सुरेश छन्त्याल

गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा ग्लाेबल आई एमई बैंक लि. गलकोटद्वारा सामाजिक सुरक्षा भत्ता वितरण भएको छ। वार्ड नम्बर १० काे वडा कार्यालयमा वितरण गरिएको छ । उक्त वितरण कार्यक्रममा वडा अध्यक्ष भक्तबहादुर काउचा, वडा सदस्य  मनकुमारी श्रीस, करिष्मा भित्रकाेटी वडा सचिव ठाकुर तिमिल्सिना, बैंकका शाखा प्रबन्धक श्याम ढकाल, सुरक्षा कार्ड बालसिंह चाेखाल, पत्रकार सुरेश छन्त्याल, भुटपर्व शैक्षिक संघका सचिव हं गंगाबहादुर घर्ति, टाेल विकास संस्थाका उपसंयाेक खगप्रासद घर्ती लगायतको सहभागिता रहेको थियो। ज्येष्ठ नागरिक, दलित, एकल महिला, पूर्ण अशक्त, पूर्ण अपांग, दलित बालबालिका गरि जम्मा ३ सय जनालाई ३२ लाख भत्ता वितरण गरिएको छ । त्यस्तै भाेलि रमुवा…

Read More

ग्रहणका बेला गर्नु हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ । निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात् ।पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकरः ।।अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति ।बन्धने च भवेत् सर्पे वधे च नरकं व्रजेत् ।। अर्थात् ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ । सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले बताए ।…

Read More

आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा…

Read More

दसैँका लागि यस वर्ष असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दसैँका लागि सार्वजनिक सवारीसाधनमा अग्रिम बुकिङ २२ असोजबाट खोल्ने जनाएको हो । शुक्रबार मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको बताइएको छ । हरेक वर्ष दसैँ, तिहार र छव पर्वका अवसरमा काठमाडौँलाई कर्मथलो बनाएका आमनागरिक चाडपर्वमा जिल्ला जाने गर्छन् । दसैँमा घर जानका लागि सहज होस् भनेर प्रत्येक वर्ष दसैँअघि नै अग्रिम टिकट बुकिङ खुल्ने गरेको छ ।

Read More

मौलिक लोकगायक नवीन रानाले बेलायतको प्लमस्टिडमा सांगीतिक प्रस्तुति दिने भएका छन् । बेलायत भ्रमणमा आएका रानाले ‘दसैं तिहार सांगीतिक साँझ-२०२३’ मार्फत यहाँ आफ्नो प्रतिभा देखाउन लागेका हुन् । कार्यक्रम आगामी नोभेम्बर ५ तारिखमा प्लमस्टिडस्थित सेन्ट माइकल्स चर्च हलमा हुँदैछ । बागलुङ पाण्डवखानी ग्रुपको व्यवस्थापनमा हुन लागेको कार्यक्रममा सहयोगी संस्था धौलागिरि स्टोर कोल्चेस्टर र लन्डन ग्रोसरी प्लमस्टिडले साथ दिँदैछन् । को हुन् नविन ?२०६२/०६३ सालमा नेपालमा भीषण जनआन्दोलन चल्यो, त्यो वर्ष नवीन राना सांगीतिक लडाइँमा थिए, त्यो हो बागलुङमा आयोजित गलकोट तारा । संयोग नै भन्नुपर्छ गणतन्त्र स्थापना गर्ने आन्दोलन र नवीनको संघर्ष दुवै सफलताको विन्दुमा पुगे । दर्जनौं प्रतिस्पर्धीलाई…

Read More

नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा यो वर्षको पहिलो शिकार याम शुरु भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो शिकारयाम असोज–मङ्सिरका लागि आठ नाउर र चार झारलको शिकार गर्न अनुमति दिएको छ। यस्तै शिकार आरक्षले आठ बँदेलका लागि शिकार खेल्न अनुमति प्रदान गरेको छ। ढोरपाटन शिकार आरक्ष कार्यालयका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनाश थापामगरले यो वर्षको पहिलो शिकारयाम शुरु भएको बताए। उनका अनुसार अनुमति पाएका शिकारीले नाउर, झारल र बँदेल शिकार गर्न यही असोज १७ गतेदेखि मङ्सिरको पहिलो सातासम्म आरक्ष खुला गरिएको छ। ‘यो शिकारयाममा आठ नाउर, चार झारल र आठ बँदेलको शिकार खेल्न विभागले अनुमति दिइसकेको छ,…

Read More

ताराखोला गाँउपालिका वडा नं ३ मनियौलमा बोलेरो जिप दुर्घटना हुदाँ ७ जना घाइते भएका छन् । पोखराबाट ताराखोला गाँउपालिका तर्फ जाँदै गरेको ग १ ज ६५४० नम्बरको जिप आज दिउसो करिब साढे ४ बजे ताराखोलाको मनियौलमा दुर्घटना हुदाँ जिपमा सवार ८ जना मध्ये ७ जना घाइते भएका हुन् । दुर्घटनामा ताराखोला गाँउपालिका वडा न ५ का १८ वर्षिय मिलन सापकोटा, ताराखोला गाँउपालिका वडा नं ४ दलानचौरका ४१ वर्षिय कमला खत्री, वडा नं २ अर्गलका ७० वर्षिय भिम बहादुर रोका, वडा नं ५ का ३५ वर्षिय मसिना परियार, वडा नं ५ दकदकेका ३६ वर्षिय, रबि परियार, १८ वर्षिय शुशिला परियार, ६१…

Read More

गलकाे नगरपालिका १० पाण्डबखानीमा रहेकाे श्री पाण्डवखानी माध्यमिक विद्यालयको हीरक महोत्सव लक्षित भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम साविकको १ र २ रमुवामा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घर्तिकाे अध्यक्षता र संविधानसभा सदस्य तथा विद्यालयका संरक्षक निरज पुनकाे विशेष उपस्थितमा जनप्रतिनिधि,समाजसेवी, वुद्धिजिवी, शिक्षाप्रेमी, पत्रकार लगाएतकाे सहभागीता रहेकाे कार्यक्रममा बाेल्दै संविधानसभा सदस्य तथा विद्यालयका संरक्षक निरज पुनले रहेक क्षेत्रमा शिक्षा आवश्यक रहेकाे भन्दै शिक्षा विना कुनै कार्य सम्पादन गर्न गाह्रो हुने बताउदै शिक्षा क्षेत्रमा लगानी गरे आफ्नाे र छाेराछाेरिकाे भविष्य उज्यालो हुने बताउनु भयाे त्यस्तै विद्यालयले मनाउन गइरहेको हिरक जयन्तीकाे बारेमा प्रकाश पार्नु भएको थियाे। समाजसेवी छम काउचा, निवर्तमान…

Read More