सम्पादक : देउराज पुन

तिहार
तिहार हामी नेपालीहरुको महत्वपूर्ण चार्ड हो । तिहारलाई दिपावली र य मम पञ्चक पनि भनिन्छ । तिहार धेरै जसो कार्तिक महिनामा पर्छ । दशै पछि लगतै यो चार्ड आउँछ । दिपावलीका साथ लक्ष्मीपुजा, मह पुजा र भाई पुजाको विशेष महत्व नै तिहार हो ।
तिहारको पहिलो दिन काग तिहार पर्छ । हामीहरु कागलाई यमराजको दूत र सुचना बोक्ने पन्छिको रुपमा लिन्छौ । यस दिनलाइ पुजा गर्ने र मिठो चोखो खान दिने गरिन्छ ।
तिहारको दोस्रो दिन कुकुर तिहार पर्छ । कुकुर हामीहरुको सम्पतिको रक्षक वा घरपाले भनिन्छ । त्यसैले तिहारमा यसको पुजा गरिन्छ । मिठो चोखो खान दिन्छ ।
तिहारको तेस्रो दिन लक्ष्मी वा गाई पुजा पर्छ । गाईलाइ लक्ष्मीमाता पनि भन्छि । गाई धनको देवी हुन् । गाईको दुध निकै पोसिलो हुने भएकोले आमाको रुपमा मानिन्छ । त्यसैले यस दिन विहान गाईलाइ तेल हालिन्छ , माला लगाई मिठोचोखो खाने कुराहरु दिएर पुजा गरिन्छ । बेलुका साझमा झिलिमिलि बत्ती बालेर धुमाधामका साथ पुजा गरिन्छ । लक्ष्यमी धन सम्पतिको देवि हुन् ।
तिहारको अर्को दिन गोरु तिहार त्यस दिन गोरुको पुजा गोवद्धन पुजा पर्छ । यस दिन किसानलाई वर्षेभरी साथ दिने गोरुको पुजा गरिन्छ । यस दिन विशेष गरि नेवार समुदायमा म्हपुजा गरिन्छ । र यस दिनलाई नयाँ वर्षको रुपमा पनि मानिन्छ ।
तिहारको अन्तिम दिन र पाचौं दिन भाईटिका हो । दाजुभाईले दिदीबहिनी संग टिका माला लगाएर सगुन आदानप्रदान गरी रमाईलो साथ यो चार्ड मनाइन्छ । बालबालिका तथा युवा युवतीहरु आफ्ना साथी परिवार मिली देउसी भैलो खेल्छन् । नाचगान गरेर मनोरञ्जन पनि गरिन्छ । तिहार उज्यालो र सम्पन्नताको पर्व पनि हो । धन सम्पतिको चार्ड हो । नाचगान गर्ने संस्कृति पर्व हो, एकता, मेलमिलाप गर्ने र सद्भावको चार्ड हो । त्यसैले तिहार हामी सबै मिली यो सांस्कृतिक पर्वको संरक्षण गर्नुपर्छ । यसको महत्व लाई संसारभर फैलाउनु पर्छ ।
