घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीको आम भेला सम्पन्न भएको छ ।
भेलाले मञ्चको २ हजार ५ सय ६८ औँ बुद्ध जयन्ती तथा बैशाखे पुर्णिमा मेला भव्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न उपसमितिरु गठन गरेको छ ।
जसमध्ये पुरुष भलिबल संयोजक मोहन शेरचन, महिला भलिबल संयोजक विनिता पाईजा पुन, गिरिप्रसाद घर्ती घाटु संयोजक, खिम काउचा नृत्य संयोजक, विद्या श्रीस अतिथि सत्कार संयोजक, सुरेश छन्त्याल प्रचारप्रसार संयोजकमा रहनुभएको छ ।
मेलाको अवसर पारी पालिका भित्रको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, प्रौढ भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, डबल ब्याडमिन्टन प्रतियोगिता, नृत्य प्रतियोगिता लगायतका प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरिएको छ ।
त्यस्तै कार्यक्रममा घाटु, सोरठी, यानिमाया, सालैजो, घुम्टे साईलो लगायतका प्रस्तुतीहरु देखाइने जनाईएको छ ।
भेलाको अवसरमा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले क्लवलाई दुई थान भलिबल र एक थान नेट हस्तान्तरण गर्नुभएको थियो । भेला घुम्टे साँस्कृतिक तथा प्राकृकि संरक्षण मञ्चका अध्यक्ष प्रकाश पुनको अध्यक्षता र सचिव दिप घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।