सुरेश छन्त्याल

गलकाेट नगरपालिका १० पाण्डबखानीमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ।गलकाेट नगरपालिका १० काे वडा कार्यालय, घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च, घुम्टे खबर डटकम, सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्था लि. र नेपाली काग्रे गाउँ कार्य समितिले संयुक्तरुपमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेकाे छ ।सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्था लि.का संस्थापक अध्यक्ष तथा वर्तमान अध्यक्ष, नेपाली काग्रेस क्षेत्रीय प्रधिनिति, तथा घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चका पुर्व सचिव ज्ञानबहादुर श्रीसका बुवा थमबहादुर श्रीसकाे ७१ वर्षकाे उमेरमा यहि असार १६ गते असामायिक निधन भएको थियाे।उहाँको निधनप्रति गहिराे समवेदना प्रर्कट गर्दै वडा अध्यक्ष भक्त बहादुर काउचाले उहाँको याेग्दान सम्झिदै समग्र सिंगाे…

Read More

कार्यक्रममा बोल्दै गलकोट नगर कार्यपालिका सदस्य रामप्रसाद बिक ले विद्यार्थी जीवनमा मिहिनेत, लगनशिलता र धैर्यताको अत्यन्तै आवश्यकता रहेको बताउदै शिक्षकहरुले विद्यार्थीलाई गर्ने व्यवहार बदल्नु पर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा २०८१ सालको प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन गरि प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरी अभिभावकसँग अन्तरक्रिया गरिएको थियो । कार्यक्रम न्यु घुम्टे एजुकेसनल एकेडेमी व्यवस्थापन समितिका अध्यक्ष रुद्र काउचाको अध्यक्षता र शिक्षक तारा काउचाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Read More

गल्कोट नगरपालिका -११ रिघा (साउने खोलामा)असार १४ गते राती आएको अबिरल वर्षाका कारण मानवीय क्षति नभएता पनी भौतिक सम्पति र पूर्वाधार सम्पतिहरुमा ठूलो क्षति पुराएको छ। मल्म – ठुलो रिघा हुदै साउने खोलाको मोटर बाटो पूर्ण रूपमा अवरुद्ध भएका छन् । त्यस्तै तल्लो साउवने खोला लघु जल विधुत प्रणाली (50K.W – स्था.२०६६/ ११/२८) को पावर हाउस माथी देखी खसेको पहिरोले पावर हाउस को भवन नै पुरिदिएको छ । ८१ घरहरू अंन्धकार मा रहेकाे स्थानीय साेम श्रीसले जानकारी गराउनु भयाे । त्यस्तै ग.न.पा रिघा-११ मा पर्ने (साउने खोला) कोर्गा छेपारे, सर्केढुङ्गा, फेडी फाट,माझ बगर देखी लिएर रोङ्गा खोलामा रहेकाे खेती योग्य जमिन…

Read More

गलकोट नगरपालिका वडा नम्वर १ मा बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा पश्चातको पहिलो वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर १ का निवर्तमान वडा अध्यक्ष नेत्र बहादुर बुढाथोकीले बालमैत्री स्थानिय शासन सबैमा लागु गर्नको लागि बस्तिबस्तिबाट सुरु गर्नुपर्ने र उत्कृष्ट बन्नुपर्ने बताउनुभएको छ । कार्यक्रममा वडा अध्यक्ष लाल बहादुर रानाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।भने सामुहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिएको थियो । उक्त कार्यक्रममा विद्यार्थिहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका सदस्य धना खत्री, नेकपा माओवादीका खडक बहादुर भण्डारी, राष्ट्रिय…

Read More

अविरल वर्षा संगै चट्याङको गर्जनले रातको समयमा गलकोट नगरपालिका – १० पाण्डबखानीका सरोज आलेको घरमा ठूलो क्षेति पुर्याएको छ। भने मानविय क्षेती नभएको वडा अध्यक्ष भक्तबहादुर काउचाले जानकारी गराउनु भयाे ।त्यस्तै निरन्तर वर्षकाकै कारण मल्म पाण्डबखानी रमुवा रणसिहकिटेनी जाेड्ने माेटरबाटाे पहिराेका कारण अवरुद्ध बनेकाे छ । माथिबाट पहिराे खुस्दा पाण्डबखानीकाे रमुवा रणसिहकिटेनीकाे खाेलाखर्क जाेड्ने माेटर बाटाे संगै लेङ्गेरे र ज्याथर जाने माेटरबाटाे अवरुद्ध बनेकाे छ। पहिराे करिव २४ मिटर तल खसेकाे छ ।त्यस्तै अविरल वर्षा संगै चट्याङकाे कारण घाेप्टेखाेला जलविद्युत आयाेजना अवरुद्ध हुदा पाण्डबखानीमा रहेकाे नमस्ते टावर अवरुद्ध भएको छ। टावर अवरुद्ध हुदा करिव ५/६ सय घरदुरी नेर्टकबाट बन्चित भएका…

Read More

पाण्डवखानी गाउँ कला, संस्कृति र प्रकृतिक स्रोतमा धनी छ । यहाँको चिनारीको रुपमा रहेको घाटु नाच प्रदेशकै गौरवको कुरा हो । घाटु नाच हेर्ने जो कोही पनि यसको तारिफ नगरी छोड्दैन । यहाँ घाटु वैशाखे पूर्णिमा नाचिन्छ । मातातीर्थ औंसीको दिनदेखि घाटु नाच सुरु गरिन्छ भने वैशाखे पूर्णिमामा नाचेर, जेठको २१ गते सेलाइन्छ ।पाण्डवखानीमा घाटु नाच १८५० ९अनुमानित० सालदेखि सुरु गरिएको घाटु नाचका युवा संयाेजक गिरी घर्तीले बताए । सति प्रथामा आधारित श्रीमानकाे मृत्युुपछि श्रीमतीकाे मृत्यु भए पछि त्यसलाई सति भनिन्छ र त्यहि सति घाटु नाच पाण्डबखानीमा देखाइन्छ ।अन्यत्रबाट खानीमा काम गर्न आएका कामदारले घाटु नाचको प्रचलन सुरु गरेको बुढापाकाले सुनाएको उनी बताउँछन् ।…

Read More

२९ औं स्थापना दिवस तथा सामुदायिक बनमा सराेकारवालाहरुकाे उपयाेग र भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।गलकाेट नगरपालिका ३ हटियामा बनकाे दिगाे व्यवस्थापन र सामुदायिक अधिकार: समावेशी, सुशासन र हरिन,अर्थतन्त्र समृद्धिकाे अधिकार भन्ने नाराका साथ २९ औं स्थापना दिवस तथा सामुदायिक बनमा सराेकारवालाहरुकाे उपयाेग र भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बाेल्दै प्रमुख अथिति समेत रहनु भएका गलकाेट नगरपालिकाका उप- प्रमुख फमलाल निउरेले बन बाताबरण प्राकृतिक श्राेत साधन संरक्षणमा याेग्दान पुर्‍याउने समुदायकाे याेग्दानकाे सम्मान हुनुपर्ने बताउनु भयाे।कार्यक्रममा ९४ सामुदायिक बन उपभोक्ता समितिका प्रधिनितिहरुकाे सहभागीता रहेकाे थियाे।वन वातावरण बिपद व्यवस्थापन संयाेजक फम खत्रीकाे अध्यक्षता, गलकाेट नगरपालिकाका उप-प्रमुख फमलाल निउरेकाे…

Read More

गलकोट नगरपालिका वडा नम्वर १० मा सञ्चालन भएको बालबालिकाहरुलाई आई.पि.भी खोप लगाउने अभियान आज सम्पन्न भएको छ । ३दिनसम्म चलेकाे अभियान अन्तर्गत रमुवा आधारभुत विद्यालय, पाण्डवखानी आधारभुत विद्यालय, पाण्डवखानी माध्यामिक विद्यालय र स्वास्थ्य चाैकीमा गरि ९४ जना बालबालिकाहरुलाइ खोप लगाएकाे पाण्डवखानी स्वास्थ चौकीकी अहेव हिरा काउचाले जानकारी दिनुभयो ।

Read More

गलकोट नगरपालिका वडा नम्वर १० मा सञ्चालन भएको बालबालिकाहरुलाई आई.पि.भी खोप लगाउने अभियान आज पनि सञ्चालन भएको छ । आज रमुवा आधारभुत विद्यालय, पाण्डवखानी आधारभुत विद्यालय, पाण्डवखानी माध्यामिक विद्यालयमा खोप सेवा सञ्चालन गरिएको पाण्डवखानी स्वास्थ चौकीका प्रमुख रत्ना सुनारले जानकारी दिनुभयो । त्यस्तै भोलि पनि खोप सेवा स्वास्थ चौकीमा संचालन हुने र खोप लगाउन छुटेकाहरु स्वास्थ चौकीमै आइ खोप लगाउनुपर्ने सुनारले बताउनुभयो ।

Read More

गलकाेट नगरपालिका १० पाण्डबखानीमा पनि गणतन्त्र दिवस मनाएकाे छ। देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन आज दिवसका रूपमा मनाएकाे गलकाेट नगरपालिका १० का वडा अध्यक्ष भक्तबहादुर काउचाले बताउनु भयाे। सरकारले यसअघि तीन दिन जेठ १४, १५ र १६ गतेसम्म दीपावली सहितका कार्यक्रम गरी दिवस मनाएकाे थियाे।जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो । २०६५ सालमा गणतन्त्र र २०७२ सालमा संविधान घोषणा भएपछि देशमा सङ्घीयता कार्यान्वयन भएको छ । तीन तहको सरकारले काम गरिरहेका छन् । तर गणतन्त्रको डेढ दशक बित्दा पनि नागरिकमा निराशा कायमै छ…

Read More