गलकोट नगरपालिका वडा नम्वर १ मा बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा पश्चातको पहिलो वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर १ का निवर्तमान वडा अध्यक्ष नेत्र बहादुर बुढाथोकीले बालमैत्री स्थानिय शासन सबैमा लागु गर्नको लागि बस्तिबस्तिबाट सुरु गर्नुपर्ने र उत्कृष्ट बन्नुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा वडा अध्यक्ष लाल बहादुर रानाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
भने सामुहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिएको थियो । उक्त कार्यक्रममा विद्यार्थिहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका सदस्य धना खत्री, नेकपा माओवादीका खडक बहादुर भण्डारी, राष्ट्रिय जनमोर्चाका ईन्द्रसिंह बुढाथोकी, राष्ट्रिय स्वतन्त्र पार्टिका वडा सभापती दिल बहादुर गुरुङ, पुर्व गाविस उपाध्यक्ष गुमानसिंह बुढाथोकी, सरस्वती माद्यमिक विद्यालयका प्रधानाध्यापक पुर्ण चोखाल, चौराह माद्यमिक विद्यालयका प्रधानाध्यापक नर बहादुर थापा, दुदिलाभाटी ईङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक टेक बहादुर गुरुङ, बालबालिका एलिजा बुढाथोकीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम गलकोट नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष लाल बहादुर रानाको अध्यक्षता, वडा बालमैत्री सहजकर्ता पार्वती गौतमको स्वागत र वडा सचिव यादवदत्त रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो । गलकोट नगरपालिका वडा नम्वर २ मा बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा पश्चातको पहिलो वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अवसरमा नरेठाँटी बजार वरपरको ठाउँमा सरसफाई गरिएको थियो । त्यस्तै कार्यक्रममा वडा बालमैत्री सहजकर्ता कोपिला विकले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भने सामुहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिएको थियो ।
कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर २ का वडा सचिव दिलु सुवेदी, नेपाली कांग्रेसका घनश्याम कुँवर, टोल सुधार समितिका अध्यक्ष हर्क कुँवर, शिक्षक रेशम खत्री, सहयात्री वडा बाल संजालका कुशुम भण्डारीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम गलकोट नगरपालिका वडा नम्वर २ का कार्यवाहक वडा अध्यक्ष रुद्र सिंह श्रीसको अध्यक्षता, वडा बालमैत्री फोकलपर्सन ज्ञानु परियारको स्वागत र बालमैत्री समिति सदस्य धनमाया खड्काथोकीको सञ्चालनमा सम्पन्न भएको थियो । गलकोट नगरपालिका वडा नम्वर ३ मा बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा पश्चातको पहिलो वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका सदस्य हर्क बहादुर पाण्डेले बालमैत्री वडा घोषणाको लागि जिल्ला समन्वय समितिले विभिन्न अनुगमनको पाटोमा धेरै सहयोग गरेको बताउनुभएको थियो । उहाँले बालमैत्री वडा घोषणालाई दिगोपनाको लागि जिल्ला समन्वय समितिको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभएको थियो । कार्यक्रममा विद्यार्थिहरुले गित तथा नृत्य प्रस्तुत गर्नुभएको थियो । त्यस्तै सामुहिक प्रतिबद्धतामा हस्ताक्षर समेत गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष फम बहादुर खत्रीले १ वर्षको वार्षिक प्रगती प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा गलकोट माद्यमिक विद्यालयका शिक्षक सुन्तली कुँवर, विद्यार्थि निकिसा भण्डारीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष फम बहादुर खत्रीको अध्यक्षता, वडा बालमैत्री फोकलपर्सन खिम साहनीको स्वागत र वडा सचिव चन्द्र बहादुर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो । गलकोट नगरपालिका वडा नम्वर ५ मा बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा पश्चातको पहिलो वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले बालमैत्री वडा घोषणा गर्न एकदमै चुनौतीहरुको सामना गर्नुपरेको बताउँदै अव यस बालमैत्री वडालाई दिगोपनाको लागि सबैले आआफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा गोल्डेन होराईजन वडा बाल सञ्जालका सचिव, स्वास्थ्य स्वयमसेविका, नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष कृपा रानाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थिहरुले चित्रकला प्रदर्शनी गरेका थिए । भने सामुहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष पवन हमालले वार्षिक प्रतिवेदन प्रस्तुत समेत गर्नुभएको थियो ।
कार्यक्रम गलकोट नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष पवन हमालको अध्यक्षता, वडा बालमैत्री फोकलपर्सन गंगा छिनालको स्वागत र वडा सचिव राम बहादुर रोकाको सञ्चालनमा सम्पन्न भएको थियो ।
गलकोट नगरपालिका वडा नम्वर ६ मा बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा पश्चातको पहिलो वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर ६ का निवर्तमान वडा अध्यक्ष नर बहादुर खत्रीले बालमैत्री स्थानिय शासन युक्त वडाको दिगोपनाको लागि सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष राम प्रसाद कडेँलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भने सामुहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिएको थियो ।कार्यक्रममा गलकोट नगर कार्यपालिका सदस्य भिम बहादुर विक, गलकोट नगरपालिकाका बालमैत्री फोकलपर्सन रामचन्द्र शर्मा, नेकपा एमालेका तिलक उप्रेती, वडा नम्वर ६ का वडा सदस्य गंगा कुमारी चोखाल, लालिगुँरास बाल सञ्जालका अध्यक्ष कियोना नेपाली, पार्वती माद्यमिक विद्यालयका प्रधानाध्यापक हेम बहादुर बुढाथोकी, भुजुङ्गे आधारभुत विद्यालयका प्रधानाध्यापक दुर्गा घर्ती, नवज्योती दुर्गा आधारभुत विद्यालयका शिक्षक मिन बहादुर विक, न्यू लाईफ बोर्डिङ स्कुलका शिक्षक, सम्बुद्ध एजुकेशनल एकेडेमीका शिक्षक राज बहादुर दर्जि, टोल विकास संस्थाका शेर बहादुर पुन, प्रेम प्रसाद पाण्डे, स्वास्थ्य स्वयमसेविका दुर्गा क्षेत्रीले शुभकामन मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम गलकोट नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष राम प्रसाद कडेँलको अध्यक्षता, लालिगुराँस वडा बाल सञ्जालका उपाध्यक्ष सन्देश बस्नेतको स्वागत र वडा सचिव अनिल अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैबिच गलकोट नगरपालिका वडा नम्वर ७ मा बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा पश्चातको पहिलो वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गलकोट नगरपालिका नगर उपप्रमुख फमलाल निउरेले बालमैत्री स्थानिय शासन वर्तमान समयमा एकदमै आवश्यकता रहेकोले यसको दिगोपनाको लागि वडा र नगरपालिकाको तर्फबाट सक्दो लाग्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष राज बहादुर थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भने सामुहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिएको थियो । उक्त कार्यक्रममा विद्यार्थिहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर ७ का निवर्तमा वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, वडा समन्वय समितिका सदस्य छुम बहादुर थापा, प्रगती माद्यमिक विद्यालयका प्रधानाध्यापक सिर्जना काउचा, राजनैतिक दलको तर्फबाट होम बहादुर बस्नेत, बसन्त बहादुर क्षेत्री, ललित मरासिनी, कलाकार विष्णु खत्रीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको अवसरमा रोटरी क्लव अफ पाटनद्धारा २ सय जना विद्यार्थिहरुलाई झोला समेत वितरण गरिएको थियो । कार्यक्रम गलकोट नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष राज बहादुर थापाको अध्यक्षता, वडा बाल अधिकार समितिका सदस्य अनिता कार्कीको स्वागत र वडा सचिव भिम बहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।
गलकोट नगरपालिका वडा नम्वर ९ मा बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा पश्चातको पहिलो वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गलकोट नगरपालिकाका प्रशासकिय अधिकृत तुल बहादुर विकले वडा बालमैत्री घोषणालाई दिगोपना दिईराख्न बालमैत्री सम्बन्धी निति नियम र सुचकहरुलाई पुरा गर्नुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा गलकोट नगरपालिका नगर बाल सञ्जालका अध्यक्ष सुरक्षा गौतम, राष्ट्रिय जनमोर्चाका रामकान्त गौतम, भैरव माद्यमिक विद्यालयका प्रधानाध्यापक चक्रवर्ती शर्मा, वडा बाल सञ्जालका सदस्य समिर गौतमले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थिहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै सामुहिक प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष तेज बहादुर थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम गलकोट नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष तेज बहादुर थापाको अध्यक्षता, वडा बालमैत्री फोकलपर्सन नारायण प्रसाद सापकोटाको स्वागत र बालमैत्री सम्पर्क शिक्षक नन्दराम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । गलकोट नगरपालिका वडा नम्वर १० मा बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा पश्चातको पहिलो वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा संविधान सभा सदस्य नर बहादुर पुनले पाण्डवखानीको सर्वाङ्गीण विकासका लागि नविनतम साझा योजना निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा गलकोट नगर कार्यपालिका सदस्य राम प्रसाद विक, नेपाली कांग्रेसका कार्यवाहक सभापती दिप घर्ती, नेकपा माओवादी केन्द्रका छम काउचा, राष्ट्रिय जनमोर्चाका पृर्थ श्रीस, तिलक घर्तीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष भक्त बहादुर काउचाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भने सामुहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिएको थियो ।
कार्यक्रम गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष भक्त बहादुर काउचाको अध्यक्षता, वडा बालमैत्री फोकलपर्सन हरि काउचाको स्वागत र सचिव ठाकुर तिमिल्सिनाको सञ्चालनमा सम्पन्न भएको छ ।
गलकोट नगरपालिका वडा नम्वर ११ मा बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा पश्चातको पहिलो वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वडा अध्यक्ष डम्मर बहादुर श्रीसले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भने सामुहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिएको थियो । उक्त कार्यक्रममा विद्यार्थिहरुले चित्रकला प्रदर्शनी, गित, नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नेकपा एमाले वडा कमिटि अध्यक्ष देवेन्द्र पुन, नेपाली कांग्रेसका वडा सभापती ओम बहादुर श्रीस, रिघा स्वास्थ्य चौकीका प्रमुख लक्ष्मी श्रीस, रत्न लक्ष्मी माद्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर श्रीसले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम गलकोट नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष डम्मर बहादुर श्रीसको अध्यक्षता, ज्येष्ठ नागरिक शेर बहादुर काउचाको प्रमुख आतिथ्यता, वडा बालमैत्री फोकलपर्सन यम बहादुर बस्यालको स्वागत र वडा सचिव देव बहादुर विकको सञ्चालनमा सम्पन्न भएको थियो ।