जनमभूमि बागलुङको समृद्धिको लागि हातेमालोभन्ने नारासहित बागलुङ जिल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ। प्रतियोगिता आगामी असोज २९ गतेदेखि कार्तिक १ गतेसम्म बागलुङ बजारमा हुने भएको हो प्रतियोगितामा उत्कृष्ट टोली तथा खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रथम स्थान रु. २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय स्थान रु. १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय स्थान रु. ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र त्यसैगरी, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भिसर, उत्कृष्ट मिडल ब्लकर, उत्कृष्ट डिफेन्स र उदयमान खेलाडीलाई समेत नगदसहित सम्मान गरिनेछ। अन्तर्राष्ट्रिय बागलुङ समाजको आयोजनामा हुन लागेको प्रतियोगिताको व्यवस्थापन जिल्ला भलिबल…
सुरेश छन्त्याल
गलकोट नगरपालिका–१० पाण्डबखानीस्थित रमुवामा रहेको नेपाल टेलिकमको टावर मर्मत कार्य सम्पन्न गरी नयाँ ब्याकअप ब्याट्री जडान गरिएको छ। स्थानीय विद्युत आपूर्ति कमजोर रहेकाले पटक–पटक पावर कम भई सेवा प्रभावित हुँदै आएको थियो। उक्त समस्या समाधानका लागि हाल ३०० ah क्षमताको ब्याट्री जडान गरिएको नेपाल टेलिकम बागलुङका प्राविधिक टोली प्रमुख देवकुमार कलवारले जानकारी दिनुभयो। ब्याट्री जडानसँगै टावरमा विद्युत अवरोध भए पनि सेवा अब सहज हुने टेलिकमले जनाएको छ।
बागलुङ जिल्ला बडिगाड गाउँपालिका–८ मा जन्मिएकी रेखा थापा मगर पछिल्लो समय नेपाली लोकदोहोरी क्षेत्रमा उदाउँदो स्वरका रूपमा परिचित हुँदै गएकी छिन्। पिता लोकबहादुर घर्ति र आमा गंगा घर्तिको कोखबाट जन्मिएकी उनी सानैदेखि गीत–संगीतमा आकर्षित थिइन्। २०५९ सालदेखि औपचारिक रुपमा गीत गाउन थालेकी रेखा पछिल्ला वर्षहरूमा विशेषगरी स्टेज प्रस्तुति र लाइभ दोहोरी कार्यक्रममा सक्रिय हुँदै आएकी छन्। उनका प्रस्तुति शैली र स्वरको सरलताले श्रोतामाझ छुट्टै पहिचान बनाउन थालेको देखिन्छ। सांगीतिक यात्राको निरन्तरता रेखा थापाले सुरुवाती दिनमै ठूलो अवसर नपाए पनि निरन्तरता र लगनशीलताले उनलाई आजको स्थानमा पुर्याएको हो। गाउँघरमै हुर्किएकी उनी अहिले देशका विभिन्न ठाउँमा आयोजना हुने सांगीतिक कार्यक्रममा बोलाइने कलाकार…
“छ नी मनमा पिर” शीर्षकको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ। यो गीतलाई गायिका रेखा थापा मगर र शान्ति परिवार ले स्वर दिएका छन्। गीतको लय र शब्द दुवै रेखा थापा मगरले लेखेकी हुन्। गीतमा सहायक स्वरमा राजिव गाउले, हस्त बोगटी, तुलसी बिक र कल्पना मल्ल को योगदान रहेको छ। अडियो रेकर्डिस्ट प्रकाश लामा र भिडियोको छायांकन शिव पराजुली, नवीन न्यौपानेले गरेका थिए, भने गीतको छायांकन र सम्पादन कार्य मञ्जरी लाइभ स्टुडियो (सामाखुसी, काठमाडौं) मा गरिएको थियो। पुरा भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्: https://youtube.com/watch?v=NTE1iSLEcvw&si=zKBPDkQKfhH5VMeg
काठमाडौंमा सम्पन्न नेपाल पर्यटक यातायात व्यवसायी संघ (NTVA) को २२औं साधारण सभाले नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित गरेको छ। साधारण सभाबाट अध्यक्षमा भिम बहादुर गोले तामाङ निर्विरोध विजयी हुनुभएको छ। गोलेको प्यानलबाट वरिष्ठ उपाध्यक्ष विनोद तामाङ, उपाध्यक्ष रामकुमार बस्नेत, महासचिव भरत तिमिल्सिना, सचिव टेक पुन मगर, कोषाध्यक्ष तेजमान लामा, निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी, सदस्यतर्फ बाजीराम घिमिरे, हरि हुमागाई, विष्णु कार्कीलगायत सम्पूर्ण उम्मेदवार पनि सर्वसम्मत निर्वाचित भएका छन्। अध्यक्ष गोलेले पदबहालीपछि पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले यसलाई व्यवस्थित, सुरक्षित र प्रतिस्पर्धात्मक बनाउन संघले ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
बागलुङका शस् बहादुर थापा मगरको मलेसियामा निधन भएको छ। मलेसियाको क्वालालम्पुर नजिकैको काजाङ क्षेत्रमा उनी मृत भेटिएका हुन्। मृत्यु भएको तीन दिन बितिसक्दा पनि शव वेवारिसे अवस्थामा रहेको मलेसियामा कार्यरत याम बहादुर र तारा काउचाले जानकारी दिएका छन्। घटनाको विस्तृत कारण खुल्न बाँकी छ भने स्थानीय प्रहरी र सम्बन्धित निकायले आवश्यक प्रक्रिया अगाडि बढाइरहेका छन्। वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका नेपालीहरूबीच शोक छाएको छ। याम बहादुर र तारा काउचाले मृतकको परिवारसँग सम्पर्क गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्न तथा शव स्वदेश पठाउन दूतावास र समुदायको सहयोग आवश्यक रहेको बताएका छन्।
गलकोट नगरपालिका १० पाण्डबखानी स्थित पाण्डबखानीमा माद्यमिक विद्यालयमा हालै कक्षा १२ उत्तीर्ण विद्यार्थीहरू तथा अभिभावकहरूबीच खुशी साटासाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी भई आफ्नो सफलताका अनुभूति साझा गर्न आएका विद्यार्थी र अभिभावकहरूलाई विद्यालय प्रशासनले हार्दिक धन्यवाद ज्ञापन गर्दै अनुशासन, लगनशीलता तथा निरन्तर सफलताको शुभकामना व्यक्त गरेको विद्यालयका प्रध्यानापक नविन सुनारले जानकारी दिनु भयो । विद्यालय प्रशासनका अनुसार, विद्यार्थीहरूको मेहनत र अभिभावकहरूको साथले नै शिक्षामा सकारात्मक उपलब्धि सम्भव भएको हो। त्यस्तै, शुक्रबार सरसफाई कार्यक्रम अन्तर्गत पाण्डबखानी स्वास्थ्य चौकी वरिपरिका क्षेत्रको सरसफाई गरिएको छ। कार्यक्रमले स्वच्छ वातावरणको महत्वमा जनचेतना जगाउने उद्देश्य लिएको थियो। विद्यालय, स्थानीय बासिन्दा र स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको…
गलकोट नगरपालिका–१० पाण्डबखानीमा एभरेष्ट बैंक लिमिटेडको सहकार्यमा घुम्टे मनि ट्रान्सफरद्वारा जनकल्याणकारी भूपू सैनिक संघका पेन्सन प्राप्तकर्ताहरूलाई पेन्सन वितरण गरिएको छ। वर्षायामको विषम परिस्थितिमा पाण्डबखानीमै पेन्सन वितरण गरिएको हुँदा समय र यातायात खर्च बचत भएको र घरदैलोमै सेवा प्राप्त गर्दा वृद्ध पेन्सनरहरू निकै खुसी भएका थिए। पेन्सन वितरण कार्यक्रमबारे जानकारी दिँदै घुम्टे मनि ट्रान्सफरकी सञ्चालिका मिना श्रेष्ठले यस्तो सेवाबाट वृद्धवृद्धाहरूको आशीर्वाद पाइएकामा आफूहरू पनि सन्तुष्ट रहेको बताइन्। साथै, यस कार्यको पहल गर्नुभएकी गंगा घर्ति पुनप्रति धन्यवाद समेत व्यक्त गरिन्। जनकल्याणकारी भूपू सैनिक संघका कोषाध्यक्ष हं. गंगा घर्ति पुनका अनुसार पाण्डबखानीको सिद्धथान र गहिराभाटीमा गरी ६५ जना पेन्सनरहरूलाई पेन्सन वितरण गरिएको हो।
मिलन विश्वकर्माको स्वरमा नयाँ गीत ‘कसो गरि हो’ सार्वजनिक भएको छ। यस गीतमा मिलन विश्वकर्मासँगै रञ्जिता विश्वकर्माको स्वर रहेको छ। गीतको शब्द र संगीत असिम चन्द्र विश्वकर्माको रहेको छ भने संगीत उत्पादन आकाश आकुले गरेका छन्। रेकर्डिङ राज खड्काले गरेका हुन्। गीतमा संगीतकार हेमन्त कान्छा रसाइलीले सारंगी वादन गरेका छन्। गीतको अडियो तथा भिडियो निर्माण रातो चन्द्र पोस्ट प्रोडक्सनले गरेको हो। भिडियोमा कलाकारका रूपमा मिलन विश्वकर्मा र रञ्जिता विश्वकर्मा देखिएका छन्। पुरा भिडियो हेर्नका लागि यहा क्लिक गर्नुस्
गलकोट नगरपालिका–१० सुनपानीस्थित प्रगतिशील आमा समूहलाई कृषि ज्ञान केन्द्र बागलुङले मकै बाली क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत २०८१/८२ सालको अनुदान उपलब्ध गराएको छ। आमा समूहकी अध्यक्ष ज्ञानु छन्त्यालका अनुसार सामाग्री ल्याउन तथा मर्मत गर्न करिब ३० हजार रुपैयाँ खर्च भएको छ। विगतमा भारि बोकेर लामो दुरी पैदल यात्रा गर्दै लाइनमा बस्नुपर्ने बाध्यता रहे पनि अहिले घरदैलोमै कुटाइ–पिसाइ गर्न सहज भएको छ। स्थानीयवासीले प्रविधिसँग जोडिन पाएको र श्रम बचतसँगै उत्पादनमा समेत वृद्धि हुने विश्वास व्यक्त गरेका छन्।