पाण्डवखानी ।
दसैंको अवसरमा कालिका स्पोर्ट युथ क्लबको आयोजनामा सुनपानीमा भलिबल प्रतियोगिता हुने भएको छ । कात्तिक १ गतेदेखि क्लबको २२ औं वार्षिकउत्सव तथा भलिबल प्रतियोगिता सुरु हुने भएको हो ।
कार्यक्रममा पुरुष भलिबल, महिला भलिबल, ब्याडमिन्टन, पुरुष रस्साकस्सी, घैंटोफोड र नृत्य प्रतियोगिता समावेश गरिएको क्लबका अध्यक्ष दलबहादुर घर्तीले जानकारी दिए । उनका अनुसार पुरुष भलिबलको प्रथम पुरस्कार ३५ हजार ५ सय ५५, द्धितिय पुरस्कार २० हजार २ सय २५ मेडल र प्रमाणपत्र रहेको छ । महिला भलिबलमा पहिलो हुनेले २० हजार, दोस्रो हुनेले १२ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
ब्याडमिन्टन प्रतियोगिताको प्रथम पुरस्कार ४ हजार, द्धितिय पुरस्कार २ हजार पाँच सय, टफि र प्रमाणपत्र राखिएको छ । त्यस्तै पुरुष रस्साकस्सा विजेताले ५ हजार, उपविजेताले ३ हजार र प्रमाणपत्र पाउनेछन् । घैंटोफोड प्रतियोगितामा जित्नेले जिन्सी प्राप्त गर्नेछन् । नृत्य प्रतियोगिताको प्रथम पुरस्कार ८ हजार, द्धितिय पुरस्कार ५ हजार र प्रमाणपत्र रहेको छ ।
कार्यक्रममा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति पनि प्रदान गरिने घर्तीले बताए । सामाजिक कार्य गर्दै आएको क्लबले भलिबललाई उत्थान गर्ने साथै प्रतिभा प्रस्फुटनको मौका दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष घर्तीको भनाइ छ ।