राजेन्द्र श्रेष्ठ गलकोट माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्वर ३ मा बिदाई कार्यक्रम सम्पन्न भएको छ । गलकोट माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ का विद्यार्थीद्धारा कक्षा १२ को विद्यार्थीहरुलाई बिदाई तथा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष फम बहादुर खत्रीले विद्यार्थीहरुलाई परीक्षाको सफलताको शुभकामना दिँदै आगामी शैक्षिक जिवनमा आफ्नो रुचि र योग्यता अनुसारको अध्ययन गरी गलकोट माध्यमिक विद्यालय र गलकोटको नाम उच्च राख्नको लागि आग्रह गर्नुभएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । भने विद्यार्थीहरुले विद्यालयलाई…
घुम्टे खबर
रजत वर्षको अवसरमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आयोजना गर्न लागेको मिडिया मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। आगामी चैत २० र २१ गते सञ्चालन हुने मेलामा पत्रकारिताको विकासक्रम—गिद्वे प्रेसदेखि डिजिटल मिडियासम्म—बारे व्यापक छलफल हुने जनाइएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ले उद्घाटन गर्ने मेलाको पहिलो दिन ‘पत्रकारिता: गिद्वे प्रेसदेखि एआइसम्म’ विषयमा प्यानल छलफल हुनेछ। उक्त सत्रमा राससका पूर्व प्रधान सम्पादक एवं आमसञ्चार तथा पत्रकारिताका वरिष्ठ प्राध्यापक एकराज पाठक, लोकान्तरका सम्पादक विमल गौतम तथा टेकपानाका सम्पादक गोपाल साउद सहभागी रहनेछन्। सोही दिन नेपाल उद्योग वाणिज्य महासंघ का अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख मणिराज…
गलकोट नगरपालिका–१० अन्तर्गत सुनापानी र सिद्धथानदेखि घुम्टे लेकसम्म सरसफाइ अभियान सञ्चालन गरिएको छ। पाण्डवखानीमा रहेको सामाजिक संस्था घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले २६ औँ बुद्ध जयन्ती, १८ औँ वार्षिकोत्सव तथा वैशाखे पूर्णिमा मेला–२०८२ लाई भव्य रूपमा सम्पन्न गर्ने तयारीस्वरूप सरसफाइ कार्यक्रम आयोजना गरेको हो। क्लबका अध्यक्ष दिप घर्तिको नेतृत्वमा सम्पन्न उक्त अभियानले घुम्टे लेकमा पूजा गर्न जाने हजारौँ भक्तजनलाई सहज, सुरक्षित र सफा वातावरण उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ। संस्थाले प्रत्येक वर्ष वैशाखे पूर्णिमाको अवसरमा विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस वर्ष पनि खेलकुद प्रतियोगिता, नृत्य प्रतियोगिता, सती घाटु नाच, सोरठी, यानिमाया, सालैजो लगायतका लोक सांस्कृतिक कार्यक्रमहरू…
गलकोट नगरपालिका–१० पाण्डबखानीस्थित माध्यमिक विद्यालयबाट सरुवा भई फुर्से आधारभूत विद्यालयमा जान लाग्नु भएकी शिक्षिका विद्या श्रीस लाई विदाइ तथा “फेरि भेटौँला” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सहायक प्रधानाध्यापक रमेश चौधरी ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सभाअध्यक्षता नविन सुनार ले गर्नुभएको थियो। प्रमुख अतिथिको रूपमा तिलक घर्ति को उपस्थिति रहेको थियो। यसै अवसरमा जिल्ला स्तरको कक्षा ५ को परीक्षामा खटिनु भएका निरक्षकहरू भविन्द्र गौतम र भोलानाथ केवट लाई समेत विदाइ गरिएको थियो। कार्यक्रममा वक्ताहरूले विद्या श्रीसको योगदानको उच्च प्रशंसा गर्दै आगामी कार्यकालको सफलताको कामना व्यक्त गरेका थिए। साथै सबैलाई “फेरि भेटौँला” भन्दै भावुक वातावरणमा कार्यक्रम सम्पन्न…
मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ।मुस्ताङ एयरको नाइन एन एएनओ कलसाइन भएको हेलिकप्टर आज सम्पर्कविहीन भएको हो। दोलखा क्षेत्रबाट यो हेलिकप्टर सम्पर्कविहीन भएको हो। यो हेलिकप्टर आज बिहान काठमाडौंबाट दोलखातर्फ उडेको थियो। क्याप्टेन सुरज थापासहित ५ जना सम्पर्कविहीन रहेको नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। दोलखाका डिएसपी मनोज लामाका अनुसार मुस्ताङ एयरको हेलिकप्टर बिगु गाउँपालिका-१ लुम्नाङबाट उडेको थियो। उक्त हेलिकप्टर लाप्त्चेतर्फ गएको उनले बताए। लाप्त्चेमा ल्याण्ड भयो कि भएन भनेर बुझ्दैछौं। हाम्रो प्रहरी कार्यालय भएको ठाउँबाट पनि ६/७ घण्टा लाग्छ। अहिले पानी पनि परिरहेको छ,’ उनले भने। आज मध्याह्न १२:४५ बजेदेखि हेलिकप्टर सम्पर्कबिहीन भएको उनले बताए।
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज घर–घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ । वर्षमा चार नवरात्र पर्छन् । आसाढ र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आसाढ र पुस शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् । असोज शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले असोज शुक्ल पक्षको दसैँलाई बडादसैँ भनिन्छ । बडादसैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ । चैते दसैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोकाको…
बागलुङमा मङ्गलबारदेखि ऐतिहासिक चैत्राष्टमी मेला सुरु भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिद्वारा आयोजित मेलाको गुठी संस्थानका अध्यक्ष रमेश पोखरेलले उद्घाटन गरेका थिए । कालिका भगवती मन्दिर परिसरमा रहेको कालिका कुञ्जमा आयोजित मेला पाँच दिनसम्म चल्नेछ । मेलाको उद्घाटनपछि बोल्दै संस्थानका अध्यक्ष पोखरेलले कालिका भगवती मन्दिरको ऐतिहासिक महत्व रहेको बताए । उनले मेलाले संस्कृति र परम्पराको जगेर्नामा टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठ, कालिका भगवती गुठी व्यवस्थापन समितिका सल्लाहकार मनकुमारी केसीलगायतले शुभकामना मन्तव्य राखेका थिए । मेलाको उद्घाटन समारोह कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काको…
बागलुङमा १४४ जना क्षयरोगका विरामी फेला परेका छन् । बागलुङमा आर्थिक वर्ष ०८२÷८३ को फागुन महिना सम्म जिल्लामा १४४ जना क्षयरोगका बिरामी फेला परेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । “हो हामी क्षयरोग अन्त गछौँ, राष्ट्रिय अभियान, हामो योगदान” भन्ने मुल नाराका साथ बागलुङमा विश्व क्षयरोग दिवस २०८२ बागलुङमा पनि अन्तरक्रिया कार्यक्रम गरि मनाईएको थियो ।प्रत्येक वर्ष क्षयरोगका बिरामी फेला पर्ने क्रम भइरहेको र यसलाई नियन्त्रणका लागि अभियान समेत सञ्चालन गरिँदै आएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशाशक प्रविण शर्माले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०८१÷०८२मा जिल्लामा २६४ जना क्षयरोगका बिरामी फेला परेकोमा यस आर्थिक वर्षको फागुन सम्ममा…
चैतेदशैंको नवदुर्गा शुरु भएकोले शनिबार बिहानैदेखी झरी लाग्दा पनि प्रसिद्द कालीका मन्दिरमा भक्तजनको भीड लाग्यो । चैतेदशैं मेलाको अबसरमा बागलुङ कालीका मन्दिरको बाहिरी चहलपहल पनि बढेको हो । कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा चैत १० देखि १४ गतेसम्म औपचारिक मेलाको आयोजना गरिएको छ भने मन्दिरमा पूजाका लागि आउने भक्तजन त शुक्रबारदेखिनै भीड लाग्न थालेको हो । सयौं वर्षदेखि मेला लाग्दै आएको कालीकामा गुठीले व्यवस्थापन गराउने भएपछि व्यापारिक स्टल, रमाइलो मेला लगायतको निर्माण कार्य भैरहेको छ । मन्दिर आसपासमा एक सयबढी नयाँ पसल, होटल तथा मौलीक सामाग्री पाइन थालिसकेको छ । ती सबै व्यवसायलाई व्यवस्थित बनाइ अन्य गतिविधि पनि सञ्चालन…
बागलुङलाई राष्ट्रिय रूपमा चिनाउन मिडिया मेला गर्न लागिएको छ । पत्रकारको मेलाको रूपमा लिइएको मेलामा देशभरका पत्रकार बागलुङमा जम्मा हुने छन् । नेपालमा नमूना कार्यक्रमको रूपमा रहेको मिडिया मेलाको तयारीलाई महासङ्घले तिब्रता दिएको छ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले शाखा स्थापनाको २५ औं वर्षको अवसरमा चैत २० र २१ ‘बागलुङ मिडिया मेला’ आयोजना हुँदैछ । मेला चैत २० र २१ गते बागलुङ बजारको जोजोलोपा ब्याङ्केटमा गरिने भएको नेपाल पत्रकार महासङ्घ बागलुङले जनाएको छ। मेला सम्पन्न गर्न अध्यक्ष राम थापा अविरलको संयोजकत्वमा मूल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरेर तयारी थालिएको छ। बागलुङलाई मिडियाको माध्यमबाट उजागर गर्न समृद्ध बागलुङ…