राजस्थानको चुरू जिल्लाको रतनगढमा भारतीय वायुसेनाको लडाकु विमान ‘ज्यागुआर’ दुर्घटनाग्रस्त भएको छ । बुधबार दिउँसो भएको विमान दुर्घटनामा दुवै पाइलटको मृत्यु भएको छ । घटनासँग सम्बन्धित तस्बिरहरूमा रतनगढको भानुडा गाउँमा विमानको भग्नावशेष टाढाटाढासम्म छरिएको देखिन्छ । भारतीय वायु सेनाको मिडिया कोअर्डिनेसन सेन्टरले एक्समा एक पोस्ट गर्दै भनेको छ, “भारतीय वायुसेनाको एक जगुआर ट्रेनर विमान आज राजस्थानको चुरूनजिकै नियमित प्रशिक्षण मिसनको क्रममा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा दुवै पाइलटको मृत्यु भएको छ ।
लालु प्रसाद गैरे
गल्कोट नगरपालिकाले हलगोरु पाल्ने किसानहरूलाई हलगोरु प्रोत्साहन अनुदान वितरण गरिएको छ। गल्कोट नगरपालिकाले आर्थिक वर्ष २०८१-०८२ को हलगोरु प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत गल्कोट नगरपालिका भित्रका ९५ हलगोरू लाई हलगोरु प्रोत्साहन अनुदान वितरण गरिएको हो। जस अन्तर्गत सुचना बमोजिम प्रस्ताव पेश गरेका गोठमा हल गोरु भएका तर विमा नगरेका र बैंकमा खाता नभएका किसानहरूले प्रोत्साहन अनुदान रकम पाएका छैनन्। परम्परागत तरिकाले खेतबारी जोत्नका लागि प्रयोग गरिने गोरुलाई संरक्षण गर्दै किसानहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले नौ लाख पचास हजार प्रोत्साहन अनुदान सोझै किसानहरूको बैंक खातामा पठाइएको गल्कोट नगरपालिका का पशु सेवा शाखा प्रमुख चिन्तामणि शर्माले बताए l उनले नगरपालिका सुचना प्रकाशन गरी प्रस्ताव…
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
गलकोट नगरपालिका वडा नम्वर ३ बौर चौतारामा मोटरसाईकल दुर्घटना भएको छ । गलकोट नगरपालिका वडा नम्वर २ नरेठाँटीबाट हटिया आउँदै गरेको ध १ प ४१६९ नम्वरको मोटरसाईकल र गलकोट नगरपालिका वडा नम्वर ३ हटियाबाट नरेठाँटी जाँदै गरेको ध १ प ७२४० नम्वरको मोटरसाईकल बौर चौतारामा दुर्घटना हुँदा ३ जना घाईते भएको प्रहरी चौकी हटियाले जनाएको छ । मोटरसाईकल एकआपसमा ठोकिँदा ध १ प ७२४० का चालक ४७ वर्षिय सम्मर सार्की, २३ वर्षिय गणेश नेपाली र ध १ प ४१६९ का चालक २० वर्षिय पवन बिक घाईते भएको प्रहरीले बताएको छ ।
ढोरपाटन नगरपालिका वडा नं. ५ बतासे डाँडामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लु प्र. ०१–००१ – १७७५ नम्बरको जीप शुक्रबार दिउँसो बतासेडाँडामा दुर्घटना हुँदा २ जना मृत्यु भएको हो । दुर्घटनामा परी १४ जना घाइते भएका छन् । जिप सडकदेखी अन्दाजी ६० मिटर तल खेतमा खस्दा १४ जना घाईते भएका हुन् । जीपमा १६ जना यात्रु सवार थिए । घाइतेमध्ये तीन जनाको अवस्था गंभीर, दश जनाको मध्यम र एकको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक बसन्त पाण्डेले जानकारी दिए ।मृतकहरुको पहिचान हुन नसकेको…
गल्कोट नगरपालिका वार्ड नं ३ मा रहेको बौरा मा शिवशक्ति ट्रेडर्स पेट्रोल पम्प सञ्चालनमा आएको छ। गल्कोट नगरपालिका ३ को बौरामा शिवशक्ति ट्रेडर्स पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो। यसअघि गल्कोटमा पेट्रोल पम्प नहुँदा स्थानीयहरूले ड्रम र जर्किनबाट तेल खरिद गर्दै आएका थिए।लामो समयको आरोह अवरोह पछि सेवा सुचारु हुन लागे सँगै मध्यपहाडी लोकमार्गमा यात्रा गर्ने सवारी साधनलाई सहज हुने छ l अब भने नियमित र सुरक्षित शुद्ध इन्धनको आपूर्ति हुने आशा गरिएको छ| गलकोट नगरपालिकामा गण्डकी प्रदेशका सांसद् जित बहादुर शेरचनले गलकोट शिव शक्ति ट्रेडस् उद्घाटन गर्नुभएको हो l कार्यक्रममा गण्डकी प्रदेशका सांसद् जित बहादुर शेरचनले गलकोट नगरपालिकामा पेट्रोल पम्प…
बाग्लुङ जिल्ला गलकोट नगरपालिका वडा नम्बर ४ मा रहेको ओखरबोटमा मालिका मन्दिर प्रचार प्रसारको अभावमा पछि परेको छ। चमुवा, खरुवा, नुवाकोटको दोभानमा पर्ने मालिका मन्दिर धार्मिक तथा पर्यटकीय महत्त्वको स्थान मा रहेको छ। शक्तिपीठको रूपमा सदियौंदेखि भक्तजनहरूले पूजापाठ गर्दै आएका छन्| विक्रम सम्वत् २०७८ सालमा थप व्यवस्थापनका साथ स्थापना भएको मन्दिरमा देवीदेवता र खड्ग देवता समेत रहेका छन्। खड्गदेवतालाई गल्कोटमा रहेको कोटमा पूजा गरिन्छ भने खड्गदेवताको विशेष पूजा नवरात्र र अरु समयमा गरिन्छ आइतबार, र सोमबार, छाडेर अरु बारमा पुजा गर्न सकिन्छ l भने मालिक सँग मागेको कुरा पूरा हुने विश्वास समेत रहेको छl साथै यहाँ परेवा बोका को पूजा…
गोरु पाल्न छोडेका किसानले पछिल्लो समय गोरुको महत्व बुझेर पाल्न थालेका छन् बाग्लुङ जिल्ला गल्कोट नगरपालिका वडा नम्बर ४ चमुवामा रहेको चमुवा फाँटमा यतिबेला रोपाई सुरु भएको छ। रोपाई काम मात्र नभएर किसानहरूका निम्ति एउटा उत्सवको अवसर पनि हो। रोपाई भनेको “मानो रोपेर मुरी उब्जाउने´´ भन्ने कथन पनि प्रचलित छ। गोरुले जोतेरै सयौँ रोपनी खेतबारीमा बाली लगाइन्थ्यो। तर पछिल्लो समय खेतीयोग्य जमिनमा वनमारा पलाउन थालेका छन् भने हल गोरु पनि पाइँदैनन्। बजार क्षेत्रमा दशकअगाडि देखि नै आधुनिक प्रविधिको प्रयोग गरेर खेतबारी खनजोत गरिन्थ्यो भने गाउँमा त्यो सुविधा थिएन। हिजोआज यो सुविधा गाउँ गाउँसम्म पनि पुगेको छ। आधुनिक प्रविधिले किसानलाई सहज…
गल्कोट नगरपालिका वडा नम्बर ६ मा रहेको उजिर कार्की स्वास्थ्य क्लिनिकमा आज शनिबार निःशुल्क आँखाजाँच शिविर कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म चलेको थियो उक्त शिविरमा १६० जना को आँखाको विशेष जाँच गरिएको थियो lसाथै निःशुल्क औषधि एवं चश्मा वितरण गरिएको थियो। जसमध्ये ६ जनामा मोतियाबिन्दु समस्या,दुईजनामा जलविन्दु समस्या देखा परेको दृष्टि विशेषज्ञ रुद्र खत्रीले जानकारी दिनुभयो।उक्त शिविरमा मोतियाबिन्दु समस्या देखा परेका बिरामीहरूलाई थप उपचारका लागि बडीगाडमा पठाइने भएको छ l उहाँले भन्नुभयो बढ्दो उमेर, आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनु, उपचारको लागि आर्थिक अभाव, धुलो र धुवाँसँगै बिताउने जीवनशैली, बिरामीको अस्पतालसम्मको पहुँचमा कमी, वृद्धवृद्धाले…
मासु खाने प्रयोजनका लागि गोरु काट्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बागलुङले सात जनालाई पक्राउ गरेको छ ।बागलुङ : बरेङ गाउँपालिका वडा नं. २ खिरकटेरीका ४१ बर्शिय सिता सार्की, सोही ठाउँका ५५ वर्षिय मित्रलाल सार्की, ४२ वर्षिय मनबहादुर सार्की, ५३ वर्षिय जुना सार्की, ४६ वर्षिय कुमारी सार्की, बरेङ ५ तितेपाखाका २८ वर्षिय सन्तोष सामत र एक १७ वर्षिय बागलुङ तेत्तिसलाई मासु खाने प्रयोजनका लागि जिउँदो गोरु काटेर भाग लगाईरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक (प्रनाउ) बसन्त पाण्डेले जानकारी दिए । खिरकटेरीस्थित सिता सार्कीको गोठ नजिकै बिहिबार राती झण्डै पौने १० बजेको समयमा गोरु काटिरहेको भन्ने…