पाण्डबखानी गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे घुम्टे बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष भक्तबहादुर काउचाले साधारणसभाकाे उत्तर-उत्ताेरकाे शुभकामना व्यक्त गर्दै ग्रामिण बस्तीमा सहकारी संचालन गरि गाउँमा अइचाे पइचाे गर्न सहज भएको, ईमेज सहकारीले ईमेज गुमाएको र यहा रहकाे सहकारी त्यस्तै अवस्थामा नबाउन शेयर सदस्य बचतकर्ताकाे हातमा रहेकाे भन्दै सहकारीलाइ बलियाे बनाउन आग्रह गर्नु भएको थियाे। सहकारीमा बाल बचत र सदस्य बचतकर्ता गरि २ कराेड १२ लाख ७६ हजार ६४१ बाल बचतकर्ता, ३२० शेयरसदस्य रहेकाे सहकारीले २३ लाख १८ हजार शेयर पुँजी, २ कराेड १२ लाख ७६ हजार…
सुरेश छन्त्याल
बागलुङ बागलुङकी लाेक दाेहाेरी गायिका चुनमाया श्रीस (सबिना)ले साँस्कृतिक राष्ट्रिय म्युजिक अवार्ड २०८० मार्फत (दोहोरी साझ) गायिका बिधाबाट अवार्ड जित्न सफल भएकी छिन् । २०४४ साल ०६ महिना २२ गते बाग्लुङ जिल्लाको दक्षिण भेग जैमुनी नगरपालिका वार्ड नं ८ छिस्तीको केवैखानीकी माता डिला श्रीस थापा र पिता सुर्य बाहादुर श्रीसका ५ सन्तान मध्ये जन्मिएकि साइली सुपुत्री श्रीस हुन्। झण्डै एक दशक बढि दोहोरी साझमा गायिकाको भूमिकामा संघर्ष गरेकी श्रीस ले ४ वटा एल्बममा आफ्नो स्वर शब्द भरेकी छिन्। उनको पहिलो एल्बम (हजार खुशी) लोक दोहोरी गित थियो। निश्चल दवाडी सङ्ग सहकार्य गरेकी श्रीसले भन्छिन्। मेरा एल्बम हरु गन्दा हातको औलामै…
गलकाेट गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष तथा नेकपा (माओबादी केन्द्र) नगर समिति सदस्य ,राज थापाको ममतामयी आमा, अनेमसंघ(क्रान्तिकारी) जिल्ला समिति बागलुङ की अध्यक्ष ललिता थापाकी सासुआमा र प्रेश सेन्टर गण्डकी प्रदेश समिति उपाध्यक्ष राम थापा अबिरलकी हजुर आमा पवित्रा कुमारी थापाको निधन भएको छ । थापाको आज गलकोट नगरपालिका वडा नम्वर ३, ५ र ६ को संगम स्थल दरमगौदि समसानघामा अन्त्येष्टि गरिएको छ । आजै स्वर्गीय थापाको सम्झनामा शोक सभा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य फमलाल निउरे र गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले शोक मन्तव्य राख्नुभएको थियो ।कार्यक्रममा…
रिघा गलकाेट नगरपालिका ११ रिघामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेस बागलुङ जिल्ला कार्य समितिका पुर्व काेषाध्यक्ष एवम् महाअधिवेशन प्रतिनिधि लालप्रसाद काउचा, एवम् नेपाली काँग्रेसका क्रियासिल सदस्य रामप्रसाद काउचा र ताेया काउचाकी ममतामय माता फुलकुमारी काउचाकाे मिति२०८०/पाैष/१५ गते आइतबारका दिन ८१ वर्षकाे उमेरमा भएको दुखद निधन भएको थियाे। नेपाली काँग्रेस प्रदेश (क) कार्य समिति, गलकाेट नगर कार्य समिति, जिल्ला कार्य समिति, क्षेत्रीय कार्य समिति र नेपाली काँग्रेस कार्य समिति रिघा विभिन्न संघसंस्थाले श्रद्धाञ्जली पत्र हस्तान्तरण गरेका थिए। नेपाली काँग्रेस गलकाेट नगर सभापति विरजङ्ग भण्डारी, जिल्ला सचिव गण्डकी थापा अधिकारी, क्षेत्रीय कार्य समितिका सभापति जाेकलाल बुढा, महाअधिवेसन प्रतिनिधि भरत…
गलकाेट ललितपुरको बालकुमारीमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको विरोधमा गलकोटमा आज दिउँसो सांकेतिक विरोध प्रदर्शन गरिएको छ । गलकोटका स्वतन्त्र युवाहरुले कोरीयाली भाषा परिक्षाको फाराम भर्न पाउनुपर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा दैलेखका सुजन रावत र अछामका विरेन्द्र शाहको मृत्यु भएकोमा उक्त घटनाको विरोध गरीएको डम्मर बहादुर केसीले बताउनुभयो ।पानि जहाज बनाउने कामका लागि भाषा परिक्षा दिएका र अनुतिर्ण भएकाहरुले उत्पादनमुलक कामका लागि पनि भाषा परिक्षाका लागि फाराम भर्नुपर्ने माग राख्दै आन्दोलन गरेका थिए । सो आन्दोलनमा परी दुई जनाको मृत्यु भएको थियो ।
गलकाेट नगरपालिका १० पाण्डवखानीमा रहेकाे न्यु घुम्टे एजुकेसनल एकेडेमी बाेर्डिङ स्कुलमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र काउचाकाे अध्यक्षतामा भएको सम्मान कार्यक्रममा विदेशमा हरेक पनि गाउँमा हुने रहेक विकास संगै विद्यालयमा सहयोग पुर्याउँदै आइरहेकाे भन्दै जापान समाज पाण्डवखानीका प्रतिनिधि तथा गलकाेट समाज जापानका सदस्य झमु छन्त्याललाइ विद्यालयले सम्मान गरेकाे हाे । छन्त्यालले विद्यालयलाई ५ हजार प्रदान गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धा संगै गाउँमा निजी विद्यालय सञ्चालनमा जाेखिम र चुनाैती रहेकाे बताए । कार्यक्रममा गलकाेट नगर सभा सदस्य रामप्रसाद वि.क विद्यालय व्यवस्थापन समितिका सदस्य तथा पत्रकार सुरेश छन्त्याल, अभिभावक संघका अध्यक्ष देवनारायण…
नेपाली काँग्रेसका महामन्त्री, प्रतिनिधि सभा सदस्य एवम् युवा नेता विश्व प्रकाश शर्मा मसिंर ३० गते बागलुङको बुर्तिबाङ आउनुहुने भएको छ । नेपाली काँग्रेस बागलुङ निर्वाचन क्षेत्र न. २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न शर्मा बुर्तिबाङ आउनुहुने भएको हो । मंगलबार बुर्तिबाङमा आयोजित क्षेत्रिय सम्मेलन सम्बन्धमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा क्षेत्रीय सभापति जोकलाल बुढा मगरले सम्मेलनमा पार्टीका महामन्त्री शर्मा आउने कार्यक्रम रहेको जानकारी दिनुभयो । पार्टीको राजनैतिक तथा सांगठनिक प्रतिवेदन सहित विगतमा पार्टीले गरेका गतिबिधिहरुको समिक्षा र भावि कार्यदिशा निर्माण गर्ने उद्धेश्य सहित आयोजित सम्मेलनको तैयारी समेत पुरा भएको उहाँले बताउनुभयो।सम्मेलनमा बागलुङ क्षेत्र न. २ अन्तर्गतका ६ वटा पालिकाका ४८ वडाबाट…
गलकाेट नगरपालिका वडा नम्वर १० पाण्डबखानीकाे एक गोठमा आगोलागी भएको छ । भैसीलाई कुँडो पकाउने क्रममा राति करिब साडे १० बजे स्थानीय भिमा घर्तिको गोठमा आगोलागि भएको स्थानीय शिब घर्ति र विसाल घर्तिले जानकारी दिएका छन् । आगोलागीबाट गोठमा रहेको एक माउ भैसी संगै काठ तथा टिनको छानो र दाउरा पूर्ण रुपमा नष्ट हुँदा करिब ४ लाख बराबरको क्षती भएको सुनपानी टाेल संस्थाका संयाेजक हं गंगाबहादुर घर्ति पुनले बताउनुभयो । आगो जनप्रतिनिधि, छिमेकी टाेल काफ्रेका केहि युवाहरु र स्थानीयहरुको सक्रियतामा करिब साडे १ घण्टामा पुर्णरुपमा नियन्त्रणमा लिईएको थियाे । फाइल टेप
काठमाडौं समाज पाण्डबखानीले सरस्वती पुजा पुज्ने कार्यक्रम संगै विशेषज्ञ डाक्टरहरु संग भेटघाट कार्यक्रम सम्पन्न गरेकाे छ। काठमान्डौ समाज पाण्डबखानीले काठमाडौंकाे ललितपुरमा सरस्वती पुज्ने कार्यक्रम सम्पन्न संगै पाण्डबखानीमा जन्मनु भएका सरुवा राेगका विशेषज्ञ डा. शेर बहादुर पुन, डा. लाल कुमार पुन सँग पाण्डबखानी माद्यामिक विद्यालयका संरक्षक तथा पुर्व संविधानसभा सदस्य नरबहादुर पुन निरज र काठमाडौ समाज पाण्डबखानीका अध्यक्ष शेरबहादुर पुनको भेटघाट भएको छ। भेटघाटमा श्री पाण्डबखानी माद्यामिक विद्यालयले यहि मंसिर २९ गते देखि पाैष ३ गतेसम्म मनाउन गैरहेकाे हीरक जयन्ती र स्वास्थ शिविरको बारेमा विशेष छलफल भएको थियाे।यस्तै काठमाडौ समाज पाण्डबखानीको तर्फबाट देउसी भैलो खेलेको रकम बाट रु. एक लाख सहयोग…
गलकोट । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपीडितलाई सहयोग गर्नेक्रम जारी रहेको छ । यसक्रममा बागलुङका दश स्थानीय तहले एकमुष्ट रु ३० लाख राहत रकम प्रदान गर्ने भएका छन् । चार नगरपालिकाले रु तीन लाख ७५ हजार र छ गाउँपालिकाले रु दुई लाख ५० हजार सहयोग गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । फाइल तस्बिर प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बागलुङ जिल्लाका स्थानीय तहले प्रदान गर्ने नगद, उद्योग वाणिज्य सङ्घ बागलुङ, जिल्ला रेडक्रस सोसाइटी बागलुङ, रोटरी क्लब अफ बागलुङ र अन्य सङ्घ संस्थाले प्रदान गर्ने जिन्सी सामग्रीसहित आवश्यक औषधिसमेत लिएर जाजारकोटतर्फ जाने योजना रहेको…