आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस रुपन्देही–१ क्षेत्रबाट आयुसा कँडेललाई प्रत्यक्ष तर्फ महिला उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।
पार्टीका अनुसार कँडेललाई सिफारिस गर्ने निर्णयमा “नयाँ पुस्ताको ऊर्जा, स्थानीय नेटवर्क, नीतिगत स्पष्टता र प्रभावशाली कूटनीतिक पहुँच” महत्त्वपूर्ण आधार भएका छन्। नेतृत्वमा रुपान्तरण आवश्यक रहेको तर्कसहित पार्टी संरचनाले उनको उम्मेदवारीलाई प्राथमिकतामा राखेको बताइएको छ। हाल कँडेल राष्ट्रिय युवा परिषद्की बोर्ड सदस्यका रूपमा युवा नीति, संरचना, सहभागिता, रोजगारी र नेतृत्व विकासका मुद्दामा सक्रिय रूपमा काम गर्दै आएकी छन्। क्षेत्र नम्बर १ मा अहिले अन्य सम्भावित प्रतिस्पर्धीहरू बलियो देखिन नसकेको, कोही उम्मेदवार नबन्ने र कोही जनतामाझ लोकप्रियता कायम राख्न नसकेको परिस्थितिमा कँडेलको जित्ने सम्भावना बलियो देखिएको राजनीतिक स्रोतको दाबी छ।
