घुम्टे खबर

बागलुङको बडिगाड गाउँपालिका–५, दाँगमा आइतबार बिहान भएको आगलागीमा एक जना घाइते भएका छन् भने लाखौँ रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। दाँग डाँडखर्कका देबिराम घिमिरेको घरमा अदिया गरी बस्दै आएका बडिगाड–७ टुनिबोटका चन्दन घर्ती बसेको दुईतले गोठमा बिहान करिब ४ः३० बजे आगलागी भएको स्थानीयले बताएका छन्। पानी तताउने क्रममा एक्कासी आगो लागेको प्रारम्भिक अनुमान छ। आगो निभाउने क्रममा घरधनी चन्दन घर्ती घाइते भएका छन्। उनलाई उपचारका लागि गल्कोट नगर अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। आगलागीमा परेर ५ वटा बोका र ४ वटा बाख्रा जलेर मृत्यु भएको छ भने २ वटा भैँसी घाइते भएका छन्। साथै, घरगोठसहित करिब ६ लाख ५०…

Read More

इपरि न्युजका पत्रकार दिलीप पर्तेलले कामको सिलसिलामा गाउँमा जाँदा आफूमाथि अभद्र व्यवहार भएको गुनासो गरेका छन्। जैमिनी नगरपालिका–३ देमकस्थित वडा कार्यालय पुगेका बेला त्यहाँका स्वास्थ्य चौकी प्रमुख भीम पुनले गालीगलौज गर्दै हातपातको प्रयास गरेको पत्रकार पर्तेलले आरोप लगाएका छन्। पत्रकार पर्तेलका अनुसार केही समयअघि आफूले लेखेको सरकारी मोटरसाइकल कार्यालय समयमा सिक्न लगेको सम्बन्धी समाचारको बारेमा पुनले पुरानो विषय उठाउँदै अशोभनीय व्यवहार गरेका थिए। “म कामले वडामा गएको थिएँ, पुरानो समाचारकै विषय निकालेर गालीगलौज गर्दै हातपात गर्न खोज्नुभयो,” पर्तेलले भने। उनले सो घटनाबारे जैमिनी नगरपालिकामा उजुरी दर्ता गरिसकेका छन्। घटनाको जानकारी पाएपछि नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष **राम थापा ‘अविरल’**ले पत्रकारको…

Read More

गल्कोट, बागलुङ ।गल्कोट नगरपालिका–१० पाण्डवखानीका स्थानीयवासीका दैनिक आवत–जावतलाई सहज बनाउन ‘जक्सन–सुनपानी’ रुटमा नयाँ सवारी सेवा सञ्चालनमा आएको छ। महिन्द्रा पिकअप (दर्ता नं. ग ३ च १०१ ) अब नियमित रूपमा स्थानीय सेवामा परिचालित भएको छ। यो सेवा दिप मगरको व्यवस्थापन तथा सञ्चालनमा अघि बढाइएको हो। भौगोलिक रूपमा दूरदराजमा पर्ने पाण्डवखानी क्षेत्रमा कार्यालय, विद्यालय, बैंक र स्वास्थ्य संस्थामा पुग्न स्थानीयले भोग्दै आएको कठिनाइलाई कम गर्ने उद्देश्य यस सेवाले बोकेको छ। स्थानीयवासीले नयाँ यातायात सञ्चालनले आफूहरूलाई राहत मिलेको बताएका छन्। दैनिक क्रममा आवश्यक पर्ने आवत–जावतका साथै आकस्मिक अवस्थामासमेत यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। सेवा सम्बन्धी सम्पर्क नं.:📞 9766029994📞 9849138879…

Read More

बागलुङको हरिचौर–मल्म–पाण्डवखानी रणनीतिक सडक स्तरोन्नतिको काम तीव्र गतिमा अगाडि बढिरहेको छ। ‘एक निर्वाचन क्षेत्र–एक रणनीतिक सडक’ कार्यक्रममा परेका ८ किलोमिटर सडकमध्ये हाल ७० प्रतिशत भौतिक प्रगति पुगेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ। ठेक्का सम्झौता गरेका निर्माण व्यवसायीले दुई वर्षमा २५ प्रतिशत मात्र काम गरेपछि म्याद थपिएको थियो। म्याद थपिएसँगै काममा तीव्रता आएर ५ किलोमिटर सडक कालोपत्रका लागि पूर्वाधार तयार, १ किलोमिटर ढलान सम्पन्न, र बाँकी २ किलोमिटरमा पूर्वाधार निर्माण जारी रहेको छ। सडक डिभिजनका इन्जिनियर सागर भण्डारीका अनुसार आर्थिक प्रगति ६० प्रतिशत पुगेको छ। हालको गतिमा पनि काम पूरा गर्न अर्को एक पटक म्याद थप्नुपर्ने सम्भावना रहेको उनले बताए।…

Read More

आगामी फागुन २१ गते निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ दल दर्ता गर्ने निर्वाचन आयोगले तोकेको समय सीमा आज (… मिति) साँझसम्म समाप्त हुँदैछ। आयोगले नयाँ दल दर्ता गर्न इच्छुक राजनीतिक समूहहरूलाई आजसम्म निवेदन पेश गर्न आह्वान गरेको हो। आयोगमा पहिले नै दर्ता भइसकेका दलहरूले पनि निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गराउनुपर्ने व्यवस्था छ। आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा तथा माघ ११ गतेका लागि तय गरिएको राष्ट्रिय सभा सदस्य निर्वाचनका प्रयोजनका लागि दल दर्ता खुला गरिसकेको छ। निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म, र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि…

Read More

नेपाल पत्रकार महासङ्घ, बागलुङको आयोजनामा र प्रेस रजिष्ट्रार कार्यालय, गण्डकी प्रदेशको सहयोगमा सञ्चालित मोबाइल पत्रकारिता तालिम बिहीबार सम्पन्न भएको छ। गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले समापन समारोहमा पत्रकारको क्षमता विकास र पेसागत सुरक्षामा आफ्नो कार्यालयले सधैं सहयोग गर्ने बताइन्। उनले मोबाइल पत्रकारिता तालिमबाट मल्टिमिडिया सामग्री उत्पादन र सम्प्रेषणमा पत्रकारहरूको दक्षता अभिवृद्धि हुने विश्वास व्यक्त गरिन्। डिजिटल माध्यमबाट मिथ्या र भ्रामक सूचना फैलिने जोखिम पनि उत्तिकै हुने उल्लेख गर्दै उनले पत्रकारले त्यसलाई चिर्दै व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा जोड दिइन्। कार्यक्रममा महासङ्घ, बागलुङका पूर्वअध्यक्ष हरिनारायण गौतम, रामबहादुर जिसी, उपाध्यक्ष तथा तालिम संयोजक सिर्जना पन्त, किरण आचार्यलगायतले पनि मन्तव्य राखेका थिए। प्रमुख अतिथि…

Read More

काठमाडौँ — नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आजदेखि नेपाल प्रहरीको नेतृत्व सम्हालेका छन्। प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा भएपछि तत्कालीन महानिरीक्षक चन्द्रकुवेर खापुङ हिजो राति १२ बजेदेखि अनिवार्य अवकाशमा गएपछि कार्कीले कमाण्ड सम्हालेका हुन्। कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गरेको थियो। आज बिहान उनले गृहमन्त्रालयमा दर्ज्यानी चिह्न ग्रहण गरेपछि प्रहरी प्रधान कार्यालय नक्साल पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्। २४ भदौमा जेनजी आन्दोलनका क्रममा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए। त्यसअघि २३ भदौमा उपत्यकामा एआईजी नहुँदा कमाण्ड अस्थायी रूपमा रिक्त थियो। उपत्यका कमाण्ड अघि उनी मानव स्रोत साधन विभागका…

Read More

बागलुङका क्रियाशील पत्रकारहरूका लागि दुई दिने मल्टिमिडिया पत्रकारिता सम्बन्धी तालिम बुधबारदेखि सुरु भएको छ। नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजनामा तथा प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशको सहयोगमा सुरु गरिएको तालिमको उद्घाटन गण्डकी प्रदेश प्रेस रजिष्ट्रार बिमला भण्डारीले गर्नुभएको हो। उद्घाटन समारोहमा बोल्दै भण्डारीले आधुनिक युगमा पत्रकारिताको दायरा विस्तार हुँदै गएको बताउनुभयो। उहाँले प्रविधिमा दक्ष पत्रकारले मात्र आधुनिक समयमा प्रतिस्पर्धा गर्न सक्ने उल्लेख गर्दै मोबाइल पत्रकारिता तालिमले बागलुङका पत्रकारहरूलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। “पहिले मोबाइलबाट पत्रकारिता हुन्छ भन्ने गर्थ्यौं, अहिले त एआईको युग आइसक्यो,” भण्डारीले भनिन्, “स्थलगत रूपमा समाचार नपठाउने पत्रकार अहिलेको समयमा ढिलो भइसकेको हुन्छ। गण्डकीका सबै जिल्लामा…

Read More

स्वतन्त्र पार्टि गलकोट नगरपालिका १० पाण्डबखानीको प्रथम वडा अधिवेशन सम्मपन्न भएको छ। कार्यक्रममा तथर्थ समितिका सभापति यामलाल वुढाको सभापतित्यो गण्डकी प्रदेश संगठन विभागका सदस्य खिमान्द पौड्यालको प्रमुख आथितित्यामा याम वुढाको सभापतित्योमा ११ सदस्य रहनेगरि वडा कार्यसमिति चयन भएको छ । जसमा उप सभापतिमा तिल श्रीस, कोषाध्यक्ष यामुना पुन, सचिव उत्तम काउचा सदस्यमा मनिषा वि.क लगाएत ११ सदस्य रहेको कार्यक्रममा रास्पाका सदस्य टेक बहादुर पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बडिगाड गाउपालिकाका सभापति रमेश घिमिरे, जैमुनि नगरपालिका सभापति राजेन्द्र शर्मा, गलकोट नगर सभापति राजेन्द्र पुन, सुनिता विसी, ढालेन्द्र रायमाझी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अथिति समेत रहनु…

Read More

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) गलकोट नगरपालिका–१० पाण्डबखानीले यही आश्विन (असोज) ३० गते प्रथम वडा अधिवेशन गर्ने भएको छ। उक्त अधिवेशनमा जिल्ला सभापति तथा नगर सभापतिको विशेष उपस्थितिमा कार्यक्रम भव्यरूपमा सम्पन्न गरिने तयारी गरिएको वडा समितिले जनाएको छ। कार्यक्रम गलकोट नगरपालिका १० पाण्डबखानीस्थित सिएमसी भवन, गैराभाटीमा बिहान ११ बजे सुरु हुनेछ। अधिवेशनलाई सफल, सभ्य र दमदार बनाउनका लागि देश तथा विदेशमा रहनु भएका अग्रज व्यक्तित्वहरू, सफल व्यवसायी, समाजसेवी, युवा तथा स्थानीयवासीहरूबाट आर्थिक, भौतिक, नैतिक तथा सम्यगात्मक सहयोग प्राप्त भइरहेको आयोजकहरूले बताएका छन्। स्थानीय बुबा–आमा, दिदीबहिनी र दाजुभाइहरूलाई अधिवेशनमा सहभागी भई आफ्नो गरिमामय उपस्थिति जनाउन रास्वापा पाण्डबखानी वडा समितिले हार्दिक अनुरोध गरेको छ।

Read More