लालु प्रसाद गैरे

गल्कोट नगरपालिका वार्ड नं ४ मा रहेको श्री चमुवा आधारभुत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। व्यवस्थापन समितिको २९ गते सोमबार सम्पन्न अभिभावक भेलाले सर्वसम्मत रुपमा समिति गठन गरिएको हो। समितिको अध्यक्षतामा: विकास सुवेदी सदस्य : खिमलाल सुवेदी, रविलाल सुवेदी, मञ्जु सुनार, मनकुमारी सुवेदी, कृष्णबहादुर भण्डारी, ममता क्षेत्री, धनप्रसाद सुवेदी, र सदस्य सचिव नवीन सुवेदी रहनुभएको छ। साथै शिक्षक (अभिभावक संघतर्फ): संयोजक डिलाराम सुवेदी, सदस्य नम्रता सुनार,दिपा कार्की , कुशल खत्री,सुरेन्द्र किसान , अमृत सुवेदी, थमबहादुर क्षेत्री,चम्पा सुवेदी रहनुभएको छ। यसका साथै सल्लाहकार समितीसंयाेजक : घनश्याम शर्मा सदस्य: यामलाल सुवेदी,ओमकार सुवेदी,टिकाराम शर्मा, डिलाराम शर्मा (डि.आर),रुद्र प्रसाद सुवेदी रहनु भएको…

Read More

गल्कोट नगरपालिका वडा नम्बर ४ मा रहेको श्री चमुवा आधारभूत विद्यालयको शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास सुवेदीले अभिभावक र विद्यार्थी बीचको त्रिकोणात्मक सम्बन्ध बलियो हुँदा मात्र शिक्षामा गुणस्तर कायम गर्न सकिने बताउनुभएको छ। उहाँले विद्यालयप्रतिको विश्वास र सहकार्यप्रति सम्पूर्ण अभिभावकहरूलाई आभार प्रकट गर्नुभएको थियो साथै कक्षा आठमा १००% तथा नगरपालिकामा सहकारी विद्यालयमध्ये प्रथम हुन सफल गराउनु भएकोमा शिक्षक अभिभावक विद्यार्थी तथा सम्पूर्ण समिति तथा सरकारवाला निकायलाई हार्दिक आभार एवं धन्यवाद प्रकट गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य कल्पना गौतम सुवेदीले राख्नुभएको थियो उहाँ ले भन्नुभयो…

Read More

बाग्लुङ जिल्ला गलकोट नगरपालिका भैँसी संरक्षण केन्द्रको रूपमा विकास हुँदै गएको छ। भैँसीको सङ्ख्यालाई संरक्षण गर्न दुध उत्पादनमा निरन्तरता दिलाउन भैँसीको आनुवांशिक गुणलाई संरक्षण गर्न र रोजगारी सिर्जनासहित गलकोटलाई दुधालु भैँसीको स्रोत केन्द्रका रुपमा विकास गर्न गल्कोट नगरपालिकाले आर्थिक वर्ष २०८१_८२ को प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत विकास कार्यक्रम सुरु गरेको हो। गल्कोट नगरपालिकाको ५०% अनुदानमा ५२ वटा पाडा पाडी र चार वटा राँगा वितरण गरेको छl नगरपालिकाले भैंसी पकेट कार्यक्रम अन्तर्गत भैंसीको लागि छनोट भएका वार्ड नं १,वडा नं ४, र वडा नम्बर ०७ लाई पकेट क्षेत्र निर्धारण गरिएको हो जस अन्तर्गत ४ नम्बर वडामा प्रजन्न योग्य पाडि २२…

Read More

दिनभरि कार्यालयको काम बिहान बेलुका निकालेको फुर्सदको समय सदुपयोगले खुसी दिलाएको छ। गरे के हुँदैन भन्ने नेपाली उखानलाई जगन्नाथ सुवेदीले आफ्नो व्यवहारमा उतार्नु भएको छ सरकारी पोशाक लगाएर दिनभरि गल्कोटको नगर अस्पतालमा जनस्वास्थ्य निरक्षकको पदमा काम गर्नुहुने सुवेदी अरुभन्दा फरक हुनुहुन्छ। बिहान बेलुकाको समयमा आफ्नै खेतबारीमा व्यस्त हुनुहुन्छ। बाग्लुङ जिल्ला गलकोट नगरपालिका वार्ड नं ४ नुवाकोटमा अवस्थित अति मिलनसार कुशल समाजसेवी जगन्नाथ सुवेदीले आफ्नै जग्गामा फलफुल किबी खेती गर्नुभएको छ। विगत तीन वर्षदेखि सुरु गर्नुभएको किवी खेतीले अहिले फल दिन सुरु गरेको छ। बिहान बेलुका बिदाको दिनमा खटेर गरिएको किवी खेतीले अहिले फल दिन थालेपछि सुवेदी निकै खुसी हुनुहुन्छ| सिजन…

Read More

बाग्लुङ जिल्ला गलकोट नगरपालिका ०४ चमुवा मा एक घर एक धारा अभियान अन्तर्गत खानेपानी वितरणका लागि सात वटा खानेपानी ट्याङ्की निर्माण गरिएको छ । दमार खानेपानी तथा सरसफाई उपभोक्ता समिति र खानेपानी तथा सरसफाई सबडिभिजन कार्यालयबाट विनियोजित रकमबाट १०० घरमा पानी वितरण गरिएको हो l घरको आगनमा धारा जडानले सरसफाई सँगै खेर गएको पानी करेसा बारीमा प्रयोग गर्न सकिने सोही उपभोक्ता समितिका अध्यक्ष हेमराज गैरेले जानकारी दिनुभयो l अव्यवस्थित रूपमा रहेको खानेपानीलाई व्यवस्थित गरी घरघरमा धारा जडान गर्दा यश गाउँका स्थानीयहरू खुसी भएका छन्। हामिले सामुदायिक धारामा पानीको पालो समेत कुर्नुपर्ने बाध्यता थियो अब सरल हुने भयो स्थानीय यमलाल सुवेदी…

Read More

गल्कोट नगरपालिका वार्ड नं ४ मा निःशुल्क माटो परीक्षण शिविर सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र बाग्लुङको आयोजना तथा प्राविधिक सहयोग एवं गल्कोट नगरपालिका कृषि विकास शाखाको समन्वयमा माटो परीक्षण गरिएको थियो। उक्त शिविरमा ५८ वटा माटोको नमुना परीक्षण गरिएको थियो जस अन्तर्गत परीक्षणका क्रममा माटोको अम्लियपन तथा छारीय गुण, माटोको नाइट्रोजन अवस्था कम, पोटासियमको माध्यम, फस्फोरस र प्राङ्गारिक पदार्थको मात्रा सन्तोषजनक देखिएको गल्कोट नगरपालिकाका कृषि स्नातक प्राविधिक संगीता श्रीस ले बताउनुभएको छ। त्यस्तै परीक्षणको क्रममा माटोलाई जीवित राख्नका लागि आवश्यक पर्ने खाद्य तत्त्वको कमी हुँदै जाँदा बिरुवाले माटोबाट आवश्यकता अनुसार खाद्य पदार्थ लिन नसक्दा उत्पादनमा कमी हुँदै जाने र…

Read More

शैक्षिक सुधारका लागि लगानी वृद्वि गर्दै गईरहेको गलकोट नगरपालिका वागलुङले शैक्षिक सुधारमा पनि सकरात्मक परिणाम निकालिरहेको छ । गलकोट नगरपालिकाको आधारभूत तह उत्तिर्ण परीक्षा कक्षा-८ को नतिजा प्रकाशनले गलकोटको आधारभूत तहको शैक्षिक गुणस्तर सुधारात्मक देखिएको हो । गलकोट नगरपालिकामा कक्षा ८ संचालन भएका सामुदायिक विद्यालय २५ र संस्थागत ९ गरी जम्मा ३३ विद्यालयमा अध्ययनरत जम्मा ५७२ जना विद्यार्थी वार्षिक परीक्षामा सहभागी भएका थिए । गलकोट नगरपालिकामा यस शैक्षिक सत्रमा ६७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । शैक्षिक सत्र २०७९ शालमा १९ प्रतिशत, २०८० शालमा ४२ र यस शैक्षिक सत्रमा ६७ प्रतिशत नतिजा आएको हो । यस शैक्षिक सत्रमा सहभागी विद्यार्थीहरुमध्ये…

Read More

केहिबेर अघि बाग्लुङ्गको तमानखोला गाउँपालिकामा जिप दुर्घटना भएको छ । सो पालिका वडा नम्बर –२ को कटेरीमा ग१ ज ५७०५ नम्बरको जिप दुर्घटना हुँदा ५ जना पाँच जना घम्भीर घाईते भएको स्थानीयले बताए पनि जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गले भने पुष्टि गरेको छैन । जीप उकालोमा ब्रेक फेल भई सडकमा नै पल्टिन गएको थियो निम्न घाईतेहरू:-दुर्घटनामा तमानखोला गाउँपालिकाकी सहायक प्रशासकीय अधिकृत गलकोट नगरपालिका–१ की ३० वर्षीया मुना विक, नायब पशु शाखा प्राविधि जुम्ला कन्कासुन्दरी गाउँपालिका–२ का २६ वर्षीय प्रेम रावल, सहायक लेखा अधिकृत रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–६ का ३२ वर्षीय सुदर्शन कुसारी, कार्यालय सहयोगी तमानखोला गाउँपालिका–२ का २९ वर्षीय सचिन विक,…

Read More

गत चैत्र १२ गतेदेखी २० गतेसम्म सञ्चालित नगरपालिका स्तरीय आधारभूत शिक्षा परीक्षाको नतिजा आज प्रकाशन गरिएको गलकोट नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।गलकोट नगरपालिकाको आधारभूत तह उत्तिर्ण परीक्षा कक्षा–८ को नतिजा प्रकाशनले गलकोटको आधारभूत तहको शैक्षिक गुणस्तर सुधारात्मक देखिएको हो । गलकोट नगरपालिकामा कक्षा ८ संचालित सामुदायिक विद्यालय २५ र संस्थागत विद्यालय ९ गरी ३३ विद्यालयमा अध्ययनरत ५ सय ७२ जना विद्यार्थि वार्षिक परीक्षामा सहभागि भएका थिए । यस शैक्षिक सत्रमा परीक्षामा सहभागि विद्यार्थिहरुमध्ये ३.६ जिपिए भन्दा माथि ल्याउने विद्यार्थि ५९ जना रहेका छन् l गलकोट नगरपालिकाले आधारभूत तह उत्तिर्ण परीक्षालाई एसईई परीक्षा मोडेलमा सञ्चालन गरेको थियो । परीक्षा व्यवस्थापनका लागि ११…

Read More

बाग्लुङ जिल्ला गलकोट नगरपालिका वार्ड नं १ दुदिलाभाटि मा प्रथम वडा अधिवेशन सम्पन्न भएको छ। उक्त अधिवेशनमा प्रमुख अतिथिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा पार्टीका सहप्रवक्ता रमेश प्रसाई आउनुभएको थियो l उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी देशकै पहिलो पार्टी हो भोलि यहाँ दुदिलााटिका मान्छेले उम्मेदवार को हुने मेयर को हुने भन्ने अब काठमाडौँले छान्दैन रवि लामिछानेले छान्दैन अब तपाईँले छान्ने हो। यहाँका लागि अब आफैले विचार पुर्याउनुपर्ने बताउनु भएको थियो l उक्त कार्यक्रममा १९ जनाको समिति गठन गरिएको थियो।उपसभापतिमा मिना गुरुङ, सचिवमा पदम बहादुर खत्री, कोषाध्यक्षमा गंगा बहादुर कुँवर, सहसचिवमा प्रदिप श्रीस, रहनुभएको छ । समितिको सदस्यहरुमा…

Read More