सुरेश छन्त्याल

गलकाे नगरपालिका १० पाण्डबखानीमा रहेकाे श्री पाण्डवखानी माध्यमिक विद्यालयको हीरक महोत्सव लक्षित भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम साविकको १ र २ रमुवामा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घर्तिकाे अध्यक्षता र संविधानसभा सदस्य तथा विद्यालयका संरक्षक निरज पुनकाे विशेष उपस्थितमा जनप्रतिनिधि,समाजसेवी, वुद्धिजिवी, शिक्षाप्रेमी, पत्रकार लगाएतकाे सहभागीता रहेकाे कार्यक्रममा बाेल्दै संविधानसभा सदस्य तथा विद्यालयका संरक्षक निरज पुनले रहेक क्षेत्रमा शिक्षा आवश्यक रहेकाे भन्दै शिक्षा विना कुनै कार्य सम्पादन गर्न गाह्रो हुने बताउदै शिक्षा क्षेत्रमा लगानी गरे आफ्नाे र छाेराछाेरिकाे भविष्य उज्यालो हुने बताउनु भयाे त्यस्तै विद्यालयले मनाउन गइरहेको हिरक जयन्तीकाे बारेमा प्रकाश पार्नु भएको थियाे। समाजसेवी छम काउचा, निवर्तमान…

Read More