गलकोट नगरपालिका वडा नं. १० (पाण्डवखानी) लाई एक भव्य समारोहका बीच ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना वडा’ घोषणा गरिएको छ। ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता: पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ गलकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय र पाण्डवखानी स्वास्थ्य चौकीको संयुक्त आयोजनामा उक्त घोषणा कार्यक्रम सम्पन्न भएको हो। स्वास्थ्य चौकीले चैत महिनामा गरेको घरधुरी सर्वेक्षण अनुसार वडाभित्र रहेका १६ महिनादेखि ५९ महिना उमेर समूहका कुल १०४ जना बालबालिका मध्ये सबै जनाले पूर्ण खोप पाएको सुनिश्चित गरिएको छ। १५ महिनाभित्रका सम्पूर्ण बालबालिकाहरूलाई पूर्ण खोप प्रदान गरी नगर खोप समन्वय समितिको निर्णय बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरेर यो वडालाई पूर्ण खोप सुनिश्चित वडा प्रमाणीकरण गरिएको हो। घोषणा समारोहमा…
घुम्टे खबर
हाम्रो गाउँ बनाउने हामी आफैं हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै गलकोट नगरपालिका वडा नम्बर १०, पाण्डबखानीलाई फलफूल खेतीमा आत्मनिर्भर बनाउने अभियान सुरु भएको छ। यसै अभियानको पहिलो चरण स्वरूप स्थानीय समाजसेवी तथा प्रर्यटन व्यावसायिक टेक बहादुर पुनको व्यक्तिगत प्रयासमा पाण्डबखानीका कृषकहरूलाई १,०००(एक हजार) थान सुन्तलाका बिरुवाहरू निःशुल्क वितरण गरिएको छ। गाउँमै व्यावसायिक कृषि क्रान्ति ल्याउने र स्थानीय स्तरमै रोजगारी सिर्जना गरी गाउँलाई आत्मनिर्भरता तर्फ डोर्याउने उद्देश्यले उक्त बिरुवाहरू वितरण गरिएको हो। सुन्तला पछि पाण्डबखानीको माटो र हावापानी अनुकूल हुने अन्य थुप्रै प्रजातिका फलफूल भित्र्याउने योजना समेत रहेको बुझिएको छ। समय अनुकूल मिलाएर आगामी दिनमा निम्न फलफूलका बिरुवाहरू पनि वितरण गरिने दाता टेक बहादुर पुनले जानकारी दिनुभएको छ।…
बागलुङ जंगलमा पाइने फल (जंगली भ्याकुर) खाँदा जिल्लाको बडिगाड गाउँपालिका– ५ खारा बजारमा भोजराज घिमिरेको परिवारमा एक जनाको मृत्यु भएको छ । सोही फल खाएपछि अन्य आठ जना बिरामी भएका छन् । सोहि फल खाएपछि चक्कर लाग्ने, हातखुट्टा लुलो हुने, वान्ता हुने भएर ७२ वर्षीया फिरक कुमारी घिमिरेको मृत्यु भएको बताइएको छ ।यस्तै बडिगाड गाउँपालिका–५ का दुरपती कामी, बिष्णु घिमिरे, सारदा न्यौपाने, अबिसन घिमिरे, भोजराज घिमिरे, सुरेन्द्र बि.क., पुतली घिमिरे र खिमानन्द घिमिरे बिरामी हुनुभएको छ । बिरामीलाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी चिरन्जीवि अधिकारीले जानकारी दिनुभयो ।
“जहाँ आफू, त्यहाँ छोराछोरी” र “जहाँ शिक्षकको भरोसा, त्यही गुणस्तरीय शिक्षा” भन्ने भनाइलाई आत्मसात् गर्दै सामुदायिक विद्यालयप्रति विश्वास बढ्दै गएको देखिएको छ। सामुदायिक विद्यालयका शिक्षकमा आत्मविश्वास छैन भन्ने धारणा निराधार सावित हुँदै गएको छ। विद्यालयमा कार्यरत सरकारी दरबन्दीका शिक्षक, स्थानीय स्रोतबाट नियुक्त कर्मचारी तथा अन्य स्टाफहरूले आफ्नै सन्तानलाई समेत सरकारी विद्यालयमै अध्ययन गराउँदै आएका छन्। यस्तै सन्दर्भमा, महेन्द्र माध्यमिक विद्यालय मा शैक्षिक सत्र २०८३ का लागि भर्ना भएका शिक्षक तथा कर्मचारीका छोराछोरीसँग विद्यालय परिवारले सामूहिक तस्बिर खिचेको छ। उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक आदरणीय रेमबहादुर कार्की तथा शिक्षिका दिपा साहानीको उपस्थिति रहेको थियो। शिक्षक आफैंले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुले…
गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन् । उनले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गरेका थिए । सोही दिन गुरुङ गृहमन्त्री नियुक्त भएका थिए । सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने आलोचनाको केन्द्रमा परेका थिए । उच्च स्रोतका अनुसार, रास्वपा सभापति रवि लामिछानेसँगको छलफलपछि गुरुङले प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएका हुन् ।
गण्डकी प्रदेशमा सबै मन्त्री फेरिएका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएका छन्। विगतको सहमती अनुसार भागबण्डामा एमालेले ४ जना मन्त्री र कांग्रेसले ४ जना मन्त्री पाएको छ । पुनर्गठित मन्त्रिपरिषदमा कांग्रेसबाट बागलुङका जित शेरचन अर्थमन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री, रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री र नम्डु गुरुङ वन तथा वातावरण बनेका छन् । यसअघि अर्थमा डा.टकराज गुरुङ, सामाजिकमा विन्दुकुमार थापा र वनमा भेषबहादुर पौडेल मन्त्री थिए । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय भने मुख्यमन्त्री सुरेन्द्र पाण्डेले नै सम्हाल्दै आएका थिए । एमालेबाट गोविन्द बहादुर…
पुनर्गठित मन्त्रीपरिषदमा नपरेपछि गण्डकी प्रदेशका सांसद द्रोणकुमार कुँवरले राजीनामा दिएका छन्। नेपाली कांग्रेसका प्रदेशसभा सदस्य कुँवरले आजै राजीनामा दिएका हुन्। कुँवर नेपाली कांग्रेसका महासमिति सदस्य समेत हुन्। गण्डकी प्रदेशको मन्त्रिपरिषद् आजै पुनर्गठन भएको हो । बागलुङ जिल्ला क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाएका छन्। उनले आफ्नो राजीनामा बैशाख २ गतेदेखि लागू हुने गरी दिएको उल्लेख गरेका छन्। राजीनामा पत्रमा उनले आफूलाई निर्वाचित गराउन विश्वास र मत दिएको मतदाता तथा समर्थकप्रति आभार व्यक्त गरेका छन्। जनताको विश्वासअनुसार काम गर्न नसकेको भन्दै क्षमायाचनासमेत गरेका छन्। उनले कुनै सार्वजनिक पदमा नरहे पनि जनताप्रतिको…
पन्चेबाजा शैलीमा तयार गरिएको मौलिक गीत ‘हिड लाहुर’ को भिडियो सार्वजनिक भएको छ। यसअघि गीतको अडियो सार्वजनिक भइसकेको थियो भने अब यसको भिडियो पनि दर्शकमाझ ल्याइएको हो। गायक संजय थापा मगर र गायिका दीपिका बायाम्बु मगर को सशक्त आवाजमा सजिएको यस गीतमा नेपाली मौलिकता र पन्चेबाजाको मिठास झल्किएको छ। गीतको मास्टरिङ इन्जिनियरका रूपमा कुमार राना तथा एरेन्जरका रूपमा यम थापा मगर रहनुभएको छ। भिडियो संजय थापा मगरको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। यसअघि ‘गलबन्दी र पछ्यौरी’, ‘सालिनानी मौलिक कौउरा’, ‘झोर्ले है साली’ र ‘मोही पार्ने मादानी’ जस्ता चर्चित गीतमार्फत दर्शक तथा श्रोतामाझ छुट्टै पहिचान बनाइसक्नुभएका संजय थापा मगर हाल फ्रान्स मा रहँदै आउनुभएको छ। विदेशमा बसेर पनि नेपाली मौलिक…
पाण्डवखानीमा महिला स्वास्थ्य स्वयंसेविकालाई उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी तालिम सम्पन्न गलकोट नगरपालिका स्वास्थ्य शाखाको आयोजना, पाण्डवखानी स्वास्थ्य चौकीको संयोजन तथा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेशन/फेयरमेडको समन्वयमा सञ्चालित ‘सम्बोधन परियोजना’को सहयोगमा पाण्डवखानी स्वास्थ्य चौकीमा २ दिने उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी तालिम सम्पन्न भएको छ।मिति २५ र २६ चैत २०८२ मा सञ्चालन गरिएको उक्त तालिममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहभागिता रहेको थियो। तालिममार्फत स्वयंसेविकाहरूलाई उपेक्षित उष्ण प्रदेशीय रोगहरूको पहिचान, रोकथाम तथा व्यवस्थापनसम्बन्धी ज्ञान र सीप प्रदान गरिएको थियो।कार्यक्रम गलकोट नगरपालिका वडा नं. १० की महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका अध्यक्ष लक्ष्मी काउचाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम पाण्डवखानी स्वास्थ्य चौकीकी इन्चार्ज रत्नमाया सुनारले…
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता समस्यालाई समाधान गर्न अत्याधुनिक ‘वाइफाइ ६’ (WiFi 6) प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ। प्रयोगकर्तालाई गतिको नयाँ अनुभव प्रदान गर्दै समग्र कनेक्टिभिटीमा व्यापक सुधार ल्याउने उद्देश्यले यो सेवा बजारमा ल्याइएको हो। आजको डिजिटल युगमा घरभित्र धेरै उपकरणहरू एकैसाथ चलाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै यो प्रविधि डिजाइन गरिएको छ। पुरानो प्रविधिको तुलनामा ४ गुणा बढी कार्यक्षमता प्रदान गर्ने भएकाले यसले लेटेन्सी (Latency) लाई न्युनतम स्तरमा झार्दछ। फलस्वरूप, घरमा एकै समयमा धेरै व्यक्तिले मुभी स्ट्रिमिङ, अनलाइन गेमिङ र अफिसको काम गर्दा पनि कुनै प्राविधिक कठिनाइ…