गलकाेट नगरपालिका १० पाण्डबखानीमा दादुरा रुवेला खोप अभियान २०८०/८१ अन्तर्गत गलकाेट नगरपालिका १० पाण्डवखानी स्वास्थ्य चौकी द्वारा वडा खोप समन्वय समिति र महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका हरुका लागी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
साथै पूर्ण खोप सुनिश्चितता वडाको लागि घर धुरी सर्वेक्षण र पूर्ण खोप सुनिश्चितता सम्बन्धी छलफल गरिएकाे थियाे। फाल्गुन १३ गते रमुवा सहरी स्वास्थ्य केन्द्र र १४ गते यहि पाणडवखानी स्वास्थ्य चौकीमा खोप अभियान सञ्चालन हुने हुदा ९ महिना देखी ५९ महिना मुनिका आ-आफ्ना बालबालिकाहरुलाइ नजिकैको खोप केन्द्रमा लैजानु हुन अभिभावकहरूलाई अनुरोध गरिएको छ।
त्यस्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुराेध गर्दै पाण्डवखानी स्वास्थ्य चौकीका इन्चार्ज रत्ना सुनारले जानकारी दिनुभयाे ।