गलकोट नगरपालिका वडा नम्वर १ मा बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा पश्चातको पहिलो वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर १ का निवर्तमान वडा अध्यक्ष नेत्र बहादुर बुढाथोकीले बालमैत्री स्थानिय शासन सबैमा लागु गर्नको लागि बस्तिबस्तिबाट सुरु गर्नुपर्ने र उत्कृष्ट बन्नुपर्ने बताउनुभएको छ । कार्यक्रममा वडा अध्यक्ष लाल बहादुर रानाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।भने सामुहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिएको थियो । उक्त कार्यक्रममा विद्यार्थिहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका सदस्य धना खत्री, नेकपा माओवादीका खडक बहादुर भण्डारी, राष्ट्रिय…
सुरेश छन्त्याल
अविरल वर्षा संगै चट्याङको गर्जनले रातको समयमा गलकोट नगरपालिका – १० पाण्डबखानीका सरोज आलेको घरमा ठूलो क्षेति पुर्याएको छ। भने मानविय क्षेती नभएको वडा अध्यक्ष भक्तबहादुर काउचाले जानकारी गराउनु भयाे ।त्यस्तै निरन्तर वर्षकाकै कारण मल्म पाण्डबखानी रमुवा रणसिहकिटेनी जाेड्ने माेटरबाटाे पहिराेका कारण अवरुद्ध बनेकाे छ । माथिबाट पहिराे खुस्दा पाण्डबखानीकाे रमुवा रणसिहकिटेनीकाे खाेलाखर्क जाेड्ने माेटर बाटाे संगै लेङ्गेरे र ज्याथर जाने माेटरबाटाे अवरुद्ध बनेकाे छ। पहिराे करिव २४ मिटर तल खसेकाे छ ।त्यस्तै अविरल वर्षा संगै चट्याङकाे कारण घाेप्टेखाेला जलविद्युत आयाेजना अवरुद्ध हुदा पाण्डबखानीमा रहेकाे नमस्ते टावर अवरुद्ध भएको छ। टावर अवरुद्ध हुदा करिव ५/६ सय घरदुरी नेर्टकबाट बन्चित भएका…
पाण्डवखानी गाउँ कला, संस्कृति र प्रकृतिक स्रोतमा धनी छ । यहाँको चिनारीको रुपमा रहेको घाटु नाच प्रदेशकै गौरवको कुरा हो । घाटु नाच हेर्ने जो कोही पनि यसको तारिफ नगरी छोड्दैन । यहाँ घाटु वैशाखे पूर्णिमा नाचिन्छ । मातातीर्थ औंसीको दिनदेखि घाटु नाच सुरु गरिन्छ भने वैशाखे पूर्णिमामा नाचेर, जेठको २१ गते सेलाइन्छ ।पाण्डवखानीमा घाटु नाच १८५० ९अनुमानित० सालदेखि सुरु गरिएको घाटु नाचका युवा संयाेजक गिरी घर्तीले बताए । सति प्रथामा आधारित श्रीमानकाे मृत्युुपछि श्रीमतीकाे मृत्यु भए पछि त्यसलाई सति भनिन्छ र त्यहि सति घाटु नाच पाण्डबखानीमा देखाइन्छ ।अन्यत्रबाट खानीमा काम गर्न आएका कामदारले घाटु नाचको प्रचलन सुरु गरेको बुढापाकाले सुनाएको उनी बताउँछन् ।…
२९ औं स्थापना दिवस तथा सामुदायिक बनमा सराेकारवालाहरुकाे उपयाेग र भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।गलकाेट नगरपालिका ३ हटियामा बनकाे दिगाे व्यवस्थापन र सामुदायिक अधिकार: समावेशी, सुशासन र हरिन,अर्थतन्त्र समृद्धिकाे अधिकार भन्ने नाराका साथ २९ औं स्थापना दिवस तथा सामुदायिक बनमा सराेकारवालाहरुकाे उपयाेग र भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बाेल्दै प्रमुख अथिति समेत रहनु भएका गलकाेट नगरपालिकाका उप- प्रमुख फमलाल निउरेले बन बाताबरण प्राकृतिक श्राेत साधन संरक्षणमा याेग्दान पुर्याउने समुदायकाे याेग्दानकाे सम्मान हुनुपर्ने बताउनु भयाे।कार्यक्रममा ९४ सामुदायिक बन उपभोक्ता समितिका प्रधिनितिहरुकाे सहभागीता रहेकाे थियाे।वन वातावरण बिपद व्यवस्थापन संयाेजक फम खत्रीकाे अध्यक्षता, गलकाेट नगरपालिकाका उप-प्रमुख फमलाल निउरेकाे…
गलकोट नगरपालिका वडा नम्वर १० मा सञ्चालन भएको बालबालिकाहरुलाई आई.पि.भी खोप लगाउने अभियान आज सम्पन्न भएको छ । ३दिनसम्म चलेकाे अभियान अन्तर्गत रमुवा आधारभुत विद्यालय, पाण्डवखानी आधारभुत विद्यालय, पाण्डवखानी माध्यामिक विद्यालय र स्वास्थ्य चाैकीमा गरि ९४ जना बालबालिकाहरुलाइ खोप लगाएकाे पाण्डवखानी स्वास्थ चौकीकी अहेव हिरा काउचाले जानकारी दिनुभयो ।
गलकोट नगरपालिका वडा नम्वर १० मा सञ्चालन भएको बालबालिकाहरुलाई आई.पि.भी खोप लगाउने अभियान आज पनि सञ्चालन भएको छ । आज रमुवा आधारभुत विद्यालय, पाण्डवखानी आधारभुत विद्यालय, पाण्डवखानी माध्यामिक विद्यालयमा खोप सेवा सञ्चालन गरिएको पाण्डवखानी स्वास्थ चौकीका प्रमुख रत्ना सुनारले जानकारी दिनुभयो । त्यस्तै भोलि पनि खोप सेवा स्वास्थ चौकीमा संचालन हुने र खोप लगाउन छुटेकाहरु स्वास्थ चौकीमै आइ खोप लगाउनुपर्ने सुनारले बताउनुभयो ।
गलकाेट नगरपालिका १० पाण्डबखानीमा पनि गणतन्त्र दिवस मनाएकाे छ। देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन आज दिवसका रूपमा मनाएकाे गलकाेट नगरपालिका १० का वडा अध्यक्ष भक्तबहादुर काउचाले बताउनु भयाे। सरकारले यसअघि तीन दिन जेठ १४, १५ र १६ गतेसम्म दीपावली सहितका कार्यक्रम गरी दिवस मनाएकाे थियाे।जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो । २०६५ सालमा गणतन्त्र र २०७२ सालमा संविधान घोषणा भएपछि देशमा सङ्घीयता कार्यान्वयन भएको छ । तीन तहको सरकारले काम गरिरहेका छन् । तर गणतन्त्रको डेढ दशक बित्दा पनि नागरिकमा निराशा कायमै छ…
घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीको ३८ औं वार्षिकोत्सव तथा वैशाख पूर्णिमा मेला सम्पन्न भएको छ । गत जेठ ७ गतेबाट सुरु भएको प्रतियोगिता आज विविध खेलकुद कार्यक्रमको विच सम्पन्न भएको हो । आज सम्पन्न भएको पुरुष भलिबल प्रतियोगितामा आयोजक रातो प्रथम, संगम युवा क्लव द्धितीय भएका छन् । त्यस्तै महिला भलिबल प्रतियोगितामा बडिगाड गाउँपालिका ८ रणसिंह किटेनी प्रथम र जैमिानी नगरपालिका द्धितीय, प्रौढ पुरुष भलिबल प्रतियोगितामा म्गाग्दी प्रथम र आयोजक द्धितीय भएको क्लवका खेल संयोजक मोहन शेरचनले जानकारी दिनुभयो । त्यस्तै आज सम्पन्न भएको ब्याड्मिन्टन प्रतियोगितामा शान्तिपुर प्रथम र हटिया द्धितीय, नृत्य प्रतियोगितामा द…
गलकोट नगरपालिका १० पाण्डबखानीमा ५ दिने धुप तथा अगरबत्ती बनाउने तालिम सम्पन्न भएको छ । गलकोट नगरपालिकाको आर्थिक सहयोग तथा महिला जागरण केन्द्र पाण्डवखानीको आयोजनामा गत शनिवारदेखी सञ्चालित ५ दिने धुप तथा अगरबत्ती बनाउने तालिम आज सम्पन्न भएको हो । कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष भक्त बहादुर काउचाले तालिममा सिकेको कुराहरुलाई व्यवहारमा उतारी उत्कृष्ट व्यवसायी बन्नको लागि आग्रह गर्नुभएको थियो । गलकोट नगरपालिका वडा नम्वर १० भित्रका ५५ जना महिलाहरुको सहभागिता रहेको तालिमको सहजिकरण गलकोटका उद्यमी अमिषा थापा घर्तीले गर्नुभएको थियो । प्रशिक्षक थापा बजार गएको समयमा विभिन्न मठ मन्दिरहरुमा जाने क्रममा प्रयोग हुने मैनबत्ती भारत,…
बार्षिकोत्सब तथा मह मेलाको अवसरमा स्व.मन बहादुर पुन स्मृती वडा स्तरिय पुरुष भलिबल, वडा स्तरिय महिला भलिबल, ३३ वर्ष माथिका वडा स्तरिय प्रौढ भलिबल प्रतियोगिता, प्रति टिम ५ जनाको लठो तान प्रतियोगिता संचालन गरिने खेल संयोजक भविन घर्ती मगरले जानकारी दिनु भएको छ । प्रतियोगितात्मक कार्यक्रमहरु मध्ये स्व.मन बहादुर पुन स्मृती भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद रु ८० हजार, मेडल र प्रमाण, द्धितीय हुनेले ५० हजार, मेडल र प्रमाण पत्र र सेमि फाइनलमा पराजित हुने टिमले १० हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यसै गरी वडा स्तरिय महिला भलिबल प्रतियोगितामा प्रथम स्थान हासील गर्ने टिमले नगद रु.…