बागलुङ — गलकोट नगरपालिका वडा नम्बर ३ हटियामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। कादुरी एग्रिकल्चरल एड एसोसियसन ब्रिटिस गोर्खाज नेपालको आयोजना तथा गलकोट नगरपालिकाको समन्वय र सहजीकरणमा चैत्र ४ गतेदेखि सञ्चालन गरिएको शिविरबाट २ हजार ७ सय २३ जना नागरिकले सेवा लिएका छन्। शिविरमा ८ सय ८२ पुरुष र १ हजार ८ सय ४१ महिलाले स्वास्थ्य सेवा लिएको कादुरी एग्रिकल्चरल एड एसोसियसन ब्रिटिस गोर्खाज नेपालका प्रोजेक्ट डाइरेक्टर क्याप्टेन राजन राईले जानकारी दिनुभयो। निःशुल्क रूपमा सम्पूर्ण प्रकारका स्वास्थ्य परीक्षण तथा उपचार सेवा उपलब्ध गराइएकाले दुर्गम तथा आर्थिक रूपमा कमजोर वर्गका नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो।शिविरमा स्त्रीरोगसम्बन्धी जाँच तथा उपचार,…
घुम्टे खबर
गल्कोट समाज चितवनद्वारा राहत वितरण तथा असहाय वृद्ध आश्रममा सहयोग कार्यक्रम सम्पन्न चितवन गल्कोट समाज चितवनले राहत वितरणसँगै असहाय वृद्ध आश्रममा सहयोग कार्यक्रम सम्पन्न गरेको छ। रत्ननगर–१३, अमिलियास्थित वृद्ध आश्रममा आयोजित एक कार्यक्रममा समाजले नगद रु १५ हजार सहयोग प्रदान गरेको हो। समाजका केन्द्रीय अध्यक्ष बलबहादुर खत्री र उपाध्यक्ष मिनबहादुर खत्रीका अनुसार, आश्रममा रहेका ज्येष्ठ नागरिकलाई केही राहत पुग्ने उद्देश्यले सहयोग गरिएको हो। यसअघि पनि समाजले विभिन्न स्थानका दुई वटा आश्रममा सहयोग गर्दै आएको जनाएको छ। उक्त आश्रममा हाल ९ जना महिला र ५ जना पुरुष गरी १४ जना ज्येष्ठ नागरिक आश्रित छन्। आश्रमकी संस्थापक सुनिता पौडेलका अनुसार २०७२ सालमा…
गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेको सामाजिक संस्था घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च ले २६औँ बुद्ध जयन्ती, १८औँ वार्षिकोत्सव तथा वैशाखे पूर्णिमा मेला २०८२ लाई भव्य रूपमा सम्पन्न गर्न विभिन्न कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको छ। मञ्चको बैठकले विविध खेलकुद प्रतियोगिता, नृत्य प्रतियोगिता, सती घाटु नाच, सोरठी, यानिमाया, सालैजो लगायतका लोकसंस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको छ। साथै घुम्टे सिद्धबाबाको दर्शनसहित राष्ट्रिय स्तरका कलाकारहरूको आकर्षक प्रस्तुति समेत रहने जनाइएको छ। कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरू गठन गरिएको छ। जसअन्तर्गत कार्यक्रम संयोजक, खेलकुद संयोजक, सांस्कृतिक संयोजक र आर्थिक संयोजक चयन गरिएको छ। यसैबीच, मञ्चले चैत १४ गते पाण्डवखानीदेखि घुम्टे लेखसम्म सरसफाइ…
गलकोट नगरपालिका–१० पाण्डबखानीमा श्रद्धाञ्जलि सभा कार्यक्रम सम्पन्न भएको छ। सुनपानी टोल सुधार समितिका टोल अध्यक्ष तथा भूतपूर्व सैनिक संघ गलकोट–१० का कोषाध्यक्ष हं. गंग बहादुर घर्ति पुनकी आमा भिमकुमारी घर्तिको २०८२ फागुन २३ गते ८२ वर्षको उमेरमा निधन भएको थियो। स्वर्गीय घर्तिको स्मृतिमा ५ औँ दिनको पुण्यतिथिका अवसरमा श्रद्धाञ्जलि सभा आयोजना गरिएको हो। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका थिए। यस अवसरमा वडा कार्यालय, पाण्डबखानी मावि, नवज्योति आधारभूत विद्यालय, न्यु घुम्टे एकेडेमी, महिला जागरण समूह, नेपाली कांग्रेस, घुम्टे खबर, पाण्डबखानी स्वास्थ्य चौकी, कालिका स्पोर्ट्स युथ क्लब सुनपानी, आमा समूह, टोल सुधार समिति सुनपानी तथा…
राजेन्द्र श्रेष्ठ गलकोट समाज जापानको सहयोगमा गलकोट माध्यमिक विद्यालयमा छात्रवृत्ति तथा अक्षयकोष हस्तान्तरण तथा स्थापना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गलकोट समाज जापानका महासचिव दिलिप कँडेलले संस्थाले स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्य गर्दै आएको जानकारी दिनुभयो। उहाँले गलकोट मात्र नभई देशका विभिन्न स्थानमा समस्या पर्दा सहयोग गर्दै आएको उल्लेख गर्दै यस वर्ष गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाका १९ वटा विद्यालयलाई करिब ९५ लाख रुपैयाँ सहयोग उपलब्ध गराइएको बताउनुभयो। कार्यक्रममा प्रमुख अतिथि तथा गलकोट समाज जापानका अध्यक्ष रत्नसिंह बस्नेतले गलकोट समाज जापानले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि गलकोटको विकासका लागि सहयोग जारी रहने…
बागलुङ — गलकोटको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल घुम्टेमा १४ औँ लालीगुराँस उत्सव तथा चौँथो विश्व शान्ति यज्ञ आयोजना हुने भएको छ।गलकोट घुम्टे पर्यटन विकास केन्द्रको आयोजना, गलकोट पण्डित समाज तथा १४ औँ लालीगुराँस उत्सव एवं विश्व शान्ति यज्ञ समिति गलकोट बागलुङको सहआयोजनामा आगामी चैत्र ३० गतेदेखि वैशाख १ गतेसम्म कार्यक्रम सञ्चालन हुने जनाइएको छ।कार्यक्रम अन्तर्गत चैत्र ३० गते एकादशीका दिन पूर्वाङ्ग पूजा, रुद्री पाठ, साँझ भजन–कीर्तन, सन्ध्या आरती तथा सूर्यास्त अवलोकन कार्यक्रम हुनेछन्। त्यसैगरी वैशाख १ गते नित्य पूजा, संक्रान्ति दोष पूजा, नवग्रह शान्ति पूजा, लक्ष्यवर्ती बत्ती प्रज्वलन, फूलप्रसादी ग्रहण तथा नवनिर्मित पौवा उद्घाटन लगायतका कार्यक्रम आयोजना गरिने गलकोट…
नेपाली कांग्रेस क्षेत्र नम्बर २ अन्तर्गत गलकोट नगरपालिका–१० रमुवा गाउँमा आज चुनावी घरदैलो अभियान सम्पन्न भएको छ।संविधानसभा सदस्य निरज पुन, नेपाली कांग्रेस प्रदेश (क) का सभापति तिलक घर्ति, जिल्ला सदस्य रामप्रसाद वि.क, तथा वडा समितिका सभापति दीप घर्तिको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको हो। घरदैलो अभियानका क्रममा नेताहरूले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका एजेण्डा, विकासका योजना तथा आगामी रणनीतिबारे जानकारी गराएका थिए।कार्यक्रमलाई सम्बोधन गर्दै तिलक घर्तिले लोकतान्त्रिक मूल्य–मान्यता र समावेशी विकासलाई सुदृढ बनाउन नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताए।रमुवा गाउँसहित गलकोट–१० को समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, सडक तथा कृषिमा विशेष योजना ल्याइनेछ। जनताको साथ र विश्वासले मात्र समृद्ध गलकोट निर्माण…
राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी कोणसभा आज गलकोट नगरपालिका ३ हटिया जिपपार्कमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा समानुपातिकतर्फका उम्मेदवार, पूर्वमन्त्री भिम प्रसाद गौचन ले सम्बोधन गर्दै भ्रष्टाचारलाई आमाको रगत खानु सरहको अपराध भएको टिप्पणी गरे। उनले भने अहिले नेपालमा दुई वटा एजेन्डाको बहस चलिरहेको छ संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको प्रचण्ड पथ, र राजतन्त्र तथा सनातन धर्मसहित हिन्दुराज्य स्थापनाको पृथ्वी पथ। देशको स्थायित्व र सांस्कृतिक पहिचानका लागि राजतन्त्र र हिन्दुराज्य आवश्यक छ। उनले आगामी निर्वाचनमा हलो चिन्हमा मतदान गरी पार्टीलाई विजयी बनाउन आग्रह गरे। कार्यक्रममा प्रतिनिधि सभा बागलुङ क्षेत्र नं. २ की उम्मेदवार अन्चल साही ठकुरी…
नेपाली कांग्रेसको गलकोट नगरपालिका वडा नम्वर १० को बाईगाउँ टोल र लेङ्गुरे टोलमा चुनावी घरदैलो अभियान सम्पन्न भएको छ । आगामी फागु २१ गते हुन गईरहेको प्रतिनिधी सभाको चुनावमा बागलुङ जिल्ला क्षेत्र नम्वर २ मा नेपाली कांग्रेसका प्रत्यक्ष उम्मेदवार टेकराज पौडेललाई विजयी गराउनको लागि नेपाली कांग्रेसको गलकोट नगरपालिका वडा नम्वर १० को बाईगाउँ टोल र लेङ्गुरे टोलमा चुनावी घरदैलो अभियान सम्पन्न भएको हो । घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दासंग प्रत्यक्ष भेटघाट गदैै पार्टीका नीति, कार्यक्रम तथा विकासका एजेण्डाबारे जानकारी गराईएको थियो । उक्त घरदैलो अभियानका क्रममा नेपाली कांग्रेस बागलुङ जिल्ला क्षेत्र नम्वर २ प्रदेश क का सभापती तिलक घर्तीले नेपाली कांग्रेस…
फागुन २१ गतेको निर्वाचनको मिति नजिकिँदै छ । दलहरुले आफ्नो प्रचारप्रसारको अभियानलाई तिब्र बनाएका छन । यसै क्रममा बागलुङ क्षेत्र नम्बर २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवारले काँग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेका छन । प्रलोपाका उम्मेमदवार पदमबहादुर कुँवरले नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई सघाउने भएका छन् । बुधबार कांग्रेसका उम्मेदवार टेकराज पौडेलको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले यस क्षेत्रमा प्रत्यक्ष उम्मेदवार पौडेल र समानुपातिक उम्मेदवार रेनुका काउचालाई समर्थन गरेको बताए । उनले अहिलेको निर्वाचन सामान्य नभएको भन्दै यसमा गम्भीर भएर लाग्नुपर्ने बताए । तत्कालिन माओबादी केन्द्रका अध्यक्ष हालका नेकपाका संयोजक पुष्पकमल दाहाललाई झापड हानेर चर्चामा…