घुम्टे युवा परिवार जापानले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वर्गीय श्याम खत्रीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ। संस्थाले स्व. खत्रीकी धर्मपत्नी श्रीमती लक्ष्मी भण्डारी खत्रीको नाममा रु. ८ लाख ५५ हजार ८ सय ७८ रुपैयाँ बराबरको चेकमार्फत आर्थिक सहयोग हस्तान्तरण गरेको हो। उक्त सहयोग रकम वि.सं. २०८२ साल माघ ४ गते एक औपचारिक कार्यक्रमका बीच हस्तान्तरण गरिएको जनाइएको छ। घुम्टे युवा परिवार जापानले स्व. श्याम खत्रीको परिवारलाई लक्षित गर्दै स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरूबाट आर्थिक संकलन गरेको थियो। संकलित रकम दुःखको घडीमा पीडित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यका साथ हस्तान्तरण गरिएको संस्थाले जनाएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले विदेशमा रहेर पनि…
घुम्टे खबर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागलुङ प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ मा सुशिल खड्का र क्षेत्र नम्बर २ मा सोम शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै पार्टीभित्र तीव्र असन्तोष देखिएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि केन्द्रबाट गरिएको उक्त निर्णयप्रति जिल्लाका नेताहरू र कार्यकर्ताहरू खुलेरै असहमति जनाउन थालेका छन्।खड्का बागलुङ नगरपालिका–३ गुठी र शर्मा नगरपालिका–४ निवासी भए पनि उनीहरू स्थानीय राजनीतिक गतिविधि र संगठन निर्माणमा पर्याप्त रूपमा संलग्न नरहेको आरोप लगाइएको छ। खड्काले अमेरिकाबाट अर्थशास्त्रमा स्नातकोत्तर अध्ययन सकेर हालै नेपाल फर्किनु भएको हो भने शर्मा काठमाडौं केन्द्रित अभियन्ताका रूपमा चिनिनु हुन्छ। ‘जेन–जी’ आन्दोलनमा सक्रिय रहनु भएका शर्मा काठमाडौं महानगरपालिकाका…
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्ष पदमा बागलुङका नरेश कँडेलले उम्मेदवारी घोषणा गर्नुभएको छ। उद्योग वाणिज्य संघ बागलुङले संस्थागत निर्णय गर्दै कँडेललाई गण्डकी प्रदेश अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेसँगै उहाँले औपचारिक तयारी थाल्नुभएको हो। शनिबार बागलुङ उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न बैठकले यही माघ महिनामा हुने अधिवेशनका लागि अध्यक्ष पदमा नरेश कँडेलको उम्मेदवारी घोषणा गरेको हो।लामो समयदेखि उद्योग वाणिज्य संघमा सक्रिय रहँदै आएका कँडेलले बागलुङ उद्योग वाणिज्य संघमा तीन वर्ष अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै कुशल नेतृत्व प्रदान गर्नुभएको थियो। २०६५ सालमा साधारण सदस्यका रूपमा संघमा प्रवेश गर्नुभएका कँडेल २०६६ देखि २०६९ सम्म पहिलो कार्यकाल र २०६९ देखि २०७२ सम्म…
गलकोट घुम्टे पर्यटन विकास केन्द्र, गलकोटको बैठक गलकोट नगरपालिका वडा नम्बर ५ हरिचौरमा सम्पन्न भएको छ। बैठकले सदाका वर्षझैं यस वर्ष पनि प्रसिद्ध घुम्टेको लेकमा सञ्चालन हुँदै आएको लालिगुराँस उत्सव आगामि चैत ३० गतेदेखि वैशाख १ गतेसम्म घुम्टे लेकमा अवस्थित सिद्ध भैरव मन्दिर परिसरमा आयोजना गर्ने निर्णय गरेको छ।उत्सवको अवसरमा लाखबत्ती प्रज्वलन समेत गरिने निर्णय भएको छ। सो कार्यका लागि इच्छुक व्यक्ति, संघ–संस्था तथा समूहलाई सहभागिताका लागि अनुरोध गर्ने र दीप प्रज्वलनको आवश्यक व्यवस्था आयोजक संस्थाले गर्ने निर्णय बैठकले गरेको छ। त्यसैगरी, लालिगुराँस उत्सव तथा लाखबत्ती प्रज्वलन कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न विभिन्न उपसमितिहरू गठन गरिएको छ। झंक बहादुर बस्नेतको…
काठमाडौं — निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू हुने विषयमा सरकारलाई औपचारिक रूपमा जानकारी गराएको छ। कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा रहेको आयोगको टोलीले आज बालुवाटारमा आयोजित कार्यक्रममा सरकारलाई आचारसंहिताबारे जानकारी दिएको हो।कार्यक्रममा निर्वाचन आयोगले आचारसंहितासम्बन्धी विशेष प्रस्तुतीकरणसमेत गरेको थियो। आयोगका अनुसार आज बसेको आयोग बैठकले निर्वाचन आचारसंहिता आज राति १२ बजेदेखि लागू गर्ने निर्णय गरेको छ।कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्का सदस्यहरू, नेपाल सरकारका मुख्य सचिव तथा गृह मन्त्रालयका अधिकारीहरूको उपस्थिति रहेको थियो।निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक हुने उल्लेख गरेको छ।
नयाँ ट्रयाक खुलेपछि रमुवा गाउँको वकरा पोखरीमा बढ्दै पर्यटकको चहलपहलगलकोट नगरपालिका–१०, पाण्डबखानीस्थित रमुवा गाउँको वकरा भन्ने स्थानमा अवस्थित रमणीय पोखरी लामो समयसम्म ओझेलमा परेको थियो। प्राकृतिक सुन्दरता, शान्त वातावरण र हरियालीले भरिपूर्ण यो पोखरी स्थानीयबाहेक बाहिरका मानिसहरूको नजरमा खासै पर्न सकेको थिएन। तर हालसालै रमुवा गाउँसम्म पुग्ने नयाँ ट्रयाक खुलेपछि वकरा क्षेत्रको परिचय विस्तारै फैलिन थालेको छ। सहज पहुँच बनेसँगै अहिले उक्त पोखरी अवलोकन गर्न, फोटो खिच्न, टिकटक भिडियो बनाउन तथा पिकनिक मनाउन जानेहरूको संख्या बढ्दै गएको छ। वडा सदस्य कुमार पुनका अनुसार, “पहिला यहाँ पुग्न निकै कठिन थियो। बाटो नहुँदा सुन्दर ठाउँ भएर पनि ओझेलमै रह्यो। अहिले ट्रयाक खुलेपछि…
पाण्डबखानी–रमुवा जोड्ने नयाँ ट्र्याक स्तरउन्नति कार्य तीव्रपाण्डबखानीदेखि रमुवा जोड्ने नयाँ ट्र्याक स्तरउन्नति सडक आयोजनामा हाल कटिङ कार्य २५ प्रतिशत सम्पन्न भएको छ। ३ किलोमिटर लम्बाइको यस सडक आयोजनाका लागि प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयबाट कुल ५ करोड रुपैयाँ विनियोजन गरिएको छ। सडक निर्माणको जिम्मा पाएको केसी निर्माण सेवाका प्रोप्राइटर योगेश भण्डारीका अनुसार हाल कटिङ कार्यलाई निरन्तरता दिइएको छ भने बाँकी सबै कामहरू तोकिएको मापदण्ड (स्ट्यान्डर्ड) अनुसार छिट्टै सुरु गरिनेछ। यसैबीच आयोजनाको स्थलगत अनुगमन इन्जिनियर चन्द्र पुन र निरज पुन, निवर्तमान वडा अध्यक्ष तिलक घर्ती, वडा सदस्य कुमार पुन तथा पत्रकार सुरेश छन्त्याललगायतको टोलीले गरेको थियो। अनुगमनका क्रममा निर्माण कार्य निर्धारित…
निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएकापदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुलेमान्यता पाउने भएको छ । विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको दावी स्वतःअस्वीकृत भएको हो । अब प्रत्यक्ष मनोनयनदेखि अरु काम कारबाहीमा गगन–विश्व समूहको निर्णय र काम कारबाहीआधिकारिक मानिनेछ । विशेष महाधिवेशनले मान्यता पाएसँगै शेरबहादुर देउवाले नेतृत्व गरेको पुरानो कार्यसमिति पनि स्वतःअमान्य भएको छ । निर्वाचन आयोगको यो निर्णयपछि असन्तुष्ट पक्ष सर्वोच्च अदालत जाने बाटो भने खुला छ ।
गलकोट नगरपालिका वडा नम्बर ५ मा वडा स्तरीय कृषि मेला प्रदर्शनी तथा प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।गलकोट नगरपालिकाको आर्थिक सहयोग तथा समन्वयमा रुस्दी युवा क्लबको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगर उप–प्रमुख फमलाल निउरेले कृषिलाई आत्मनिर्भर अर्थतन्त्रको आधारका रूपमा विकास गर्न यस्ता कृषि मेलाहरू प्रभावकारी हुने बताउनुभयो । उहाँले कृषि नै हाम्रो मुख्य आधार भएको उल्लेख गर्दै कृषकलाई उत्पादनदेखि बजारीकरणसम्म प्रोत्साहन गर्न नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । साथै उहाँले स्थानीय उत्पादनको संरक्षण र व्यवसायीकरणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।कृषि पेशाको प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा कृषकलाई प्रोत्साहन…
गल्कोट नगरपालिका–१० पाण्डवखानीमा अवस्थित सामाजिक संस्था पञ्चधारा युवा परिवारको आयोजनामा ऐतिहासिक तथा धार्मिक स्थल पञ्चधारामा “पञ्चधारा जाऔँ, ऋषिश्वरको दर्शन गरौँ, पुण्य कमाऔँ” भन्ने मूल नारासहित २९औँ वार्षिकोत्सव, विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति मेला पुस २८ गतेदेखि सञ्चालनमा आएको छ। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं गल्कोट नगरपालिका–१० का वडाध्यक्ष भक्तबहादुर काउचाले यस्ता धार्मिक, ऐतिहासिक तथा सामाजिक कार्यक्रमले स्थानीय संस्कृति संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो। आयोजकका अनुसार मेलाअन्तर्गत पुरुष भलिबल, महिला भलिबल, पुरुष पौड भलिबल, महिला पौड भलिबल, साथै लोक नृत्य र कुर्ची दौड जस्ता खेलकुद तथा सांस्कृतिक प्रतियोगिताहरू सञ्चालन भइरहेका छन्। कार्यक्रम क्लबका अध्यक्ष चन्द्रलाल काउचाको अध्यक्षतामा…