमा खस्दा १४ जना घाईते भएका हुन् । जीपमा १६ जना यात्रु सवार थिए । घाइतेमध्ये तीन जनाको अवस्था गंभीर, दश जनाको मध्यम र एकको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक बसन्त पाण्डेले जानकारी दिए ।मृतकहरुको पहिचान हुन नसकेको…

Read More

गल्कोट नगरपालिका वार्ड नं ३ मा रहेको बौरा मा शिवशक्ति ट्रेडर्स पेट्रोल पम्प सञ्चालनमा आएको छ। गल्कोट नगरपालिका ३ को बौरामा शिवशक्ति ट्रेडर्स पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो। यसअघि गल्कोटमा पेट्रोल पम्प नहुँदा स्थानीयहरूले ड्रम र जर्किनबाट तेल खरिद गर्दै आएका थिए।लामो समयको आरोह अवरोह पछि सेवा सुचारु हुन लागे सँगै मध्यपहाडी लोकमार्गमा यात्रा गर्ने सवारी साधनलाई सहज हुने छ l अब भने नियमित र सुरक्षित शुद्ध इन्धनको आपूर्ति हुने आशा गरिएको छ| गलकोट नगरपालिकामा गण्डकी प्रदेशका सांसद् जित बहादुर शेरचनले गलकोट शिव शक्ति ट्रेडस् उद्घाटन गर्नुभएको हो l कार्यक्रममा गण्डकी प्रदेशका सांसद् जित बहादुर शेरचनले गलकोट नगरपालिकामा पेट्रोल पम्प…

Read More

बाग्लुङ जिल्ला गलकोट नगरपालिका वडा नम्बर ४ मा रहेको ओखरबोटमा मालिका मन्दिर प्रचार प्रसारको अभावमा पछि परेको छ। चमुवा, खरुवा, नुवाकोटको दोभानमा पर्ने मालिका मन्दिर धार्मिक तथा पर्यटकीय महत्त्वको स्थान मा रहेको छ। शक्तिपीठको रूपमा सदियौंदेखि भक्तजनहरूले पूजापाठ गर्दै आएका छन्| विक्रम सम्वत् २०७८ सालमा थप व्यवस्थापनका साथ स्थापना भएको मन्दिरमा देवीदेवता र खड्ग देवता समेत रहेका छन्। खड्गदेवतालाई गल्कोटमा रहेको कोटमा पूजा गरिन्छ भने खड्गदेवताको विशेष पूजा नवरात्र र अरु समयमा गरिन्छ आइतबार, र सोमबार, छाडेर अरु बारमा पुजा गर्न सकिन्छ l भने मालिक सँग मागेको कुरा पूरा हुने विश्वास समेत रहेको छl साथै यहाँ परेवा बोका को पूजा…

Read More