पाण्डवखानी।
बाल संरक्षण मञ्चको आयोजनामा रिघामा भलिबल प्रतियोगिता तथा रेर्कड डान्स प्रतियोगिता हुने भएको छ । ‘युवाहरुको एकता, कला र संस्कृतिको संरक्षण गर्ने हाम्रो प्रतिवद्धता’ नारा सहित कात्तिक १५ गतेदेखि १९ गतेसम्म कार्यक्रम हुन लागेको हो ।
मञ्चको २३ औं वार्षिकउत्सवको अवसरमा कार्यक्रम आयोजना गरिएको मञ्चका अध्यक्ष सञ्जय श्रीसले जानकारी दिए । उनका अनुसार पुरुष भलिबलको प्रथम पुरस्कार ५५ हजार ५ सय ५५, द्धितिय पुरस्कार ३३ हजार ३ सय ३३ मेडल र प्रमाणपत्र रहेको छ । महिला भलिबलमा विजेता हुनेले २२ हजार, दोस्रो हुनेले १२ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
नृत्य प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्धितिय हुनेले ६ हजार र प्रमाणपत्र पाउने छन् ।
कार्यक्रम सञ्चालनमा साढे ६ लाख खर्च हुने अनुमान रहेको उनले बताए । कार्यक्रमले समाज तथा युवापुस्तामा जनचेतना ल्याउने, कला संस्कृतिको संरक्षण हुने, भलिबलको उत्थान हुने उनले विश्वास व्यक्त गरे ।