लालु प्रसाद गैरे

श्री घुम्टे आधारभूत विद्यालय गलकोट नगरपालिका ५ भैंसेको ५९औ बार्षिकोत्सव तथा अभिभावक दिवसको पावन अवसरमा आयोजित अन्तर आधारभूत तह स्तरीय मौन हाजिरी जवाफ प्रतिगोगिता सम्पन्न भयेको छ जसमा चमुवा आधारभूत बिद्यालयले प्रथम स्थान घुम्टे आधारभूत विद्यालयले दि्तिय स्थान र प्रगति आधारभूत विद्यालयले तृतीय स्थान हासील गर्न सफल भएको छ । कार्यक्रम विद्यालयका वि.व्य.स अध्यक्ष तोपनारायण खत्रीको अध्यक्षता शिक्षक जानकी बुढाथोकीको संचालन मा संपन्न भयेको जानकारी बिद्यालयकी सुचना अधिकारी बिष्णु थापाले जानकारी दिनुभयो !

Read More

गलकोट नगरपालिकामा भारतिय भुपू सैनिकहरुको लागि हिजो देखि सिजनल पेन्सन क्याम्प सुरु भएको छ । भारतीय राजदूताबास पेन्सन वितरण कार्यालय पोखराको आयोजना र भारतिय भुपु सैनिक संघ गलकोटको समन्वयमा गलकोट नगरपालिका वडा नम्वर ३ हटिया बजारमा आजबाट सिजनल पेन्सन क्याम्प सुरु भएको हो ।हिजो क्याम्प सञ्चालनको पहिलो दिन ७ सय ६४ जना भन्दा बढि भारतिय भुपु सैनीकहरुले पेन्सन पट्टा नविकरण गराएको सिजनल पेन्सन क्याम्प सञ्चालन समितिका सचिव एलएस छुम बहादुर थापाले जानकारी दिनुभयो ।पहिलो दिनको सिजनल पेन्सन क्याम्पबाट निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, बरेङ गाउँपालिकाको वडा नम्वर २ र ३, गलकोट नगरपालिका वडा नम्वर ३ र १०…

Read More

भारतीय राजदूताबास पेन्सन वितरण कार्यालय पोखराको आयोजना र भारतिय भुपु सैनिक संघ गलकोटको समन्वयमा गलकोट नगरपालिका वडा नम्वर ३ हटिया बजारमा आजबाट सिजनल पेन्सन क्याम्प सुरु भएको हो ।हिजो क्याम्प सञ्चालनको पहिलो दिन ७ सय ६४ जना भन्दा बढि भारतिय भुपु सैनीकहरुले पेन्सन पट्टा नविकरण गराएको सिजनल पेन्सन क्याम्प सञ्चालन समितिका सचिव एलएस छुम बहादुर थापाले जानकारी दिनुभयो ।पहिलो दिनको सिजनल पेन्सन क्याम्पबाट निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, बरेङ गाउँपालिकाको वडा नम्वर २ र ३, गलकोट नगरपालिका वडा नम्वर ३ र १० का भारतिय भुपु सैनीकहरुले सेवा लिएको थापाले बताउनुभयो ।

Read More

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले अमेरिकामा कागजातविहीन भएपछि फर्काइएका (डिपोर्ट भएका) नौ जनालाई आवश्यक सोधपुछ र जानकारी लिएर परिवारको जिम्मा लगाएको छ ।ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले मानव बेचबिखनमा परेर उनीहरु अमेरिका पुगेका हुन् या अन्य कारण छन् भन्ने विषयमा जानकारी लिएर परिवारको जिम्मामा पठाइएको जानकारी दिनुभयो । प्रहरीका अनुसार पीडितका रुपमा बेचिएर अमेरिका पुगेको भए त्यसरी पठाउने व्यक्तिमाथि बेचखिनमा मुद्दा चलाउनुपर्ने भएकाले ब्यूरोमा ल्याएर सोधपुछ गरिएको हो ।आवश्यक पर्दा पुनःबोलाएर अनुसन्धान समेत गर्ने प्रहरीले जनाएको छ । आज अमेरिकाले चार्टर विमानमार्फत आठ जना र व्यावसायिक उडानमार्फत एक जना गरी नौ जनालाई नेपाल फर्काएको थियो ।

Read More

पूर्वराजा ज्ञानेन्द्र शाहले बुधवार बागलुङ कालीका मन्दिरमा पूजा गरेका छन् । पारिवारिक र धार्मिक भ्रमण भनेर आएका शाहले बुधवार दिउसो १ बजे झण्डै २५ मीनेट मन्दिरको ढोका थुनेरै भित्र पसेर पूजा गरेका थिए ।बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिले उनलाई मन्दिर भित्रै पसेर पुजा गर्ने प्रबन्ध गरेको थियो । उनको सुरक्षाको पनि कडा कडि व्यवस्था थियो । राप्रपा बाहेक कांग्रेस र कम्पयुनिष्टका नेता तथा कार्यकर्ता पनि शाहको स्वागतमा पुगेका थिए ।कम्तिमा ७ सय मीटर पैदल यात्रा गरेर मन्दिर पुगेका थिए । बाटोमा सयौं नागरिक उपस्थित भएर शाहको स्वागत गरेका थिए । पञ्चेबाजा, भजन समूह र अन्य झाँकीसहित उपस्थित समूहले शाहको…

Read More

आगामी चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि गलकोट बहुमुखी क्याम्पसमा सहायक क्याम्पस प्रमुख चुडामणी शर्मा निर्वाचन अधिकृत रहेको निर्वाचन समिति गठन गरिएको हो । ३ सदस्यीय निर्वाचन समितिको सदस्यमा विभागिय प्रमुख सहायक प्राध्यापक विर बहादुर बोहोरा क्षेत्री र कृष्ण बोहोरा रहेको क्याम्पस प्रमुख मुकुन्दसिंह भण्डारीले जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिसद्को निर्णय नं. ५ सय ६५ र स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्बन्धी निर्देशिका २०८१ अनुसार स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गर्नका लागि समिति गठन भएको क्याम्पस प्रमुख भण्डारीले बताउनुभयो ।

Read More

एक घर एक धारा खानेपानीको लागि आम भेला सम्पन्नगलकोट नगरपालिका वडा नम्बर ४ मा रहेको दमार खानेपानी तथा सरसफाइ उपभोक्ता समिती र चमुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आम भेला तथा बैठक सप्पन्न भएको छ ! आजको आम भेलाले खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयबाट बिनियोजित रकम चमुवाको ५१ घरधुरी मा पानी झार्ने निर्णय गरिएको जानकारी उपभोक्ता समिती का अध्यक्ष हेमराज गैरेले जानाकरी दिनुभयो !साथै खानेपानीको मर्मत तथा दिगोपनाका लागि प्रत्येक उपभोक्ता बाट रु २००० उठाइ ब्यवस्थापनका लागि बजेट निर्माण गर्ने निर्णय गरिएको छ !

Read More

हरिकृतन गाउदै गल्कोट नगरपालिका वाड नम्बर 4 मा रहेकोसन्तानेर्वर शिब मन्दिरमा हिजो विशेष दिन महा शिबरात्रि का दिन दिउसो 12 देखी राति 12बजे सम्म कृतन सुरू गरिएको थियो र हजारौ दर्शनार्थि ले पुजा गरेका थिए । साथै नजिकैको गाउ खरूवा लगाएतका ठाऊ बाट आएर दर्शन गर्नु भएको थियो । यस्का साथै मन्दिरका अध्यक्ष लालु सुवेदी ले मन्दिरको थप बय्बस्थापन गरि मन्दिर सम्म पुग्ने बाटो मा मेशिनरि वाल लगाऊने र मन्दिरको लागि आर्थिक सङ्कलन अगाडि बढाऊने जानकारि दिनु भयको थियो l

Read More

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ महाशिवरात्री पर्व, २०८१ को पूर्वसन्ध्यामा पावन पशुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गरेका छन् । प्रधानमन्त्री ओलीले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रीको व्यवस्थापन तयारीबारे पशुुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिई पर्वलाई सुरक्षित, अनुुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहजरुपमा भक्तजनको दर्शनको व्यवस्था मिलाउन निर्देशन दिए प्रधानमन्त्री ओलीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत पशुपतिनाथ मन्दिर पुगेका थिए । हिन्दु धर्मावलम्बीका आराध्यदेव भगवान पशुुपतिनाथ मन्दिरमा दर्शनार्थीका रुपमा प्रधानमन्त्री ओलीलाई पाउँदा मन्दिर परिसरमा रहेका सर्वसाधारण भक्तजनले प्रशन्नता र उत्सुकता व्यक्त गरेका थिए 

Read More

१३ फागुन, काठमाडौं । यही फागुन १४ गते पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन आयोजना गरी महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिइएको हो । पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि दश उपसमिति गठन गरिएको प्रचारप्रसार तथा साजसजावट व्यवस्था उपसमितिका संयोजक राजकुमार खत्रीले जानकारी दिए ।

Read More