बागलुङको जैमिनी–१० राङखानी नाम्दुकमा आज एक पिकअप जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। बागलुङ बजारबाट बरेङ गाउँपालिका–१ बास्कोटतर्फ जाँदै गरेको ग १ ज ७४८० नम्बरको पिकअप जीप घुम्ती मोड्ने क्रममा स्टेरिङ फेल भई सडकबाट करिब १५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय बागलुङले जनाएको छ। दुर्घटनामा पिकअप चालक बरेङ गाउँपालिका–१ का रवि थापा, सुस्मिता परियार, विक्की परियार, सेती परियार, सुनिता परियार, मोहन परियार र चितवन महानगरपालिका–२६ की ज्योती मगर घाइते भएका छन्। दुर्घटनाग्रस्त जीपमा ९ जना सवार रहेका थिए। घाइतेहरूको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घुम्टे खबर
गल्कोट नगरपालिका ५ हरीचौरस्थित इलाका प्रहरी कार्यालय गल्कोट परिसरमा नव निर्मित दुर्गा भवानी कालिका भगवती मन्दिरको भदौ १२ गते एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ। उट्घाटन कार्यक्रममा बोलदै प्रमुख अथिति समेत रहनु भएका जिल्ला अदालत बागलुङका माननीय जिल्ला न्यायाधीश रमेशकुमार शर्माले मन्दिर केवल धार्मिक आस्था र पूजाआजाको केन्द्र मात्र होइन, यो नैतिकता, सद्भाव र अनुशासनको प्रतीक पनि हो। इलाका प्रहरी कार्यालयले समाज र सुरक्षाको जिम्मेवारी वहन गर्दै यस्तो धार्मिक स्थल निर्माण गर्नु प्रशंसनीय कार्य हो। यसले प्रहरी र समुदायबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउने बताउनु भयो कार्यक्रमका प्रमुख अतिथि जिल्ला अदालत बागलुङका माननीय जिल्ला न्यायाधीश रमेशकुमार शर्मा उपस्थित रहेका थिए।…
गलकोट नगरपालिका वडा नम्वर ११, रिघामा धर्म पोखरी युवा समाजद्वारा आयोजित तीज मेला–२०८२ आजदेखि सुरु भएको छ। मेलाको उद्घाटन गर्दै वडा अध्यक्ष डम्मर बहादुर श्रीसले युवा समाजले खेलकुदका मात्र नभई समाज विकासमा समेत योगदान दिनुपर्ने बताएका छन्। मेलाअन्तर्गत आयोजना गरिएको खुल्ला फुटबल प्रतियोगितामा १२ समुहको सहभागिता रहेको छ। उद्घाटन खेलमा गलकोट–११ स्थित शिव मिलन युवा क्लब लाम्चे र गलकोट–९ स्थित छिस युवा क्लब बीच प्रतिस्पर्धा भएको थियो, जसमा छिस युवा क्लबले विजयी सुरुवात गरेको हो। कार्यक्रम समाजका अध्यक्ष सुमन पुन घर्तीको अध्यक्षता, प्रगतिशिल आमा समूहकी अध्यक्ष जमुना राना श्रीसको स्वागत तथा सदस्य साजन वस्यालको सञ्चालनमा सम्पन्न भएको थियो।
गलकोट नगरपालिका–५ स्थित शिवालय मन्दिर नजिकै आज दिउँसो भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। गलकोट नगरपालिका–३ को ग १ झ ७४३ नम्बरको भ्यान गलकोट–५ हरिचौरबाट हटिया आउँदै गर्दा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ। घाइते हुनेमा १८ वर्षीया सुस्मिता बि.क, १८ वर्षीया प्रमिला बि.क, २५ वर्षीय मोहोन सिंह सुनार, १९ वर्षीय जीवन खत्री, १९ वर्षीया अमिसा क्षेत्री र १८ वर्षीया सुनिता सापकोटा रहेका छन्। हाल उनीहरूको उपचार गलकोट नगर अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको कारण ओभरस्पिड भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
गलकोट नगरपालिका–१० पाण्डबखानीमा सामाजिक सुरक्षा भत्ता नविकरण अभियान अन्तर्गत सिद्धथान र रमुवामा सम्पन्न गरिएको छ। वडा अध्यक्ष भक्तबहादुर काउचाको अगुवाइमा दुइ वडा सचिव ठाकुर तिमिल्सिना, धनसरा बराल, वडा सदस्य कुमार पुन, पशु स्वास्थ्य प्राविधिक सुमन खड्का तथा पत्रकार सुरेश छन्त्याल सहितको टोलिले पाण्डबखानी बाहेक स्थाइ घर भई नेपाल भित्र रहेका हरुको आजसम्म ३३१जनाको सामाजिक सुरक्षा भत्ता नविकरण गरेका छन्। यस अभियान भदौ मसान्तसम्म निरन्तर सञ्चालन हुने भएकाले बाँकी रहेका लाभग्राहीले वडा कार्यालयमा उपस्थित भई नविकरण गर्न सक्ने जानकारी वडा अध्यक्ष काउचाले दिनुभयो। अनुकूल मौसम र वडा स्तरमै सेवा उपलब्ध गराइएकाले गाउँमै सुविधा पाएकोमा स्थानीयवासी खुशी देखिएका छन्। फोटो नभएकालाई समेत…
भाद्र कृष्ण अष्टमीको दिन आज देशभर भगवान् श्रीकृष्णको जन्मोत्सव विशेष धार्मिक कार्यक्रम र सांस्कृतिक उत्सवका साथ मनाइँदैछ। हिन्दू धर्मग्रन्थअनुसार द्वापर युगमा कंशको कारागारमा वसुदेव–देवकीका पुत्रका रूपमा जन्मनुभएका श्रीकृष्णलाई भगवान् विष्णुको आठौँ अवतारका रूपमा पूजिन्छ। सत्य, धर्म र न्यायको रक्षा गर्दै मानव जातिलाई सदाचारतर्फ प्रेरित गर्ने उहाँको उपदेश श्रीमद्भागवत गीता आज पनि जीवन दर्शनको अद्वितीय स्रोत मानिन्छ। जन्माष्टमी पर्वमा भक्तजनहरूले बिहानै स्नान गरी व्रत बस्ने, पूजा–आराधना गर्ने, भजन–कीर्तनमा सहभागी हुने र प्रवचन सुन्ने गर्छन्। धेरै स्थानमा रातभर जाग्राम बसेर श्रीकृष्णको नामस्मरण, भक्ति गीत र कथा–वाचनको परम्परा रहँदै आएको छ। काठमाडौं उपत्यकाका प्रमुख मठ–मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। पाटनको कृष्ण मन्दिर,…
चर्चित लोकगायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ। बुधबार बिहान सपना डिजिटल म्युजिक प्रालीको युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो। गीतको शब्द र संगीत सुन्दरमणि अधिकारीले तयार गरेका हुन्। रंगीन तीजको उल्लास झल्काउने उक्त गीतमा विष्णु माझीको मिठासपूर्ण स्वरले विशेष आकर्षण थपेको छ। 📺 भिडियो हेर्नुहोस्: यहाँ क्लिक गर्नुहोस् https://youtu.be/jINNUJzvTaM
आगामी २०८२ साल भदौं ३ गते (१९ अगस्ट २०२५) हुने नेपाल पर्यटक यातायात व्यवसायी संघ (NTVA) को निर्वाचनमा सचिव पदका लागि टेक पुन मगरले औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। बरिष्ठ पर्यटक यातायात व्यवसायी भिम बहादुर गोले तामाङको नेतृत्वमा रहेको समूहबाट उम्मेदवार बनेका मगर नरम, मिजासिलो र भद्र स्वभावका व्यवसायीका रूपमा परिचित छन्। उम्मेदवारी घोषणा समारोहमा मगरले पर्यटक यातायात क्षेत्रको संरक्षण, संवर्द्धन र प्रवर्द्धनलाई आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पारे। उनले भने, “वर्तमान कार्यसमितिको पाइपलाइनमा रहेका अधूरा योजनालाई निरन्तरता दिँदै प्रादेशिक कार्यालय विस्तार, इम्बुस्ट नम्बरसम्बन्धी व्यवसायीको अधिकार सुनिश्चित, सवारी पार्किङ्ग समस्या समाधान, आधुनिक भाडादर लागू र रातो नम्बर प्लेट सञ्चालनलाई पर्यटक…
दरमखोला हाइड्रो इनर्जीको प्राथमिक सेयर ९आईपीओ० बाँडफाँट भएको छ ।१५ साउनदेखि सर्वसाधारणलाई खुलेको आईपीओ आज बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले बाँडफाँट गरेको हो । सर्वसाधारणलाई कुल २४ लाख २३ हजार १८५ कित्ता सेयर निष्कासन गरिएको थियो । सो सेयरमा कुल २२ लाख ९६ हजार ४६५ आवेदकले आवेदन दिएका थिए । तीमध्ये १३ हजार २३९ आवेदन रद्द भएका थिए । २२ लाख ८३ हजार २२६ आवेदन स्वीकृत भएका थिए । यी आवेदकमध्ये २ लाख ४२ हजार ३१८ जनाले सेयर पाएका छन् । सेयर पाएका यीमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले पाएका हुन् । स्वीकृत आवेदनमा सेयर पाउनेको…
गल्कोट सूचना तथा संचार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सामुदायिक रेडियो गल्कोट एफ.एम.ले यस वर्ष पनि हरितालिका तीजको अवसरमा “नवौँ गल्कोट तीज उत्सव–२०८२” आयोजना गर्ने भएको छ। “आस्था धर्म आमा आकाराः शिक्षित महिला देशको विकास” भन्ने नारासहित भाद्र ६ गते शनिबार गल्कोट बजारमा हुने कार्यक्रममा आमा समूह, महिलाहरू र स्थानीय कलाकारहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ। कार्यक्रमअन्तर्गत तीज गीत तथा नृत्य प्रतियोगिता र ६० वर्ष माथिका वरिष्ठ महिलाको नृत्य प्रतियोगिता हुने छन्। तीज गीत तथा नृत्य प्रतियोगितामा पहिलो हुने समूहलाई रु ३० हजार र प्रमाणपत्र, दोस्रो हुनेलाई रु २५ हजार र प्रमाणपत्र, तेस्रो हुनेलाई रु १५ हजार र…