गलकाेट नगरपालिका १० पाण्डबखानीमा किशोर किशोरी मैत्री स्वास्थ सेवा विस्तारका लागि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। गलकाेट नगरपालिका नगर कार्यपालिकाकाे कार्यालय स्वास्थ शाखा गलकाेटकाे आयाेजनामा भएको कार्यक्रम वडा अध्यक्ष तथा स्वास्थ व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर काउचाकाे अध्यक्षतामा भएको कार्यक्रममा परिभाषा किशोर किशोरी मैत्री स्वास्थ सेवा संचालन प्रक्रिया, स्वास्थ सेवा संचालन मापदण्ड र अनुसुचि माथि दुदिलाभाटी स्वास्थ्य चाैकीका प्रमुख जिवन नेपाली र नगर स्वास्थ शाखाकी अस्पताल नर्सिङ निरिक्षक रिमा बस्यालले सहजिकरण गर्नु भएको थियाे। कार्यक्रममा जनप्रतिनिधि,किशोर किशोरी,व्यवस्थापन समिति,स्वास्थ्यकर्मी, स्वास्थ स्वयंसेविका, विभिन्न विद्यालयका प्रध्यानापकहरुकाे सहभागीता रहेकाे थियाे।त्यस्तै पाण्डबखानी स्वास्थ्य चाैकीमा स्वास्थ्यकर्मीद्धारा वृह्त पाेषण तथा खाद्य सुरक्षा निर्देशन कार्यक्रम सम्पन्न…
सुरेश छन्त्याल
गलकाेट नगरपालिका १० पाण्डबखानी माद्यामिक विद्यालयमा थोरै खाऔ सही मात्रामा खाऔ, दुई बालबालिकाको चिन्ह भएको आयोडिन युक्त नुन नै खाऔ भन्ने मुल नाराका साथ पाण्डबखानी स्वास्थ चाैकीकाे आयाेजनामा आज पाण्डबखानी माविमा १ दिने सचेतनामुलक कार्यक्रम गरि फेब्रूअरी महिना आयोडिन महिना मनाइएको छ । कक्षा ८र ९ गरि ४९ जना विद्यार्थीहरुलाइ आयोडिन भनेको के हो?, आयोडिनको कमि भयो भने के के समस्याहरु देखापर्दछ ? र दुई बालबालिका चिन्ह भएको नुन नै किन खाने भन्ने विषयमा पाण्डबखानी स्वास्थ चाैकीकि सि. अहेव हिरा काउचा र सि. अनमिप्रतिमा पुनले परीक्षण दिनुभएको थियाे याे अभियान फेब्रूअरी महिना भरि हुने स्वास्थ्य चाैकिकि प्रमुख रत्ना सुनारले जानकारी…
गलकोट नगरपालिका ११ ठुलो रिघा घर भैइ हाल वैदेशिक रोजगारको शिसिलामा ऑस्ट्रेलियामा कार्यरत धर्म पोखरी युवा समाजका सक्रिय सदस्य, भुपु खेलाडी, समाजसेवी, बुद्धिजीवि सामाजिक व्याक्तित्व साथै कल्बलाई हरेक क्षेत्रदेखी सहयोग गर्दै आउनु भएका होम श्रीस र हिरा श्रीस धर्म पोखरी युवा समाज लाई सहयोग तथा उपहार स्वरूप ठुलो चउरको खेल मैदानमा दुबो अथवा घास घाट्ने ३५.८ cc काे हाते मेसिन बहिनी माया श्रीसद्धारा कल्बका काेषाध्यक्ष दुर्गबहादुर श्रीस लगाएत क्बलका मुल समितिलाइ हस्तान्तरण गर्नु भएको थियाे हस्तान्तरण ग्रहण गर्दै क्लबका काेषाध्यक्ष श्रीसले आगामी दिनहरुमा पनि यस्तै सहयोगकाे अपेक्षा राख्दै क्बलकाे तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियाे।
रिघा रत्नलक्ष्मी माद्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्वर ११ को ६४ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा हिरक स्मारिका विमोचना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले रिघामा खानेपानीको समस्या रहेको हुँदा पाण्डवखानीबाट ल्याउने खानेपानीलाई मर्मत गर्न गण्डकी प्रदेशले सक्दो सहयोग गर्ने बताउनुभएको छ । उहाँले विद्यालयबाट प्रदान गरिने शिक्षाले नै गुणस्तरीय शिक्षालेनै भविष्यका कर्णधारहरु उत्पादन हुने बताउनुभएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको फुटबल प्रतियोगितामा जनजागृति माद्यमिक विद्यालय प्रथम र रत्नलक्ष्मी माद्यमिक विद्यालय द्धितिय भएका छन् । त्यस्तै छात्रा भलिबल प्रतियोगितामा पाण्डवखानी माद्यमिक विद्यालय प्रथम र रत्नलक्ष्मी माद्यमिक विद्यालय द्धितिय भएका छन्…
पाण्डबखानीका विभिन्न विद्यालयमा श्रीपञ्चमी सरस्वती पुजा कार्यक्रम सम्पन्न भएको छ। गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेको न्यु घुम्टे एजुकेशनल एकेडेमीको आयोजनामा श्रीपञ्चमी सरस्वती पुजाको अवसरमा अक्षराम्भ तथा अभिभावक सम्मान कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिकन अध्यक्ष रुद्रबहादुर काउचाको अध्यक्षता गलकोट नगरपालिका १० का वडा अध्यक्ष भक्तबहादुर काउचाको प्रमुख आथितियता शिक्षिका तुलकमारी घर्तिको स्वागत संगै विद्यालयका कार्यक्रमको संचालन फिन्सिपल तारा काउचाले गर्नु भएको थियो । त्यस्तै पाण्डबखानी माद्यामिक विद्यालय, नव ज्योति प्रावि, र फुर्से प्रावि मा पनि श्रीपञ्चमी सरस्वती पुजाको अवसरमा विभिन्न कार्यक्रम भएको थियो ।
प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस सोमबार बागलुङ बजारमा मनाइएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समिति बागलुङले स्थापना दिवसको उपलक्ष्यमा शुभकामना आदान प्रदान र चियापान आयोजना गरिएको थियो । कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्यहरु मुकेशचन्द्र राजभण्डारी, कोपिला कँडेल, प्रेस चौतारी नेपाल जिल्ला समिति बागलुङका अध्यक्ष सृजना पन्त, नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्ती, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय रानाले मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरुले श्रमजिवी पत्रकारको हकहितमा सबै पेशागत संगठनहरु एकतावद्ध भएर लाग्नु पर्ने बताउनु भयो । कार्यक्रम प्रेस सेन्टर नेपाल जिल्ला समिति, बागलुङका उपाध्यक्ष संजन सिहंको अध्यक्षता र सचिव अनिष खातीको संचालनमा…
पाण्डबखानी गलकोट नगरपालिका वडा नम्वर १० पाण्डबखानीका एक कृषकले यो वर्ष सोचे भन्दा कम सुन्तला फलाउनुभएको छ । सुन्तला बगैँचा विस्तार, मलजल गरेर पनि मौसमका कारण एकै घरमा अहिले गत वर्षभन्दा कम सुन्तला उत्पादन भएको कृषक देवनारायण श्रीसले बताउनुभएको छ । आफ्नो घर परिवारबाट प्ररिक्षण सुरुवाट गरि ५० हजार लागतमा सुरु गरिएको अहिले प्रति केजी ६० रुपैयाँमा बेज्दा करिव ३ कुन्तल भन्दा बढी सुन्तला बिक्रि भएको छ, गत वर्ष भने ५ कुन्तल बिक्री भएको थियाे। अहिले सबै गरि करिव सय भन्दा बढी सुन्तलाकाे वाेट रहेकाे श्रीसले बताउनु भयाे। कृषिमा प्रत्येक वर्ष बजेट आउँछ तर त्यो बजेट कहाँ के मा प्रयोग…
राष्ट्रियता प्रजातन्त्र उदारवाद भन्ने नाराका साथ गलकाेट नगरपालिका ३ हटिया बजारमा राष्ट्रिय प्रजान्त्र पार्टी जिल्ला कार्य समिति बागलुङद्धारा आयाेजित पार्टी प्रवेश तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय प्रजान्त्र पार्टी गलकाेट नगर अध्यक्ष डमरबहादुर केसीकाे अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय प्रजान्त्र पार्टी क्षेत्र नम्बर १ का अध्यक्ष लक्ष्मिप्रसाद साप्काेटा, महिला संगठनकी अध्यक्ष निर्मला साप्काेटा, सहभागीकाे तर्फबाट वसान्त थापा लगाएतले आफ्नाे धारण सहित मन्तव्य राख्दै राष्ट्रिय प्रजान्त्र पार्टी क्षेत्र नम्बर १ का अध्यक्ष लक्ष्मिप्रसाद साप्काेटाले अब प्रत्येक वडा तथा पालिकामा पुगि पार्टीलाइ बलियाे र सुदृढ बनाउनका लागि अभियान सुरु गर्ने बताएका थिए । कार्यक्रमकाे अवसरमा केहि सक्रिय युवाहरुले टिका र खाता…
ऐतिहासिक तथा धार्मिक स्थल पञ्चधारा गाउँ, ऋृश्वरकाे दर्शन गरि पुण्य कमाऔं भन्ने नाराका साथ पञ्चधारा युवा क्लब गलकाेट नगरपालिका १० पाण्डबखानीकाे २७ औं वार्षिकोत्सब विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। २७ गते देखि सुरु भएको कार्यक्रम सम्पन्न भएको आयाेजकले जानकारी दिएकाेछ । कार्यक्रममा साविक खुल्ला पुरुष प्रतियोगितामा प्रथम एक्टिभ ग्रुप बाईगाउ दाेस्राे साउने सघेसंत्रान्ती हिल त्यस्तै सामुहि खुल्ला नृत्य प्रतियाेतितामा प्रथम मावि ग्रुप, दाेस्राे जैलुङ क्लब, तेस्राे सलिना पुनकाे ग्रुप भएका छन्। पुरुष भलिबल प्रतियोगिताकाे प्रथम पुरस्कार५० हजार रहेकाे छ, भने दाेस्राे पुरस्कार ३५ हजार रहेकाे थियाे। अध्यक्ष तिलक श्रीसकाे अध्यक्षता संगै कार्यक्रमकाे संचालन मुस्कान पुनले गर्नु भएको थियाे।
पाण्डबखानीपञ्चधारा युवा क्लव गलकोट नगरपालिका वडा नम्वर १० को २७ औँ वार्षिकोत्सव, विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सञ्चालन भईरहेको छ । ऐतिहासिक तथा धार्मिक स्थल पञ्चधारा जाउँ, ऋषिश्वरको दर्शन गरी पुण्य कमाऔँ भन्ने नाराका साथ पञ्चधारा युवा क्लव गलकोट नगरपालिका वडा नम्वर १० को गत पुष २६ गतेबाट २७ औँ वार्षिकोत्सव, विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सञ्चालन भईरहेको हो । कार्यक्रमको मुल समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले घुम्टेको काखमा रहेको पाण्डवखानी पाँच पाण्डवले खानी खनेको ठाउँ तथा विभिन्न जनसमुदायहरु एकता भएर बसेको स्थान भएको बताउनुभएको छ । उहाँले स्थानीय बारीहरुमा उत्पादन…