पाण्डवखानी ।
यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक भएको छ । आगामी कात्तिक २९ गते बुधबारका दिन रहेको भाइटीकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्वजनिक गरेका हुन् । टीका लगाउन साइत हेर्ने चलन रहेको छ । तर साइतमा टीका लगाउन नभ्याउनेहरुले साँझसम्म लगाउने प्रचलन पनि छ ।