गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीमा क्षयरोग मुक्त अभियान वडा स्तरीय समितिको २ दिने अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी सुरु भएको छ । गलकोट नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा पाण्डवखानीमा क्षयरोग मुक्त अभियान वडा स्तरीय समितिको २ दिने अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी सुरु भएको हो । विद्यालय व्यवस्थापन समिति, टोल विकास संस्था, स्वास्थ्य कर्मी स्वयमसेविकाको सहभागिता रहेको कार्यक्रमको स्वास्थ्यकर्मी मनिक राजभण्डारी र जिवन नेपालीले क्षयरोग भनेको के हो ? सर्ने माध्यम, जोखिम, लक्षण लगायतका बारेमा प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रम गलकोट नगरकार्यपालिका सदस्य रामप्रसाद विकको अध्यक्षता, गलकोट नगरपालिकाका नर्सिङ निरिक्षक रिमा बस्यालको स्वागत, पाण्डवखानी स्वास्थ्य चौकीको प्रमुख रत्ना सुनारको सञ्चालनमा…
सुरेश छन्त्याल
गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीमा नयाँ वर्षको अवसरमा फ्रेण्ड सिप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको भुतपुर्व हवल्दार बल बहादुर श्रीसले संयोजन गर्नुभएको थियो । १२ टिमको सहभागिता रहेको प्रतियोगितामा महिलातर्फ रुनमाया पुनको समुह प्रथम, सविता पुनको समुह द्धितिय, पुरुषतर्फ भिम सुनारको समुह प्रथम, कोपिल काउचाको समुह द्धितिय भएका छन् । त्यस्तै उत्कृष्ट खेलाडीतर्फ पार्वती पुन र देवनारायण श्रीस छनोट हुनुभएको छ । कार्यक्रम दल बहादुर काउचाको अध्यक्षता, गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष भक्त बहादुर काउचाको प्रमुख आतिथ्यता र गिरी प्रसाद थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
गलकाेट नगरपालिका १०पाण्डबखानीमा रहेकाे घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चकाे २५६८ औं बुद्ध जयन्ती तथा बैशाखे पुर्णिामा मेलाकाे पहिलाे चरणकाे तयारी बैठक सम्पन्न भएको छ।क्लबका अध्यक्ष प्रकाश पुनकाे अध्यक्षतागलकाेट नगरपालिका १०पाण्डबखानीका वडा अध्यक्ष भक्तबहादुर काउचाकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकमा अपुर्ण समितिलाइ पुर्ण समिति थप, आगामी बैशाखे पुर्णिामा तथा २५६८ औं बुद्ध जयन्ती मेला राख्ने निर्णय, वैशाख ८ गते दाेस्राे चरणकाे तयारीका लागि आम भेला गर्ने निर्णय भएको क्लबका सचिव दिप घर्तिले जानकारी गराउनु भयाे।
गलकोट नगरपालिका वडा नम्वर १० पाण्डबखानीमा रहेकाे न्यू घुम्टे एजुकेशनल एकेडेमी बोर्डिङ स्कुलमा वार्षिक परिक्षाको नतिजा प्रकाशन गरिएको छ । कार्यक्रमको अवसरमा प्रथम, द्धितिय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गर्दै सम्पूर्ण विद्यार्थीलाई आगामी शैक्षिक सफलताको लागि शुभकामना व्यक्त गरिएको थियो । त्यस्तै विद्यालयमा सञ्चालन गरिएका विभिन्न कार्यक्रममा सहभागी भई विजयी हाँसिल गरेका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ । सो अवसरमा शैक्षिक सत्र २०८१ को लागि कक्षा प्ले ग्रुपदेखि कक्षा ५ सम्म चैत्र २६ गते देखि भर्ना खुल्ला भएको विद्यालयले जनाएको छ । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, बालमैत्री सहजकर्ता, पत्रकार लगाएतको सहभागीता रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन…
गलकाेट नगरपालिका १० पाण्डबखानीकाे वडा कार्यालयमा भु उपयाेग क्षेत्र वर्गीकरण सम्बन्धी छलफल गरिएको छ। छलफलमा गलकाेट नगरपालिका वडा नं.१० काे सुनपानी मन्दिर देखि पाण्डवखानी मा.वि हुँदै माउखाेला सम्मकाे सडककाे अधिकार क्षेत्र बाहेक ५० मिटर दाँया बाँया, सुनपानी मन्दिर देखि सडककाे पश्चिम भागकाे क्षेत्र र रमुवाकाे भाटी दाेभान टाेलकाे १०० मिटर अर्धव्यास भित्रकाे क्षेत्र आवासीय क्षेत्र र बाकी भाग नियमअनुसार हुने गरि वर्गीकरण गरिएकाे गलकाेट नगरपालिकाका अमिन दिनेश बाबु राेकाले जानकारी दिनु भएको छ। गलकाेट नगरपालिका१० का वडा अध्यक्षकाे अध्यक्षता संगै कार्यक्रमकाे संचालन वडा सचिव ठाकुर तिमिल्सिनाले गर्नु भएको थियाे।
गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे साई पुन परिवारको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। व्यवस्थापन समितिका अध्यक्ष पुनराम पुनकाे अध्यक्षता भुतपुर्व सैनिक संघ पाण्डबखानीका अध्यक्षचन्द्रलाल काउचाकाे प्रमुख आथितियतामा दाजुभाइ भित्र मरु परेमा आर्थिक सयाेग वृद्धि गर्ने, ८४ वर्षिय हनेरी ना.सु. नरबहादुर पुनले २५ हजार सहयोग गर्नु भएको छ। त्यस्तै ८१ वर्षिय मैसरा पुन, ८३ वर्षिय लक्ष्मी पुन र ८४ वर्षिय हनेरी ना.सु. नरबहादुर पुनलाइ सम्मान गरिएको छ। विभिन्न संघसंस्थामा कार्यरत व्यक्तिले डेढ महिनाकाे तलवबाट समाजलाइ सहयोग गर्ने त्यस्तै समिति पुन गठन समेत भएको छ, जसमा अध्यक्ष पुनराम पुन सहित २५ सदस्य रहने गरि समिति गठन भएको छ, पाण्डबखानीमा साइ पुन…
गलकाेट नगरपालिका १०पाण्डबखानीमा रहेकाे न्यु घुम्टे एजुकेसनल एकेडेमीमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। जापान समाज पाण्डबखानीका प्रतिनिधि पदम श्रीस, अस्ट्रेलियाबाट आउनु भएका रविन काउचा र पाण्डबखानी समाज कतारका सचिव प्रकाश भित्रकाेटी लाइ स्वागत तथा सम्मान गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र काउचाकाे अध्यक्षतामा भएको कार्यक्रममा स्कुलले केहि वर्षदेखि सुरुवात गरेकाे देश तथा विदेशदेखि गाउँकाे लागि रहेक क्षेत्रहरुमा सहयोग याेग्दान गर्दै आइरहेकाे व्यक्तित्व वा संघ संस्थालाइ यसरी नै स्वागत गर्दे आइरहेकाे संगै भावी याेजना बारे शिक्षक खिम काउचाले जानकारी गराउनु भएको थियाे। यसैबीच पाण्डबखानी समाज कतारका सचिव प्रकाश भित्रकाेटीले ५० हजार, अस्ट्रेलियामा कार्यरत रविन काउचाले १५ हजार र…
शिवरात्री, देशका विभिन्न स्थानमा अवस्थित शिवालयहरुमा दर्शनार्थीहरुको घुइचो लाग्ने गर्दछ। महाशिवरात्रिको अवशरमा यहाँ भगवान शिवसंग जोडिएका केहि प्रसङ्ग उल्लेख गरिनु सान्दर्भिक हुन्छ र भगवान शिव जति रहस्यमयी छन् , उनको भेश (भुषा र उनसंग जोडिएका तथ्य पनि उत्तिकै विचित्र छ । शिव श्मशानमा निवास गर्छन , गलामा नागको माला लगाउछन् , बीष भांग धतूरो खान्छन् ्र यस्ता अनेकौ रोचक तथ्य उनी संग जोडिएको छ ्रभगवान शिवलाई परिवार का देवता मानिन्छ्र तर पनि उनी श्मशानमा वास गर्छन । भगवान शिव सांसारिक भएर पनि श्मशानमा वास बस्नुको पछि जीवन ब्यबस्थापनको एक एक गूढ़ रहस्य छ। संसार मोह (मायाको प्रतीक हो जबकि श्मशान…
नेपाली काग्रेस निकट नेपाल लाेकतन्त्रवादी आदिवासी जनजाति महासंघकाे प्रथम अधिवेशन शनिबार बजारमा सम्पन्न भएको छ। खिम बहादुर पुनकाे अध्यक्षता भएको अधिवेशन कार्यक्रममा बाेल्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य किरण पाैड्यालले धर्म आस्था र महासंघ संविधानकाे रक्षक हाे भन्दै अब पार्टीले चित्रफनदेखाएर काम गर्नु पर्ने, ईमानदारीता देखाउन र क्रियासिल सदस्यहरुलाइ थप बलियाे बनाउन र बन्न आग्रह गर्नु भएको थियाे। त्यस्तै नेपाली काग्रेस जिल्ला सभापति जित सेर्चनले नेपाली काग्रेस लाेकतन्त्रवादी आदिवासी जनजाति महासंघ मेरुदण्ड रहेकाे भन्दै अब निरन्तर चलाएमान बनाउन जाेड् दिदै लाेकतान्त्रीकका लागि लखन थापा जस्ता सहित हुनु भएका ग्यात अग्याद प्रति समवेदना पर्कत गर्नु भएको थियाे। पुन: खिम पुनकाे अध्यक्षतामा १५…
गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा ग्लाेबल आइएइ बैंक लि. गलकोट शाखाद्वारा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। उक्त सामाजिक सुरक्षा भत्ता वितरणमा जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक,एकल महिला , विदुवा महिला, अति अशक्त ,पूर्ण अपांगता , दलित बालबालिका गरि २८३ जनालाइ ३० लाख ६ हजार वितरण गरिएको बैंकका प्रमुख सन्जिव बस्नेत जानकारी दिनु भयाे। त्यस्तै भाेलि पाण्डबखानीकाे रमुवामा भत्ता वितरण गरिने गलकाेट नगरपालिका १० का वडा सचिव ठाकुर तिमिल्सिनाले बताउनु भयाे।