घुम्टे खबर

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङले उम्मेदवारको नाम सिफारिस गरेको छ। मंगलबार बागलुङ बजारमा सम्पन्न जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभा तर्फ बागलुङ क्षेत्र नं. १ र २ का लागि प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको हो। बैठकले बागलुङ क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ राप्रपाका केन्द्रीय सदस्य देवीप्रसाद कँडेल, गण्डकी प्रदेश सदस्य सुरज खड्का, बागलुङ नगर समितिका अध्यक्ष डिल्ली आचार्य तथा युवा नेता शैलेन्द्र आचार्यको नाम सिफारिस गरेको छ। त्यस्तै बागलुङ क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ राप्रपा बागलुङका उपाध्यक्ष डम्मर केसी र गण्डकी प्रदेश सदस्य अंचल शाही सिफारिस भएका छन्। यस्तै प्रतिनिधिसभा समानुपातिकतर्फ राप्रपाका केन्द्रीय उपाध्यक्ष दिलविकास राजभण्डारी, गण्डकी प्रदेश सदस्य…

Read More

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको छ। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बिहीबार न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले थुनामुक्त गर्ने आदेश दिएको हो। जिल्ला अदालत रुपन्देहीले आफ्नो भागको बिगो रकम दाखिला गर्दा पनि रिहा नगरेपछि लामिछानेले उच्च अदालतमा थुनामुक्त हुन निवेदन दिएका थिए। सोही निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो।

Read More

बागलुङ।आठौँ बागलुङ महोत्सवको अवसरमा हेलिकप्टरमार्फत जिल्लाका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलको दृश्यावलोकन गराइने भएको छ। यही पौष ११ गतेदेखि सुरु हुने महोत्सवमा पञ्चकोट, भकुण्डे, भैरवस्थान, पर्वतको कुश्मा लगायतका क्षेत्रसम्म हेलि टुरको व्यवस्था गरिएको हो। गण्डकी प्रदेशअन्तर्गत विशेषगरी धौलागिरी क्षेत्रमा रहेका पर्यटकीय गन्तव्य र धार्मिक सम्पदाको प्रचार–प्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले हेलिकप्टरमार्फत दृश्यावलोकनको व्यवस्था गरिएको बागलुङ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो। उहाँका अनुसार आफ्ना अभिभावक माता–पितालाई हवाई यात्राको अनुभव गराउन चाहने वा विशेष धार्मिक स्थलमा लैजान चाहनेहरूका लागि यो अवसर उपयुक्त हुनेछ। बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा पौष ११ गतेदेखि बाङ्गेचौर खेल मैदानमा महोत्सव सञ्चालन हुँदैछ। व्यापार,…

Read More

नेकपा एमालेको नयाँ नेतृत्वका लागि साँझ ७ बजेबाट मतदान हुने भएको छ। पार्टी केन्द्रीय निर्वाचन आयोगले आज साँझ ७ बजेबाट मतदान हुने जानकारी गराएको हो । मतदान भोलि (पुस २) बिहान १ बजेसम्म चल्ने जानकारी गराइएको छ । यसअघि आज बिहान १२ बजेबाट मतदान सुरु हुने कार्यतालिका तय भएको थियो । तर, निर्वाचन कार्यतालिका संशोधन गरिएको हो । अब साँझ ७ बजेबाटै मतदानको काम सक्ने र रातभरमै निर्वाचनका कार्यक्रम सक्ने तयारी गरिएको छ। स्थायी कमिटी सदस्य बिनोद श्रेष्ठका अनुसार, भृकुटीमण्डपमा बन्दसत्रका लागि आजसम्म मात्रै भाडामा लिइएको छ । सोही कारण पनि आजै मतदान सक्नेगरी तयारीमा जुटेको उनले बताए ।

Read More

बागलुङ । नेपाली कांग्रेस बागलुङले क्षेत्रीय समितिबाट सिफारिस भएर आएका प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रियसभा सदस्यका सबै उम्मेदवार आकांक्षीको नाम रायसहित प्रदेश समिति मार्फत केन्द्रीय समितिमा पठाउने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको जिल्ला कार्यसमितिको बैठकले क्षेत्रीय समितिबाट प्राप्त सबै नामलाई माथिल्लो समितिमा पठाउने निर्णय गरेको हो । बैठकपछि जानकारी दिँदै नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले उम्मेदवार सिफारिस गर्ने अधिकार क्षेत्रीय समितिकै भएको स्पष्ट पारे । “उम्मेदवार सिफारिस गर्ने अधिकार क्षेत्रीय समितिलाई छ, जिल्लाले आफ्नो राय मात्रै दिने हो,” सचिव शर्माले भने, “त्यसै अनुसार क्षेत्रबाट आएका सबै नामलाई रायसहित प्रदेश समिति मार्फत केन्द्रीय समितिमा पठाउने निर्णय गरिएको छ…

Read More

गलकोट नगरपालिका–१० पाण्डवखानी दुर्गम बस्ति रमुवा गाउमा पुगि आर्थिक वर्ष २०८२/८३ का लागि नगरपालिकाबाट स्वीकृत ५ योजनाको अनुगमन तथा सर्वे कार्य सम्पन्न भएको छ। कार्यक्रममा करिब ३३ जनाको सहभागिता रहेको थियो। अभिमुखीकरण मार्फत चालु वर्षमा स्वीकृत योजनाको सम्झौता भई कार्यान्वयनको चरणमा पुगिसकेको जानकारी गलकोट नगरपालिकाका प्रशासकीय अधिकृत रामचन्द्र शर्माले दिनुभयो। गलकोट नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्राविधिक नेत्रप्रसाद लामिछाने, वडा नं. ६ का सचिव कमल सापकोटा, योजना सहायक ठाकुर तिमिल्सेना तथा उपभोक्ता समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रम वडा सदस्प कुमार पुनको अध्यक्षतामा सम्पन्न भएको थियो।

Read More

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको जिल्ला विस्तारित बैठक गलकोटमा सम्पन्न भएको छ। बैठकलाई सम्बोधन गर्दै पार्टीका संगठन विभाग गण्डकी प्रदेश प्रमुख तथा केन्द्रीय सदस्य झबिलाल डुम्रेले नजिकिँदै गरेको चुनावी माहोललाई मध्यनजर गर्दै संगठन विस्तारमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले पार्टीको चुनावी रणनीति र एजेन्डा आम नागरिकसम्म पुर्‍याउँदै प्रभावकारी रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। सो अवसरमा पार्टीका गण्डकी प्रदेश उपसभापति मिना शर्मा आचार्य, बागलुङ जिल्ला उपसभापति ढालेन्द्र रायमाझी, संगठन विभाग प्रमुख तथा प्रदेश सदस्य खिमानन्द पौडेल र पार्टी सदस्य खिमानन्द कँडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो। बैठकले बागलुङ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को संयोजकमा रोशन कार्की र निर्वाचन क्षेत्र नम्बर २ को…

Read More

नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ ले क्रियाशील सदस्यहरूको नवीकरण सम्पन्न गरी जिल्ला कार्यसमितिमा बुझाएको छ। गत वर्ष पौष महिनामा वडा–वडामा फाराम वितरण गरी नवीकरण प्रक्रिया अघि बढाइएको थियो। क्षेत्रीय समितिले जम्मा ३ हजार ३२७ जना क्रियाशील सदस्यको नवीकरण गरी जिल्लामा पठाएको क्षेत्रीय सभापति जोकलाल बुढाले जानकारी दिए। सभापति बुढाका अनुसार गalkot नगरपालिकाबाट १ हजार २६२, ढोरपाटन नगरपालिकाबाट ५११, बडिगाड गाउँपालिकाबाट ६२४, निसीखोला गाउँपालिकाबाट ४३७, तमानखोला गाउँपालिकाबाट ३२३ र ताराखोला गाउँपालिकाबाट १७० जना क्रियाशील सदस्यको नवीकरण भएको हो। यस्तै, नयाँ क्रियाशील सदस्यता वितरणका लागि सबै वडामा ३ हजार १०० फाराम पठाइसकिएको सभापति बुढाले बताए। नयाँ सदस्यता आगामी पौष ८ गतेभित्र क्षेत्रीय…

Read More

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस रुपन्देही–१ क्षेत्रबाट आयुसा कँडेललाई प्रत्यक्ष तर्फ महिला उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। पार्टीका अनुसार कँडेललाई सिफारिस गर्ने निर्णयमा “नयाँ पुस्ताको ऊर्जा, स्थानीय नेटवर्क, नीतिगत स्पष्टता र प्रभावशाली कूटनीतिक पहुँच” महत्त्वपूर्ण आधार भएका छन्। नेतृत्वमा रुपान्तरण आवश्यक रहेको तर्कसहित पार्टी संरचनाले उनको उम्मेदवारीलाई प्राथमिकतामा राखेको बताइएको छ। हाल कँडेल राष्ट्रिय युवा परिषद्की बोर्ड सदस्यका रूपमा युवा नीति, संरचना, सहभागिता, रोजगारी र नेतृत्व विकासका मुद्दामा सक्रिय रूपमा काम गर्दै आएकी छन्। क्षेत्र नम्बर १ मा अहिले अन्य सम्भावित प्रतिस्पर्धीहरू बलियो देखिन नसकेको, कोही उम्मेदवार नबन्ने र कोही जनतामाझ लोकप्रियता कायम…

Read More

गलकोट नगरपालिका–१० पाण्डवखानीमा आर्थिक वर्ष २०८२/८३ का लागि नगरपालिकाबाट स्वीकृत योजनाहरूको कार्यसम्पादनको लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा करिब ४५ जनाको सहभागिता रहेको थियो। अभिमुखीकरणमार्फत चालु वर्षमा स्वीकृत ११ वटा योजनाको सम्झौता भई कार्यान्वयनको चरणमा पुगिसकेको जानकारी गलकोट नगरपालिकाका प्रशासकीय अधिकृत रामचन्द्र शर्माले दिनुभयो। गलकोट नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. १० का सम्पूर्ण जनप्रतिनिधि, वडा सचिव धनुसरा बडुवाल, प्राविधिक नेत्रप्रसाद लामिछाने, वडा नं. ६ का सचिव कमल सापकोटा, योजना सहायक ठाकुर तिमिल्सेना तथा उपभोक्ता समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रम गलकोट नगरपालिका–१० को वडा कार्यालय, पाण्डवखानीमा सम्पन्न गरिएको हो।

Read More