पाण्डवखानीमा महिला स्वास्थ्य स्वयंसेविकालाई उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी तालिम सम्पन्न
गलकोट नगरपालिका स्वास्थ्य शाखाको आयोजना, पाण्डवखानी स्वास्थ्य चौकीको संयोजन तथा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेशन/फेयरमेडको समन्वयमा सञ्चालित ‘सम्बोधन परियोजना’को सहयोगमा पाण्डवखानी स्वास्थ्य चौकीमा २ दिने उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी तालिम सम्पन्न भएको छ।
मिति २५ र २६ चैत २०८२ मा सञ्चालन गरिएको उक्त तालिममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहभागिता रहेको थियो। तालिममार्फत स्वयंसेविकाहरूलाई उपेक्षित उष्ण प्रदेशीय रोगहरूको पहिचान, रोकथाम तथा व्यवस्थापनसम्बन्धी ज्ञान र सीप प्रदान गरिएको थियो।
कार्यक्रम गलकोट नगरपालिका वडा नं. १० की महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका अध्यक्ष लक्ष्मी काउचाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम पाण्डवखानी स्वास्थ्य चौकीकी इन्चार्ज रत्नमाया सुनारले सञ्चालन गर्नुभएको थियो।
तालिममा सम्बोधन परियोजनाका स्वास्थ्य सहजीकर्ता सन्दीप खड्का तथा सामाजिक परिचालिका सिर्जना बि.के.ले सहजीकरण गर्नुभएको थियो।
🗓️ २०८३ बैशाख ६ आईतवार 🕝०७: १२ मध्यान्ह
