गलकोट नगरपालिकामा भारतिय भुपू सैनिकहरुको लागि सिजनल पेन्सन क्याम्प सम्पन्न भएको छ ।
भारतीय भुपु सैनीक संघ गलकोट नगर समितिको आयोजनामा गलकोट नगरपालिका वडा नम्वर ३ हटिया बजारमा चैत १ गतेबाट सञ्चालन भएको सिजनल पेन्सन क्याम्प आज सम्पन्न भएको हो । उक्त सिजनल क्याम्प मार्फत १ हजार ७ सय ४ जना भारतीय भुपु सैनीकहरुले पेन्सन पट्टा नविकरण गराएको सिजनल पेन्सन क्याम्प सञ्चालन समितिका अध्यक्ष एवं सुवेदार मेजर हिरा बहादुर कालाले जानकारी दिनुभयो । आज दोस्रो दिन ताराखोला गाउँपालिका, गलकोट नगरपालिका र चैत १ गते नविकरण गर्न छुटेका भुपुहरुको पेन्सन नविकरण गएिको भारतिय भुपू सैनिक संघ गलकोट नगर समितिका सचिव एलएस छुम बहादुर थापाले बताउनुभयो । सिजनल पेन्सन क्याम्पमा जिल्लाको निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बरेङ गाउँपालिकाका भारतिय भुपु सैनीकहरुले सेवा लिएको सचिव थापाले बताउनुभयो ।
यसअघि पेन्सनपट्टा नविकरणको लागि पोखरा र सदरमुकाम बागलुङ बजार धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । ग्रामीण क्षेत्रमै सुविधा पाउँदा आफुहरु खुसी भएको भारतीय भुपु सैनीकहरुले बताएका छन् । निकट भविष्यमा गलकोटमै भारतिय भुपू सैनिकहरुको सहजताको निमित्त एसबिआई बैंकको शाखा स्थापना गर्ने गरि गृह्कार्य भईरहेको अध्यक्ष कालाले बताउनुभयो ।