भिडिओ प्लेटफर्म युट्युबले अब मौलिक र प्रमाणित भिडियोलाई मात्रै पैसा दिने भएको छ । यही जुलाई १५ तारिखदेखि लागू हुने गरी युट्युबले परिवर्तन गरेको मनिटाइजेसन नीति (भिडिओबाट आम्दानी गर्ने प्रक्रिया) अनुसार थोकमा अर्थात् एकै पटक धेरै क्यामेराले खिचेका, बारम्बार एउटै शैली दोहोर्याइएका, फोटोमात्रै राखेर बनाएका, एआईको प्रयोगबाट आवाज तथा भिडियो सिर्जना गरेका सामग्रीहरू मोनिटाइज हुने छैनन् । त्यस्ता भिडियोहरू युट्युबमा राख्न पाइने छ तर जतिसुकै पटक हेरे पनि आम्दानी भने हुने छैन । युट्युबले आफूहरू सधैँ मौलिक र प्रामाणिक सामग्रीको खोजीमा रहेको भन्दै अब दोहोरिएका र थोकमा बनाइएका सामग्रीहरूलाई कडाइका साथ समीक्षा गर्ने बताएको छ । नयाँ नियमले एकै ठाउँमा…
मिना थापा
एएफसी एसियाकप छनोटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ। उज्वेकिस्तान भने २२ वर्षपछि एसियाकपमा छनोट हुन सफल भयो। निर्धारित समय ३–३ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा धकेलिएको खेलमा नेपाल ४–२ ले स्तब्ध भएको हो। पहिलो हाफमा ३–१ ले पछि परेको अवस्थामा नेपालले सानदार पुनरागमन गर्दै खेललाई दोस्रो हाफमा ३–३ को अवस्थामा ल्याएको थियो। निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिन पुगेको थियो जहाँ घरेलु टोली उज्वेकिस्तानले बाजी मार्न सफल भयो। पेनाल्टी सुटआउटमा उज्वेकिस्तान सबै चार खेलाडीले गोल गर्दा अन्तिम प्रहार गर्नु परेन। नेपालक लागि भने सावित्राको पहिलो प्रहार पोलमा लागेर फर्किएको थियो। दोस्रो प्रहार गीता रानाले गोलमा परिणत…
एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि अपराजित रहँदै नेपालले जितेका छ। शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो । फाइनलमा सिंगापुरले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि जोय थापाले अविजित २४ रनको पारी खेले । त्यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमा अलआउट भएको थियो । सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । उनले ९० भन्दा धेरै बल खेलेका थिए । रिहान नाइकले १५ रन बनाए । नेपालका लागि अभय यादवले १० ओभरमा ३४ रन दिएर ३ विकेट…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को फागुनमा हुने भनिएको महाधिवेशन अनिश्चित बनेको छ, किनकि सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा जेलमा छन्। लामिछानेको मुद्दाका कारण महाधिवेशनको मिति पटक(पटक सर्दै आएको छ, र पार्टीले निर्वाचन आयोगको भूमिकाप्रति शंका व्यक्त गरेको छ। पार्टीका नेताहरूले लामिछानेको अनुपस्थितिमा महाधिवेशन कसरी गर्ने भन्नेबारे छलफल गरिरहेका छन्, तर निर्धारित समयमै महाधिवेशन सम्पन्न हुनेमा विश्वास व्यक्त गरेका छन्। पार्टी स्थापनाको तीन वर्षमै विभिन्न मुद्दा–मामिलामा अल्झिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को फागुनमा प्रस्ताव गरिएको महाधिवेशन हुनेरनहुनेमा अन्योल देखिएको छ । गत वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको पूर्वनिर्धारित मिति परिवर्तन गरी फागुन ७, ८ र ९ गते…
आगामी आर्थिक वर्ष २०८२र८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ। अर्थ मन्त्रालयले आज सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानलाई परिपत्र गर्दै सामाजिक सुरक्षा प्रणाली लागू गर्ने व्यवस्था मिलाउन भनेको हो। योगादनमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले अनुरोध गरेको छ। अहिले कर्मचारी, मजदुर तथा अन्य व्यक्तिहरुलाई सामाजिक सुरक्षा प्रदान गर्न ‘योजनानामा आधारित सामाजिक सुरक्षा ऐन, २०७४’ र सरकारी कर्मचारीका लागि ‘निवृत्तभरण कोष ऐन, २०७५’ कार्यान्वयनमा छन्। जसअनुसार २०७५ सालदेखि योगदानमा आधारित समाजिक सुरक्षा…