थम्मन थापा/गलकाेट
लायन्स कल्व अफ गलकोट सिटी, गलकोट घुम्टे र गलकोट भ्यालीको संयुक्त आयोजनामा गलकोट नगरपालिका ३ हटिया बजारमा थर्ड क्याबिनेट डिस्ट्रिक बैठक सम्पन्न भएको छ ।
शुक्रबार देखि सञ्चालन भएको कार्यक्रममा बागलुङ बजार, पोखरा, गोरखा, नुवाकोट र काठमाण्डौबाट ६ सय १८ जना लायन्स प्रतिनिधिहरुको सहभागिता रहेको थियो
आज क्याबिनेट बैठकमा दक्षताको आधारमा काम गर्ने लायन्सहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा २ वटा प्रपोजल अनमोदन गरिनुका साथै गोरखाको आरुघाटमा भोकमा भोजन गर्न नपाएका पिडित मानिसलाई लक्षित गरि हङगर रिलिफ प्रोग्राम अन्तर्गत डेढ करोडको लगानीमा क्यान्टिन निर्माण, गलकोट नगर अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्ने प्रस्तावलाई क्याबिनेट मिटिङबाट पास गरि लायन्स कल्व अफ ईन्टरनेशनलमा पठाउने निर्णय गरेको छ ।
उक्त योजनाको लागि २५ % स्थानिय स्तर र ७५ % लायन्स कल्व अफ ईन्टरनेशनल फण्ड मार्फत खर्च हुने बताईएको छ ।
बैठकको लायन्स कल्व अफ ईन्टरनेशनल ३२५ डे का गभर्नर हरि प्रसाद मरहठ्ठाले सहजीकरण गर्नु भएको थियो ।
यो कार्यक्रमले गलकोट क्षेत्रको पर्यटन प्रवर्द्वनमा टेवा पुराउने मुख्य उद्देश्य सहित लिडरसिप, फेलोसिप र सर्भिसमा केन्द्रित रहेर कल्वको सिद्वान्त बमोजिम कार्यक्रम सम्पादन गर्ने थर्ड क्याबिनेट बैठकका संयोजक नन्दराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
लायन्स क्लव अफ ईन्टरनेशनल शिक्षा, स्वास्थ्य, पर्यटन सहितका सामाजिक कार्यमा सक्रिय रहदैं आएको छ । लायन्स आफैँमा सेवाका क्षेत्रमा काम गर्दै आएको संस्था हो ।
मेल्भिन जोन सन् १९१७ मा ले हामी सेवा गर्छौ भन्ने नारा दिएर अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब इन्टरनेशनल स्थापना गर्नुभयो, नेपालमा सन् १९७१ मा मातृका प्रसाद कोइरालाले विराटनगरमा स्थापना गरेको लायनवाद अहिले झण्डै ५० हजार आबद्ध भई लायनहरूले विभिन्न अहोभावका साथ सेवा गरिरहेका छन् ।
कार्यक्रम क्याबिनेट सेक्रेटरी आर बि अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

