बागलुङ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत ताराखोला गाउँपालिका–५ र बराहखोला–३ हिलमा नेपाली कांग्रेसले चुनावी प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेको छ।ताराखोला गाउँपालिका–५ का वडा सभापति ओमबहादुर रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रम तारा कडेलले सञ्चालन गरेका थिए। कार्यक्रममा प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार टेकराज पौडेल, संविधानसभा सदस्य निरज पुन, जिल्ला सभापति जित सेरचन, समानुपातिक उम्मेदवार रेनुका काउचा, महाधिवेशन प्रतिनिधि भरत शर्मा, प्रदेश सभापति तिलक घर्ती लगायतका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै उम्मेदवार टेकराज पौडेलले ताराखोला–बराहखोला क्षेत्रका जनताले सधैं लोकतन्त्र र परिवर्तनको पक्षमा मत दिएको उल्लेख गर्दै अबको निर्वाचनमा पनि कांग्रेसलाई विजयी गराउने विश्वास व्यक्त गरे। “देशमा स्थायित्व, सुशासन र विकासका लागि नेपाली कांग्रेस अपरिहार्य शक्ति…
घुम्टे खबर
बागलुङ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गलकोट नगरपालिका वडा नम्बर ११ रिघामा चुनावी सभा सम्पन्न गरेको छ ।सभालाई सम्बोधन गर्दै बागलुङ क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार टेकराज पौडेलले लोकतन्त्र, विकास र सुशासन कांग्रेसको प्रमुख एजेन्डा भएको बताउनुभयो । उहाँले जनताको अधिकार संरक्षण गर्दै समग्र विकासमा कांग्रेस सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । साथै शिक्षा, स्वास्थ्य, सडक तथा रोजगारी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।कार्यक्रमकै अवसरमा ओमप्रसाद श्रीसको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ भने वडास्तरीय सम्पर्क कार्यालयसमेत स्थापना गरिएको छ ।सभामा महाधिवेशन प्रतिनिधि भरत शर्मा गैरे, समानुपातिक उम्मेदवार रेनुका काउचा, जिल्ला सभापति जित…
थम्मन थापा(सन्देश) चुनाव नजिकिँदै जाँदा नेकपा एमालेले निर्वाचन लक्षित कार्यक्रमहरू तीव्र पारेको छ। आगामी प्रतिनिधि सभा निर्वाचनमा बागलुङ क्षेत्र नं. २ बाट पार्टीका प्रत्यक्ष उम्मेदवार मञ्जु शर्मा चालिसेलाई अत्यधिक मतसहित विजयी गराउने उद्देश्यले गलकोट नगरपालिका वडा नं. ३ मा निर्वाचन परिचालन समिति गठन गरिएको छ। मंगलबार बसेको पार्टी वडा कमिटीको बैठक तथा अन्तरक्रिया कार्यक्रममा वडा कमिटी अध्यक्ष हर्क पन्तको संयोजकत्वमा ८१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको हो। कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य डम्मर बहादुर श्रीस, गलकोट नगर कमिटी उपाध्यक्ष ईश्वर बोहोरा क्षेत्री तथा नगर सचिव दान श्रीसले मन्तव्य राख्दै आगामी निर्वाचनमा पार्टीलाई एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।…
राजेन्द्र क्षेष्ठ गलकोट माध्यमिक विद्यालयमा कक्षा ८ का विद्यार्थी र अभिभावकबीच नगरस्तरीय परीक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा करिब २० जना अभिभावकहरूले विद्यार्थीको पठन–पाठन अवस्था, सिकाइका चुनौती र परीक्षामा सुधारका उपायबारे आफ्ना विचार, सुझाव तथा सल्लाह प्रस्तुत गरेका थिए। कार्यक्रममा विषयगत शिक्षकहरूले कक्षा ८ का विद्यार्थीहरूको शैक्षिक अवस्था, उपस्थिती, अनुशासन तथा अध्ययन प्रगतिबारे धारणा राखेका थिए। कार्यक्रममा गलकोट माविका मावि इन्चार्ज बलबहादुर घर्ती र सहायक प्रधानाध्यापक रामबहादुर खत्रीले पनि आ–आफ्ना मन्तव्य राख्दै विद्यार्थीको सिकाइ सुधारमा शिक्षक, अभिभावक र विद्यालय प्रशासनबीचको सहकार्य आवश्यक रहेको बताए। गलकोट माविका निमित्त प्रधानाध्यापक नवराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले शिक्षकले…
राजेन्द्र श्रेष्ठ गलकोट–३ हटियामा नेकपा र राष्ट्रिय जनमोर्चा दलित मोर्चाको संयुक्त निर्वाचन लक्षित कार्यक्रम सम्पन्न गलकोट नगरपालिका–३ हटिया बजारमा आउँदो फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाको दलित मोर्चाको संयुक्त कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै राष्ट्रिय जनमोर्चा गलकोट नगर अध्यक्ष तथा बागलुङ क्षेत्र नं. २ निर्वाचन परिचालन समिति सह–संयोजक टंक केसीले बागलुङ क्षेत्र नं. २ को विकास–निर्माण, गणतन्त्र र संविधानको रक्षा गर्न ज्ञामनाथ गैरे ‘अनिल’लाई विजयी गराउनुको कुनै विकल्प नरहेको बताए। कार्यक्रममा निर्वाचन परिचालन समिति गलकोटका महिला संयोजक कौसिला घर्ती, दलित मुक्ति मोर्चा बागलुङ जिल्ला अध्यक्ष भीमबहादुर विक, नेपाली…
बडिगाड गाउँपालिका–८, खोलाखर्ककी दिलमाया पाइजा आज ३५ वर्षकी भइन्। तर उनको जीवनको कथा उमेरसँगै सरल बनेन—झन् सानैदेखि संघर्षले उनलाई बलियो बनाउँदै लग्यो। दुई वर्षको नाबालिकै हुँदा दिलमाया काखमा राखिइन्। बाबुआमाको माया, न्यानो काख र सुरक्षित बाल्यकाल उनले सम्झनै पाइन्। अरू बच्चाहरू खेल्दै हुर्कँदा, उनी जिम्मेवारी र अभावको संसारमा फसिन्। बाल्यकालमै दुःख, अभाव र पीडासँग साक्षात्कार गर्नुपर्यो। समय बग्दै गयो। जीवनले उनलाई भेडिगोठसम्म पुर्यायो। आज उनी भेडिगोठमा खाना पकाउने काम गर्छिन्। चिसो बिहान, धुवाँले भरिएको भान्सा, सीमित सामग्री—यही उनको दैनिकी हो। काम सजिलो छैन, पारिश्रमिक पनि धेरै छैन। तर पेट पाल्न र जीवन अघि बढाउन उनले यही कामलाई आफ्नो सहारा बनाएकी…
गलेकोट नगरपालिका १० पाण्डबखानी क्षेत्रमा आज श्री पञ्चमीको अवसरमा विभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रमहरू सम्पन्न भएका छन्। शिक्षा, संस्कार र सिर्जनशीलताको महत्व उजागर गर्ने उद्देश्यले आयोजना गरिएका कार्यक्रमहरूमा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।न्यु घुम्टे एजुकेशनल एकेडेमी स्कुल, पाण्डबखानी माध्यमिक विद्यालय, नव ज्योति आधारभूत विद्यालय, फुर्से प्राथमिक विद्यालय तथा रमुवा आधारभूत विद्यालयका विद्यार्थीहरूले सरस्वती पूजा, सांस्कृतिक प्रस्तुति, कविता वाचन, नृत्य तथा विविध शैक्षिक गतिविधिहरू प्रस्तुत गरेका थिए।कार्यक्रममा शिक्षक, अभिभावक, स्थानीय बुद्धिजीवी तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा उजागर गर्नुका साथै विद्यालयको शैक्षिक वातावरण सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै विद्यालय,…
बागलुङ, माघ ६, २०८२ – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बागलुङ क्षेत्र नम्बर २ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।विहान १० बजे सुरु भएको उम्मेदवारी दर्ता प्रक्रियामा विभिन्न दलका उम्मेदवारले भाग लिएका थिए। नेपाली कांग्रेसबाट टेकराज पौडेल, नेकपा एमालेबाट मञ्जु शर्मा चालिसे, नेपाली कम्युनिस्ट पार्टीबाट ज्ञामनाथ गैरे, प्रजातन्त्र पार्टी (राप्रपा) बाट अञ्चल शाही, मंगोलनेशनल अर्गनाइजेशनबाट जुनबहादुर थापा, मानवतावादी पार्टीबाट टेकप्रसाद कामी, नेशनल रिपब्लिक पार्टीबाट नरबहादुर बुढा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पदमबहादुर कुँवरले उम्मेदवारी दर्ता गराएका छन्।त्यस्तै, जसपाबाट पूर्णबहादुर घर्ती मगर, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट लोकेन्द्र घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोम शर्मा र श्रम संस्कृति…
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली काँग्रेसले बागलुङका दुवै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार टुंगो लगाएको छ। काँग्रेस बागलुङका सचिव हरिहर शर्माका अनुसार बागलुङ क्षेत्र नं. १ मा भिम श्रीष र क्षेत्र नं. २ मा टेकराज पौडेललाई उम्मेदवार बनाइएको हो। बागलुङ क्षेत्र नं. १ का उम्मेदवार भिम श्रीषले २०५७ सालमा नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्। उनी त्यसबेला स्ववियु सदस्य बनेका थिए। २०६० सालमा त्रिभुवन विश्वविद्यालयको स्ववियु उपसभापति बनेका श्रीष २०६२ सालमा स्ववियु सभापतिमा निर्वाचित भएका थिए। काँग्रेसको १२ औँ महाधिवेशनदेखि निरन्तर महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहँदै आएका श्रीष हाल विशेष महाधिवेशनबाट केन्द्रीय…
घुम्टे युवा परिवार जापानले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वर्गीय श्याम खत्रीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ। संस्थाले स्व. खत्रीकी धर्मपत्नी श्रीमती लक्ष्मी भण्डारी खत्रीको नाममा रु. ८ लाख ५५ हजार ८ सय ७८ रुपैयाँ बराबरको चेकमार्फत आर्थिक सहयोग हस्तान्तरण गरेको हो। उक्त सहयोग रकम वि.सं. २०८२ साल माघ ४ गते एक औपचारिक कार्यक्रमका बीच हस्तान्तरण गरिएको जनाइएको छ। घुम्टे युवा परिवार जापानले स्व. श्याम खत्रीको परिवारलाई लक्षित गर्दै स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरूबाट आर्थिक संकलन गरेको थियो। संकलित रकम दुःखको घडीमा पीडित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यका साथ हस्तान्तरण गरिएको संस्थाले जनाएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले विदेशमा रहेर पनि…