लालु प्रसाद गैरे

बाग्लुङ जिल्ला गलकोट नगरपालिका वार्ड नं ४ मा गल्कोट नगरपालिकाका स्वास्थ्य शाखाबाट वार्षिक कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ।जस अन्तर्गत स्वास्थ्य संस्थामा पुग्न नसक्ने ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई स्वास्थ्य पहुँच विस्तार अन्तर्गत घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको थियो l उक्त कार्यक्रम गलकोट नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सुशील पौडेल ले भौगोलिक बिकट्ता जेष्ठ नागरिकहरू आफै स्वास्थ्य संस्थासम्म हिडुल गर्न नसक्ने भएकाले सहजकताका लागि घरमै गएर सेवा प्रदान गरिएको बताउनुभयो। उहाँका अनुसार प्रेसर सुगर पिसाब जाँच जस्तै ग्लुकोज प्रोटिन आँखा जाँच दीर्घरोगी बिरामीको औषधि सम्पूर्ण जानकारी पाउन सक्ने बताउनुभएको छ।|कार्यक्रममा 43 जनाको चेक जाँच गरिएको थियो l…

Read More

गलकोट नगरपालिका वडा नम्वर ३ घट्टेखोलामा स्कुटी दुर्घटना भएको छ । गलकोट नगरपालिका वडा नम्वर ३ हटियाबाट भैंसे पुल तर्फ जाँदै गरेको गण्डकी प्रदेश ०२००१ प ०१७४ नम्वरको स्कुटी दुर्घटना भएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।दुर्घटना हुँदा स्कुटरमा सवार चालक देवदह नगरपालिका रुपन्देहीका ४४ वर्षिय खडक बहादुर अधिकारी र गलकोट नगरपालिका नम्वर ३ का करिब ५९ वर्षिय जोवन बोहोरा घाईते भएको ईलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । घाईते मध्ये रुपन्देहीका अधिकारीलाई थप उपचारका लागि पोखरा रेफर गरिएको छ भने बोहोराको गलकोट नगर अस्पतालमा उपचार भईरहेको छ ।

Read More

जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ।केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो शुक्रबार बेलुकी ८ बजेर १० मिनेट जाँदा ५.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। पश्चिम नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुश भएको थियो ।भूकम्पबाट क्षति भए नभएको बारे थप जानकारी आउन बाँकी रहेको केन्द्रले जनाएको छ l

Read More

चमुवा आधारभूत विद्यालय गल्कोट नगरपालिका वार्ड नं ४ मा कक्षा ६ देखि ८ सम्मका १६ जना विद्यार्थीको रक्त अल्पताको स्क्रिन होमोग्लोबिन र रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न भएको छ। बौर आधारभूत स्वास्थ्य केन्द्रको आयोजना तथा गल्कोट नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयका १६ जना विद्यार्थीहरूको हेमोग्लोबिन कम वा धेरै भएमा शरिरमा देखापर्ने लक्षण, जटिलता, जस्तै थकानमा कमजोरी अनुभव गर्नु, रिङ्गटा लाग्नु या बेहोस हुनु, मुटुको धड्कनहरू तीव्र हुनु, बच्चाको सुस्त विकास हुनु लगाएतका महत्वबारे बौर आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख गणेस सुनारले प्रशिक्षण गर्नुभएको थियो।उक्त कार्यक्रममा विद्यालयका अध्ययनरत विद्यार्थी सोनाक्सी खत्रीले मन्तब्य राख्नुभएको थियो l कार्यक्रममा विद्यालयका प्रधानाध्यापक…

Read More

बाग्लुङ जिल्ला गलकोट नगरपालिका ०४ सुन्दरनगरि नुवाकोट ठुलचौर स्थित श्री गल्कोट नगरपालिका वार्ड नं ४ का वडा सदस्य श्री कृष्ण बहादुर भण्डारीले बिगत चार वर्षदेखि किबी खेती गर्दै आउनुभएको छ। उहाँ बडा सदस्य मात्र नभई एक सरल कुशल मेहनती कृषकका रूपमा चिनिनुहुन्छ । हाल उहाँले थप व्यवस्थापनका साथ आफ्नै गाउँ ठाउँमा बाँजो भएको बारीमा करिब २५० बोट किबि खेती गर्दै आउनुभएको छ। उहाँले सुरुवात देखि अहिले सम्ममा झन्डै २२ लाख बराबरको लगानी गर्नु भयको बताउनु भयो । २०७७ सालमा केहि बिरुवा बाट सुरुवात गरेको खेति अहिले ३०० वोट रहेको बताउनु भयो l उचित हावापानि भौगोलिक हिसाबले भरिपुण रहेको उक्त ठाउमा…

Read More

बागलुङ जिल्ला गलकोट नगरपालिका वडा नं. ४ ओखरवोटमा आज एक कार्यक्रमका विच उपशाखा कार्यालय स्थापना भएको छ । उक्त कार्यालय गलकोट नगरपालिका वडा नं. ४ ओखरवोट निवासी श्री टिकाराम न्यौपाने घरमा निशुल्क स्थापना भएको छ ।कार्यक्रममा वोल्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका उप महामन्त्री श्री ढालेन्द« गौतमले जहाँ दुःख त्यहाँ रेडक्रस भन्ने मुल नाराका साथ रेडक्रस स्थापना भएको र रेडक्रस कर्मीहरुले दुःखमा परेकालाई खुसी र मनले सहयोग गर्नुपर्ने वताउनुभयो । उक्त कार्यक्रममा ग.न.पा.४ का अध्यक्ष श्री वल वहादुर खत्री नेपाल रेडक्रस सोसाइटी हटिया उपशाखाका सभापति नवराज गौतमले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा वडा नं. ४ का जनप्रतिनिधि, राजनैतिक दलका…

Read More

“नेकपा माओवादी केन्द्रले गलकोट नगरपालिकामा विजय र्याली सम्पन्न गरेको छ´´ । गलकोट बहुमुखी क्याम्पस गलकोट नगरपालिका वडा नम्वर ३ हटियामा सम्पन्न स्वतन्त्र विद्यार्थि युनियनको निर्वाचनमा अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानलनै विजयी भएको अवसरमा विजय र्याली सम्पन्न गरेको हो| नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको तर्फबाट गलकोट बहुमुखी क्याम्पसमा सभापतीमा प्रभात साहानी, सचिवमा पवन विक, कोषाध्यक्षमा स्मृती बुढाथोकी, सदस्यमा अजय केसी, प्रमिला विक, निकीता साहानी अत्यधिक बहुमतका साथ विजयी भएका थिए | निर्वाचित उम्मेदवारहरु घोषणा पश्चात गलकोट बहुमुखी क्याम्पसबाट सुरु भएको विजयी र्याली मध्यपहाडि लोकमार्ग हुँदै लोकतन्त्र चोक, बिच बजार, गणतन्त्र चोक, मध्यपहाडि लोकमार्ग हुँदै पुन जिपपार्कमा आएर बाजा सहितको र्याली सम्पन्न…

Read More

गल्कोट : भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाग्लुङको आयोजना तथा गल्कोट नगरपालिका पशु सेवा शाखाको समन्वयमा गल्कोट नगरपालिका वडा नं १ दुदिलाभाटी र वडा नं २ नरेठाँटीमा पशुमा पुर्ण खोप सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । गल्कोट नगरपालिका वडा नं १ मा वडा अध्यक्ष लाल बहादुर रानाको अध्यक्षता र गल्कोट नगरपालिका वड नं २ मा कार्यवहाक वडा अध्यक्ष रूद्र सिंह श्रीसको अध्यक्षतामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाग्लुङका प्राविधिक खगेन्द्र विकको संचालन सम्पन्न भएको थियो |प्राविधिक अधिकृत केशवराज शर्माको स्वागत मन्तव्य विज्ञ प्रमुख डा. ऋषि राम सापकोटा सहजिकरणमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा भेटेरिनरी अस्पताल…

Read More

सबै महिला तथा बालिकाको लागि अधिकार ,समानता र सशक्तिकरण भन्ने मुल नाराका साथ श्री प्राप्ती महिला सञ्जाल गलकोट नगरपालिका ४ ओखरबोटले विविध कार्यक्रमका साथ ११५ औँ अन्तराष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम सञ्जालकी अध्यक्ष उमा न्यौपानेको अध्यक्षता नगर प्रमुख भरत शर्मा गैरेको प्रमुख अतिथ्यता र खिमा भण्डारी को सञ्चालनमा सम्पन्न् भयो । कार्यक्रममा प्राप्ती महिला सञ्जालकी सदस्य शान्ति चालिसेले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बौल्दै प्रमुख अतिथी श्रदेय नगर प्रमुख श्री भरत शर्मा गैरेले समाजमा रहेका खराब अभ्यास एंवम् प्रथाको कारण किशेरी तथा महिला माथी हुने शारिरीक तथा मानसीक हिंसाका घटना बढ्दै गएको प्रथालाई अन्त्य गर्न…

Read More

गलकोट उद्योग वाणिज्य सघ गलकोट नगर समितिको दोस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नगर प्रमुख भरत शर्मा गैरेले देशको अर्थनीतिमा व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ | उहाँले आम नागरीकसंग प्रत्यक्ष रुपमा उद्योग वाणिज्य संघ जोडिएको हुँदा आफ्नो नीति र नियम भित्र रहेर काम गर्नुपर्ने बताउनुभएको थियो । गैरेले नागरीकले व्यवासायीलाई हेर्ने नकारात्मक दृष्टिकोणलाई मेट्दै नागरीक प्रतिको विश्वास जितेर आर्थिक क्रियाकलापमा संलग्न हुनुपर्ने बताउनुभएको छ । उहाँले गलकोट नगरपालिकाले उद्योग वाणिज्य संघसंग समन्वय गरेर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संगसंगै रहेर नागरीकको हितमा काम गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । कार्यक्रममा संघका कोषाध्यक्ष दिलीप श्रेष्ठले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको…

Read More