घुम्टे खबर

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले बागलुङ क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस गरेको छ। त्यसैगरी समानुपातिकतर्फ ७ जना र राष्ट्रिय सभाका लागि २ जनाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति चण्डी प्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार बागलुङ क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिको बिहीबार सम्पन्न बैठकले तलका व्यक्तिहरूलाई सिफारिस गरेको हो। प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस भएका १० जनामा किरणराज शर्मा पौडेल, जगन्नाथ आचार्य, दल बहादुर श्रीस राना, प्रकाश शर्मा पौडेल, भीम श्रीस, मणिभद्र शर्मा कंडेल, सागर परियार, सुजन सापकोटा, सितादेवी सापकोटा कंडेल र हरिप्रसाद आचार्य त्यस्तै प्रतिनिधिसभा समानुपातिकतर्फ सिफारिस भएका ७ जनामध्ये…

Read More

गलकोट नगर अस्पतालमा अब सेवाग्राहीले कागज बोकेर हिँड्नुपर्ने झन्झट अन्त्य हुने भएको छ। अस्पतालले डिजिटल स्वास्थ्य कार्ड वितरण कार्यक्रमको शुभारम्भ गरेको हो। यो सेवा सञ्चालनमा आएपछि विरामीको प्रयोगशाला रिपोर्ट, प्रिस्क्रिप्सन तथा अन्य स्वास्थ्य विवरण अस्पतालका सम्बन्धित विभागहरूले कम्प्युटरमै हेरेर सेवा प्रदान गर्न सक्नेछन्। यसले गर्दा हात हातमा कागज बोकेर हिँड्नुपर्ने समस्या हट्ने, पुनः भेटमा आउँदा पुर्जा बिर्सने वा हराउने समस्या समाप्त हुने, र सेवा प्रवाहमा छरितोपन, पारदर्शिता र तीव्रगतिमा वृद्धि हुने बताइएको छ।डिजिटल कार्डमार्फत प्राप्त हुने सबै विवरण अस्पतालको डाटा सेन्टरमा सुरक्षित रूपमा भण्डारण हुनेछ, जुन कार्ड जेनेरेट गर्ने विशेष सफ्टवेयरमार्फत सञ्चालित रहनेछ। यस महत्वपूर्ण प्रयासका लागि विश्व स्वास्थ्य संगठन…

Read More

आगामी प्रतिनिधि सभा चुनावका लागि नेपाली कांग्रेस बागलुङ–२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका रूपमा युवा नेता देबेन्द्र कुमार घर्ती मगर सिफारिस भएका छन्। यो सिफारिससँगै स्थानीय तहका नेता तथा कार्यकर्ताहरूबाट उनलाई बधाई तथा शुभकामनाका संदेशहरू आउन थालेका छन्। त्यस्तै नेपाल प्रेस युनियन बागलुङ जिल्ला सदस्य सुरेश छन्त्यालले देबेन्द्र कुमार घर्ती मगरप्रति हार्दिक बधाई ज्ञापन गर्दै आगामी यात्रामा सफलताको कामना गरेका छन्। उनले भने, “देश, समाज र विकासप्रतिको उहाँको समर्पणले आगामी यात्रामा सफलताको नयाँ आयाम स्थापित गरोस्।” युवा, इमानदार र विकासमुखी नेतृत्वका रूपमा पहिचान बनाउँदै आएका घर्ती मगरको सिफारिसले बागलुङ–२ मा चुनावी सरगर्मी थपिएको छ। स्थानीयवासीहरूले समेत नयाँ पुस्ताको नेतृत्व उदाउनु…

Read More

प्रविधिको सहि प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं ।भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा १ दिने आँखा स्वास्थ्य तालिम सम्पन्न भएको छ। नेपाल नेत्र ज्योति संघ हिमालयन आँखा अस्पताल पोखरा धवलागिरी आँखा अस्पताल, बागलुङको आयोजना, महिला जागरण केन्द्र गलकोट नगरपालिका १० पाण्डबखानीको सह-आयोजना र आइ केयर फाउन्डेसनको आर्थिक सहयोगमा स्वास्थ्यकर्मी तथा महिला समूह लगायत अन्य समुहका लागि १ दिने आँखा स्वास्थ्य तालिम संचालन गरिएको आयोजकले जनाएको छ । महिला जागरण केन्द्र पाण्डबखानीकी अध्यक्ष राधिका पुनको अध्यक्षता गलकोट नगरपालिका १० का वडा अध्यक्ष भक्तबहादुर काउचाको प्रमुख आथितियतामा निवर्तमान वडा अध्यक्ष तिलक घर्ती,गलकोट नगरकार्य पालिका सदस्य रामप्रसाद…

Read More

गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले पहिलोपटक निर्वाचित भएलगत्तै गौरवका योजना भनेर महत्वकांक्षी योजना ल्याए । ती योजनाहरु धेरै चर्चित पनि थिए । नगरले गौरवको योजना भनेपछि प्रदेश सरकारको ५० लाख र नगरपालिकाको ५० लाख गरी एक करोडको दरले लगानी गरियो । तर क्रमशः ती योजनालाई बजेट विनियोजन हुन छाडेपछि सडकको अवस्था कमजोर छ । वडा नं. ४ को डाँडाखेतदेखि खरुवा, चमुवाहुँदै निलुवा जाने सडक अहिले एक किमी कालोपत्रे गरिएपछि रोकिएको छ । अहिले पनि निलुवातर्फ सवारीसाधन जानै नसक्ने अवस्था भएको स्थानीयले गुनासो गरे । गत दशैमा सडक मर्मत गरिएकोमा झन् खाल्डाखुल्डीले सवारी जान नसक्ने बनिसकेको स्थानीयले बताए । वडा…

Read More

बागलुङ नगरपालिका–८ सिगानामा आज बरेङबाट बागलुङतर्फ आउँदै गरेको पिक–अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। बरेङबाट बागलुङ बजारतर्फ गइरहेको ग ३ च ४८३४ नम्बरको जीप सडकबाट तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। दुर्घटनामा चालक सुसान्त जिसी र यात्री प्रशान्त खड्का गम्भीर घाइते भएको प्रहरी प्रमुख तिलक भारतीले जानकारी दिएका छन्। अन्य घाइतेहरूमा रहेका छन्। सबै घाइतेलाई धौलागिरी अस्पताल, बागलुङमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको छ।

Read More

गलकोट नगरपालिका १० पाण्डवखानीमा रहेको न्यु घुम्टे एजुकेशनल एकेडेमीमा सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ।जापानमा आफ्नो कर्मथलो बनाएर केही समय कार्यरत रहेका श्री नविन श्रीस मगर जन्मथलो फर्किएको अवसरमा न्यु घुम्टे एजुकेशनल एकेडेमी, पाण्डवखानीले विशेष स्वागत तथा सम्मान गरेको छ। विद्यालय परिवार, शिक्षक–शिक्षिका तथा स्थानीयबासीको उपस्थितिमा सम्पन्न कार्यक्रममा मगरलाई खादा, फूलमाला र शुभकामना सहित सम्मान गरिएको विद्यालयले जनाएको छ। विदेशमा रहेर पनि गाउँ, समाज र विद्यालयप्रति उनले राख्दै आएको निरन्तर भावनालाई कदर गर्दै विद्यालयले स्वागत कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमका अध्यक्ष रुद्र काउचाले विदेशमा रहेर युवाहरूले जन्मथलोप्रति देखाएको समर्पण समाजका लागि प्रेरणादायी हुने बताए। स्वागत समारोहको सञ्चालन तारा काउचाले…

Read More

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि बागलुङबाट प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य तथा पर्वत जिल्ला इञ्चार्ज सिर्जना पन्त सर्वसम्मतरूपमा प्रतिनिधि चयन भएकी छन्। बागलुङ–१ को निर्वाचन क्षेत्र समन्वय समितिले बिहीबार सुरु गरेको प्रतिनिधि छनोट प्रक्रियाअनुसार कार्यदल गठन गरी जिम्मेवारी दिइएको थियो। कार्यदलले शुक्रबार साँझ पन्तसहित ७ जनाको नाम सर्वसम्मतरूपमा पारित गरेको हो।

Read More

नेपाली कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले पार्टीभित्र नेतृत्व परिवर्तनका लागि महाधिवेशन नै प्रभावकारी माध्यम भएको स्पष्ट बताएका छन्। उनीहरूका अनुसार यदि महाधिवेशनमार्फत नेतृत्व परिवर्तन सम्भव नहुने अवस्था सिर्जना भयो भने आगामी निर्वाचनमा उमेदवार नबन्ने निर्णय गर्न उनीहरू बाध्य हुनेछन्। दुवै महामन्त्रीले पार्टीको भित्री लोकतन्त्र सुदृढ गर्न नेतृत्व परिवर्तन अपरिहार्य रहेको जोड दिँदै समयमै महाधिवेशन हुनुपर्ने माग राखेका छन्। पार्टीभित्र बढ़्दो असन्तुष्टि, नयाँ पुस्ताको नेतृत्व आवश्यकतासहितको अभियानका क्रममा उनीहरूले यस्तो अभिव्यक्ति दिएका हुन्। उनका अनुसार कांग्रेसलाई समयअनुकूल आधुनिक र जनमुखी बनाउन संस्थागत रूपमा नेतृत्व परिवर्तन आवश्यक छ। अन्यथा, आगामी चुनावमा आफूहरू सक्रिय भूमिकामा नउत्रिने संकेत गरेका छन्। यस घटनाले…

Read More

लोकप्रिय रेडियो स्टेशन रेडियो अडियो का संस्थापक तथा चर्चित कार्यक्रम ‘खुलदुली डटकम’ का सञ्चालक दिपेन्द्र खनियाँ आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। परिवारका सदस्यले बिहान घरको एक कोठामा अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। चिकित्सकले घटनास्थलमै उहाँलाई मृत घोषणा गरेका छन्। खनियाँ लामो समयदेखि नेपाली रेडियो क्षेत्रमा सक्रिय थिए। छानबिनमुखी प्रस्तुति, स्पष्ट अभिव्यक्ति र सामाजिक विषय उठानमा उहाँको कार्यक्रम ‘खुलदुली डटकम’ निकै लोकप्रिय मानिन्थ्यो। रेडियो अडियो स्थापना गरेर उनले वैकल्पिक प्रसारणको नयाँ धार सुरु गरेका थिए। घटनाको कारणबारे प्रहरी अनुसन्धान भइरहेको जनाइएको छ। प्रारम्भिक तथ्यांकका अनुसार घटनास्थलबाट कुनै अभौतिक गतिविधि नदेखिएको भए पनि थप विवरण अनुसन्धानपछि मात्र आउने…

Read More