गुल्मी :
जंगली च्याउ खाँदा गुल्मीमा तीनजना बिरामी परेका छन्। कार्तिक १३ गते बिहान जंगल भेटिएको बिषालु च्याउ खाना पकाएर खाँदा इस्मा गाउँपालिका-६ अमरपुर बुल्मका तीनजना बिरामी परेका हुन् ।
बिरामी पर्नेमा इस्मा गाउँपालिका-६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय बिमल कुमाल र आठ वर्षीय सुस्मा कुमाल जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।
जंगली च्याउ खाई बिरामी भएका उनीहरु तिनै जनाको उपचार मिसन अस्पताल पाल्पा भइरहेको छ। उनीहरुले कार्तिक १३ गते बिहान खानामा जंगली च्याउ खाएका थिए। उपचाररत तीनैजनाको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।