हरिकृतन गाउदै गल्कोट नगरपालिका वाड नम्बर 4 मा रहेकोसन्तानेर्वर शिब मन्दिरमा हिजो विशेष दिन महा शिबरात्रि का दिन दिउसो 12 देखी राति 12बजे सम्म कृतन सुरू गरिएको थियो र हजारौ दर्शनार्थि ले पुजा गरेका थिए । साथै नजिकैको गाउ खरूवा लगाएतका ठाऊ बाट आएर दर्शन गर्नु भएको थियो । यस्का साथै मन्दिरका अध्यक्ष लालु सुवेदी ले मन्दिरको थप बय्बस्थापन गरि मन्दिर सम्म पुग्ने बाटो मा मेशिनरि वाल लगाऊने र मन्दिरको लागि आर्थिक सङ्कलन अगाडि बढाऊने जानकारि दिनु भयको थियो l
लालु प्रसाद गैरे
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ महाशिवरात्री पर्व, २०८१ को पूर्वसन्ध्यामा पावन पशुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गरेका छन् । प्रधानमन्त्री ओलीले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रीको व्यवस्थापन तयारीबारे पशुुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिई पर्वलाई सुरक्षित, अनुुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहजरुपमा भक्तजनको दर्शनको व्यवस्था मिलाउन निर्देशन दिए प्रधानमन्त्री ओलीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत पशुपतिनाथ मन्दिर पुगेका थिए । हिन्दु धर्मावलम्बीका आराध्यदेव भगवान पशुुपतिनाथ मन्दिरमा दर्शनार्थीका रुपमा प्रधानमन्त्री ओलीलाई पाउँदा मन्दिर परिसरमा रहेका सर्वसाधारण भक्तजनले प्रशन्नता र उत्सुकता व्यक्त गरेका थिए
१३ फागुन, काठमाडौं । यही फागुन १४ गते पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन आयोजना गरी महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिइएको हो । पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि दश उपसमिति गठन गरिएको प्रचारप्रसार तथा साजसजावट व्यवस्था उपसमितिका संयोजक राजकुमार खत्रीले जानकारी दिए ।
गलकोट नगरपालिका वडा.न.४मा अवस्थित श्री चमुवा आधारभूत विद्यालयले गलकोट नगरपालिका स्तरिय परीक्षा लक्षित छात्रावास सञ्चालनमा ल्याएको छ । विद्यार्थी तथा विद्यालयबाट आर्थीक बहन हुने गरी यसै फागुन १ देखी चैत २१ सम्मको लागी छात्रवास सञ्चालमा ल्याएको जसले गर्दा शैक्षिक गुण्स्तरमा बुद्धि हुने तथा नतिजामा थप सुधारहुने सम्पुर्णको अपेक्षा छ । विद्यालयले खाना पकाउने तथा विद्यालय समय बाहेकको समयमा आवश्यक शिक्षक साथै खाना पकाउने स्टाफ सम्म व्यवस्था गरेको जानकारी विद्यालयका सुचना अधिकारी धनप्रसाद सुबेदी ले जानकारी दिनुभयो ।
ड्राई फ्रुट्स प्रायः आहारमा समावेश गरिन्छ। यी ड्राई फ्रुट्स स्न्याक्सको रुपमा खाइन्छ । तर, केही यस्ता ड्राइ फ्रुट्स छन्, जसलाई भिजाएर खाँदा शरीरलाई फाइदा पुग्छ । यी ड्राई फ्रुट्समा किसमिस पनि समावेश हुन्छ । किशमिशमा पोषक तत्व र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने गर्छ । किशमिशमा पोषक तत्व र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । यसको सेवन गर्नाले शरीरलाई एक मात्र नभएर धेरै फाइदा हुन्छ । ४ देखि ५ वटा किशमिशलाई रातभर पानीमा भिजाउनु होस् र भोलिपल्ट बिहान यी किशमिश खानुहोस्, तपाइमा अर्कै रौनक देखिन्छ । उसो यहाँ जान्नुहोस् कि ती व्यक्तिहरू को हुन्, जसका लागि किशमिशको सेवन धेरै फाइदाजनक हुन्छ। यदि…